घुर

कविता
सरिता तिवारी

काठमाडौँ — अब घुर बालेर बस्छ अकलुवा घुर !

र, घुरको आगोमा मिसाउाछ

Yamaha

सम्झादा सम्झादै भाउन्न छुट्ने केही झुर स्मृति
त्यसैमा झोस्छ सिद्धान्तले लपेटिएका फर्जी शब्द
थप्छ त्यहीं
दूरन्त क्रान्तिका खलनायकहरुको कुटिल तस्बिर !

घुरको वेदीमा
चट्चटाएर बल्नेछन्
उधारा र ढााटले भरिएका बेइमान हरफहरु
र हावाको लहरसागै हुर्हुरिादै उडेर हराउनेछन् हावामै

ताप्नेछ अकलुवा
पिठ्युा तेस्र्याएर, पैताला उचालेर
एउटा फरक स्वादको आगो !
हेर्ने छ आाखा नझिम्क्याई
आगोको मारूनी नाच
र कुरी बस्नेछ आगोछेउमै तबसम्म
जबसम्म निभ्ने छैन ऊभित्रको डहन !

आवेशमा छ अकलुवा
तीव्र झोंकमा छ आज

घाम छोप्न गएकी छोरीलाई चिहानमा भेटेको दिन बरू ऊ पहाडझैं शान्त र सोचमग्न थियो
’मुठभेड’ मा बलात्कृत भएर जंगलमा मृत
भेटिएकी पत्नीलाई देख्दा बरू
थियो ऊभित्र
क्रान्तिले सिकाएको उद्दाम हौसला र आशा

त्यो बलिदानको अनुष्ठानमा
चरनाम नाङ्गो भएको मान्छे ऊ
त्यो अद्भुत स्वप्नको मूल्यमा सर्वस्व गुमाएको योद्धा ऊ
क्रान्तिका खरिदार, दलाल र ग्राहकको
मेलामा पुगेर फर्केदेखि
लगातार निकाल्न खोज्दै छ हिसाब
कि क्रान्तिले क कसलाई सिध्याएर गयो ?
र बनाएर गयो क कसलाई ?

अरे भाइ ! क्रान्ति भनेको कुनै सर्प–सोपानको खेल हो ?
क्रान्ति जुवाको खालमा हु‍र्‍याउने हुकुमको एक्का हो ?
अथवा क्रान्ति कसैको ’बाप’ को जागिर हो ?

थुतेर झोस्न मन छ उसलाई अब यही
आगोमा
अविच्छिन्न मुकुटधारणको
उखरमाउलो सपनाले रौसिएर
क्रान्तिका अर्थहरु बटार्दै र बङ्ग्याउादै
प्राधिकारसहित
उसको सर्वहारा आङमाथि उक्लेर
बर्बराइरहेको
इतिहासको सबभन्दा धुर्त जिब्रो !

Esewa Pasal

प्रकाशित : पुस १५, २०७४ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

शान्ति सफ्टवेयर

कविता
विक्रम सुब्बा

काठमाडौँ — भएर मात्र के गर्नु सजीव आाखाहरु ?जसले दुनियाादुश्मन, फूल–कााडा र तारामण्डल देख्छन् तर, मेरै धैर्यशील छातीमा लिखितशान्तिका सूत्र यिनले कहिल्यै पढेनन् ।

भएर मात्र के गर्नु कानहरु ?
जसले सारा सरगम–सिम्फोनी श्रवण गरे पनि
मेरै रक्तसागरमा उर्लिरहेको शान्ति–धुनका
रैथाने लयहरु सुन्न जानेनन् ।

भएर मात्र के गर्नु जोरनाले नाक पनि
जसले हरेक बास्ना–खुस्बु सुाघ्न सक्छन्
तथापि, हरक्षण भित्र–बाहिर गर्ने
अक्सिजनका शान्ति मोलिक्युल छानेर राख्न
जानेनन् ।

भएर मात्र के गर्नु छोई जान्ने छाला ? जसले
आगो, घाम, आमा र मायालुको स्पर्श छुट्याउाछ तर, देउरालीमा मुलुकको बतासले छुादा महसुस हुने
राष्ट्र प्रेममा निहित शान्ति कतै टाङ्नै जानेन ।

भएर मात्र के गर्नु धारिलो जिब्रो पनि ?
जसले संसार स्वादहरु चिरफार गरेर पेस गर्छ, तर चाटेर
मेरै जिन्दगीको तीतो–पीरो–नुनिलोमा साादेको
शान्तिको अखण्ड–स्वाद छुट्याउन जानेन ।

हर चेतनाङ्गले जिउमै अड्डा जमाएर
मेरै खुसहाल खातिर दिनरात खटिरहे पनि
गृहस्थीको ढुकुटीमा शान्ति दाखिल भएको छैन
तेसो र त इन्स्टल गर्नुपर्छ रे बोधीवृक्षमुनि बनेको
क्वान्टम–शान्तिको जीपीएस एप्स, जुन
थिचेपछि टचस्क्रिनमा देखिन्छ रे चार सत्य
र, अष्टाङ्गी मार्ग चित्र
जसलाई पछ्याउादै गए पुगिन्छ रे
आफ्नै चित्तको शान्ति उत्पादन कारखाना
लौ लागौा
निर्वाण–मुन्धुम गाउादै– निजी चित्तम् शरणम् गच्छामी !
चार सत्यम् शरणम् गच्छामी !! अष्टाङ्गी मार्गम् शरणम् गच्छामी !!
(कवि सुब्बाको आज विमोचन हुने कवितासंग्रह ‘रोज्जा कविता’ बाट)

प्रकाशित : पुस १५, २०७४ ०९:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT