काठमाडौँ — भएर मात्र के गर्नु सजीव आाखाहरु ?
जसले दुनियाा
दुश्मन, फूल–कााडा र तारामण्डल देख्छन्
तर, मेरै धैर्यशील छातीमा लिखित
शान्तिका सूत्र यिनले कहिल्यै पढेनन् ।
भएर मात्र के गर्नु कानहरु ?
जसले सारा सरगम–सिम्फोनी श्रवण गरे पनि
मेरै रक्तसागरमा उर्लिरहेको शान्ति–धुनका
रैथाने लयहरु सुन्न जानेनन् ।
भएर मात्र के गर्नु जोरनाले नाक पनि
जसले हरेक बास्ना–खुस्बु सुाघ्न सक्छन्
तथापि, हरक्षण भित्र–बाहिर गर्ने
अक्सिजनका शान्ति मोलिक्युल छानेर राख्न
जानेनन् ।
भएर मात्र के गर्नु छोई जान्ने छाला ? जसले
आगो, घाम, आमा र मायालुको स्पर्श छुट्याउाछ तर, देउरालीमा मुलुकको बतासले छुादा महसुस हुने
राष्ट्र प्रेममा निहित शान्ति कतै टाङ्नै जानेन ।
भएर मात्र के गर्नु धारिलो जिब्रो पनि ?
जसले संसार स्वादहरु चिरफार गरेर पेस गर्छ, तर चाटेर
मेरै जिन्दगीको तीतो–पीरो–नुनिलोमा साादेको
शान्तिको अखण्ड–स्वाद छुट्याउन जानेन ।
हर चेतनाङ्गले जिउमै अड्डा जमाएर
मेरै खुसहाल खातिर दिनरात खटिरहे पनि
गृहस्थीको ढुकुटीमा शान्ति दाखिल भएको छैन
तेसो र त इन्स्टल गर्नुपर्छ रे बोधीवृक्षमुनि बनेको
क्वान्टम–शान्तिको जीपीएस एप्स, जुन
थिचेपछि टचस्क्रिनमा देखिन्छ रे चार सत्य
र, अष्टाङ्गी मार्ग चित्र
जसलाई पछ्याउादै गए पुगिन्छ रे
आफ्नै चित्तको शान्ति उत्पादन कारखाना
लौ लागौा
निर्वाण–मुन्धुम गाउादै– निजी चित्तम् शरणम् गच्छामी !
चार सत्यम् शरणम् गच्छामी !! अष्टाङ्गी मार्गम् शरणम् गच्छामी !!
(कवि सुब्बाको आज विमोचन हुने कवितासंग्रह ‘रोज्जा कविता’ बाट)