१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

तमसो मा ज्योतिर्गमय

कविता
भोजराज न्यौपाने

काठमाडौं — म बााच्छु धर्तीमा
आफ्नै लागि ।

म बााच्छु धर्तीमा
आफ्नै लागि ।

बेच्छु, आमा बाबुको— नाम बेच्छु
खोज्छु, पाइलापाइलामा— नाफा खोज्छु
बुन्छु, स्वार्थको— जालो बुन्छु
खन्छु, षडयन्त्र र हिंसाको— खाडल खन्छु
स्वाभिमानी सरल र असललाई
रेटी रेटी गरिदिन्छु हत्या
उसकै रगतको आहालमा नुहाउाछु
छेउमै बनाउाछु
बुद्धको विशाल मूर्ति
र, लेखिदिन्छु
ओम माने पद्मे हुा ।


नजिकै खाली ठाउामा
ज्ञानीहरुको मांसपिण्डबाट
ठड्याइदिन्छु भीमकाय मन्दिर ।
उनीहरुकै नलीहाडबाट बजाइदिन्छु
अतृप्त प्रगतिको शंखध्वनि
ओम शान्ति ! ओम शान्ति ! ओम शान्ति !


मेरो बोलीमा सधैं ‘शान्ति’ हुनेछ
मेरो सोचाइमा सधैं
‘पोजेटिभ भाइब्रेसन’ हुनेछ
हरेक बिहान
योगा, व्यायाम, मेडिटेसन, ध्यान
कति धेरै शब्दहरुको तानाबानामा हुन्छु म ।
शब्दको सुन्दरतामा
ज्ञानी बन्छु, ठूलो बन्छु, असल बन्छु
म आफ्नै नामका लागि
अरुको बदनाम गरिरहन्छु ।
नमिलेको अंकगणितमा
अरुको जीवनको मूल्य खर्च गरिदिन्छु
आफैंले पाएको सुन्दर जीवनलाई
अरुको स्वाभिमानमा
चोट पुर्‍याउादै बिताउाछु
र फुर्सदको समयमा
भगवान्सामु
धुरूधुरू रोएको स्वाङ गर्छु ।



जुन दिनसम्म बााडिरहन्छु
अन्यायको बोनस
र, खोजिरहन्छु
स्वार्थको ढिकुटी
त्यो दिनसम्म
उर्मिने छैन
रगतको आहालबाट कमलको फूल
झुल्किने छैन पूर्वबाट
खुसीको घाम
र तिमीले पाउने छैनौ
कहिले पनि पाउने छैनौ
तमसो मा ज्योतिर्गमय
तमसो मा ज्योतिर्गमय ।

प्रकाशित : मंसिर ९, २०७४ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?