कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

देशको आवाज

कविता
आर्त

पीडाको पहाडबाट ओर्लिएर
देशले मलाई भन्यो
निर्माणको यात्रामा निस्कन्छु म अब
एक कदम...

देशको आवाज

पीडाको पहाडबाट ओर्लिएर
देशले मलाई भन्यो
निर्माणको यात्रामा निस्कन्छु म अब
एक कदम...
दुई कदम....
तिन कदम..
तिमीसँगै
दुर्गमताका उकाली ओराली गर्नेछु
घस्रिहिडने झुसिल्किराहरु
चन्द्रमामा क्रिकेट खेल्न हिँडिसके
म भने
डन्डीबियो खेल्ने रहरलाई
खुम्च्याएर कति बस्नु ?
बस्नेलाई समयले पनि पाखा लाउँछ भन्थे
नभन्दै म त्यस्तै भएको छु
तर चुपचाप बस्नुको अर्थ
आमामाथिको हातपात सहनु हैन
जंगलको कानुन मन पराउँनु हैन
बन्दुकले लाउने काउकुती सहनु हैन
बरू
गोरेटोको स्पर्श
बतासको कानेखुसी अनि
काँडाको मर्माहत पीडामा
जीवनको गहिरो अर्थ खोज्नु छ ।
मृत्युका धूलो टकटक्याउँदै
सचेत नागरिकझैं
लाहुरेफूललाई करेसाबारीमा सार्नु छ
करेसाबारीभन्दा पर आँखाको खोंचैखोंच
बग्ने खोला हुन् या
बिहानी ब्युँझाउने घडी चरा
या हुन् एकान्त पनि
एक्लो नहुने द्यौरालीलाई
मैले सम्झेको छु
अझै बिर्सिएकै छैन
आमाले बनाएको गुन्द्रुकको अचार
एैंसेलुको बोटमा अल्झिएको
मेरो प्रेमको चङ्गा
अनि मलाई असाध्यै माया गर्ने
तीतेपातीजस्ता गाउँले अनुहारहरु
जसलाई समेटेर
गाउनु छ— निर्माणको गीत
आऊ भूकम्पमा पुरिएका
मेरा सारङ्गीका धुनहरु आऊ
आऊ मेरा गौंथलीसँगै हराएका
संगीतहरु आऊ
मेरा सपनाहरु मेरै परेलीको
सिँढी उक्लिएर आऊ
बरू यतै कतै भत्किएको मन
टालटुल गरौंला
बाँसको खुट्टा टेकेर भए पनि हिंँडौंला
हिँड्नेका लागि बाटो बाङ्गो भए पनि
गन्तव्य कहाँ बाङ्गो हुन्छ र ?

प्रकाशित : मंसिर २३, २०७४ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?