कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

भोकको जुलुस

कविता
शकुन्तला जोशी

काठमाडौं — ती सब अचानक भएका थिएनन्
जसरी तपाईं सोचिरहनुभएको छ ।

ती सब अचानक भएका थिएनन्

जसरी तपाईं सोचिरहनुभएको छ ।

अचानक बढ्नु रूवाइ कोक्रोको नानीको
खुम्चिनु आमाको निधार र देशको नक्सा
सल्किँदै जानु अगेनुको अगुल्टो
रोकिनु पढ्दापढ्दै समाचार
नफुल्दै ओइलाउनु फूल
उर्लिनु नदीको प्रवाह
ती सब अचानक भएका थिएनन्

ती जो थिए
निदाएकाहरु युगौंदेखि
बिनाप्रतिक्रिया लुरूलुरू हिँिडरहेका
आगो बिर्सिएझैं जाडोमा काापिरहेका
आवाज थुनेर घााटीमै नि:शब्द उभिएका
बिर्सिएझैं आफ्नै अनुहार विरानो बााचिरहेका
प्रकम्पित हुनु भुइँचालो गतिमा
ती सब अचानक भएका थिएनन् ।

सरकार !
कसले तोड्यो नित्य ?
किन भुकेन कुकुर रातमा ?
किन झुकाएन शिर पालेले ?
बूढो आरानवाल किन उध्याउाछ पुरानो तरबार ?
किन मुस्कायो ग्रिनेट बोकेको स्कुले ठिटो ?
किन च्यात्यो कविले सिंहदरबारअगाडि नागरिकता ?
किन च्याच्यो बर्दी दशगजामा तैनाथ सिपाहींले ?
यो हुकुमहरुको देशमा
किन भइरहेछ हुकुमको अवज्ञा ?

यी सब अचानक ?
होइन सरकार
मात्र चल्न थालेका हुन्
हजारौं वर्षदेखि चुप लगाइएका ओठहरु
तात्न थालेका हुन् जमेकाहरु
बल्न थालेका हुन् तातेकाहरु
उठेका हुन् सुतेकाहरु
चल्मलाएका हुन् कुल्चिइएकाहरु

चरुमा खोल्नुहोस् सरकार !
तिनको शरीरभरि तपाईंकै सत्ताको नीलडाम देखिन्छ
तपाईंबाट बेपत्ता तिनीहरुको हातमा
आफ्नै तस्बिर टाासिएको प्लेकार्ड नाचिरहेछ
के यी सबै बहुलाए त सरकार ?
होइन, जसरी तपाईं सोचिरहनुभएको छ
युगौं जब्बर भोकको आगो ओकल्दै
गर्जिरहेछन् बाघ जसरी ती
सल्काउादै आइरहेछन् तपाईंको दरबारतिरै
भोकको डढेलोले देशको सिमाना
राष्ट्रिय झन्डा र कच्याककुचुक खुम्चिएको नक्सा

सरकार !
पढेपछि घोर अराष्ट्रिय कविताको अन्तिम पंक्ति
म देश निकाला हुन सक्छु
तर ती सब अचानक भएका थिएनन्
जसरी तपाईं सोचिरहनुभएको छ ।

प्रकाशित : कार्तिक ११, २०७४ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?