१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

समृद्धितर्फ सुदूरपश्चिम 

फोटो
केशव थापा

काठमाडौँ — पहिलेको सुदूरपश्चिम अर्थात् अहिलेको सात नम्बर प्रदेश । धेरैले यसलाई पिछडिएको र कम विकास भएको क्षेत्रको रूपमा लिन्छन् । तर यो चित्रणलाई सात नम्बर प्रदेशले बिस्तारै चुनौती दिँदै छ अथवा सुदूरपश्चिम जाग्दै छ । पूर्वाधार विकासले तीव्रता पाइरहेको छ । 

समृद्धितर्फ सुदूरपश्चिम 

गत वर्ष मात्रै बाजुराको सदरमुकाम सडक सञ्जालले जोडियो । अबको केही महिना तीव्र गतिमा काम हुने हो भने बाजुरा सदरमुकाम पक्की बाटोले जोडिन्छ । गाउँगाउँमा सडक तथा खानेपानी परियोजनाहरू बनिरहेका छन् । काठमाडौंबाट हेरिएभन्दा पृथक् छ यहाँको अवस्था ।

कृषि बिस्तारै व्यावसायिक हुँदै छ, महिला बिस्तारै सबल बनेर घरबाहिर निस्किरहेका छन्, सामाजिक कुरीति र अन्धविश्वास बिस्तारै चिरिँदै छ । पूर्वाधार विकास र विशेषगरी सडक सञ्जाल विकासमा भने साँच्चिकै क्रान्ति नै आएको छ । अनि सामान्य जनताको राजनीतिक चेतनाको स्तर बेस्सरी विकास भएको छ । राज्य र राजनीतिक दलसँग आफ्ना विषयहरूको बारेमा प्रश्न सोध्न सक्ने भएका छन् ।

आफ्नो क्षेत्रबाट प्रतिनिधित्व गरेर गएका सांसदहरूसँग कामबारेमा राम्रो जानकारी राख्ने र आफ्नो क्षेत्रको विकासका लागि काम नगर्ने नेतालाई चुनाव हराउने तहसम्मको राजनीतिक चेतनाको विकास भएको छ । त्यसैले हिजोजस्तो केही सम्भ्रान्त परिवार तथा व्यक्तिको नियन्त्रणमा यो क्षेत्र छैन ।

यतिखेर राष्ट्रिय स्तरमा बहस भइरहेको विषय हो— आर्थिक स्रोतको हिसाबले प्रदेश नं ७ कसरी टिक्ला ? तर सात नम्बर प्रदेशको प्राकृतिक स्रोत र साधन र सौन्दर्यलाई भरपूर उपयोग गर्ने हो भने यो प्रदेश छिट्टै समृद्ध बन्न सक्छ । सौन्दर्यको खानी सुदूरपश्चिममा पर्यटनको प्रचुर सम्भावना छ । ट्रेकिङ तथा राफ्टिङ अर्काे प्रचुर सम्भावना बोकेको क्षेत्र हो ।

हाइड्रोपावर अर्काे प्रचुर सम्भावनाको क्षेत्र हो जसले सुदूरपश्चिमको मुहार नै परिवर्तन गर्न सक्छ । पश्चिम सेती जलविद्युत् परियोजना समयमै सम्पन्न गर्ने हो भने यसले प्रदेश ७ को मुहार नै फेर्न सक्छ । जडीबुटी तथा अन्य प्राकृतिक स्रोत साधनको उपयोग अर्काे अवसर हो सुदूरपश्चिमका लागि ।

कमलदेव भट्टराई (शव्द)












प्रकाशित : पुस २९, २०७४ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?