१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

वाग्मतीको आत्मालाप 

कविता
फूलमान वल

काठमाडौँ — तिमीले नकाटिदिएको भए 
चोभारको डााडोबाट मलाई 
नबनाइदिएको भए धारिलो गल्छेडो 
म त यहीा तलाउ जमेर 
फुलिरहेको हुन्थें सायद कमलको फूल 

वाग्मतीको आत्मालाप 

मलाई हेर्दै–लजाउादै

नाच्थ्यो सायद चराजस्तै चन्द्रागिरि

नागबेली लय समाउादै बतासको

गाउाथ्यो सायद नागार्जुन पहाड

फुर्केन्थे पक्कै फर्पिङ–फुल्चोकी,

उमेरका भञ्ज्याङहरु चढ्दै/ओर्लिदै, चढ्दै/ओर्लिंदै

बैंसको कुरकुरे फुर्लुङ हल्लाएर

आउाथे सायद च्याङबा र मैच्याङहरु

माछाजस्तै पौडिन यहाा


हो, तिमीले नकाटिदिएको भए

चोभारको डााडोबाट मलाई

नबनाइदिएको भए धारिलो गल्छेडो

म त यहीा तलाउ जमेर

फुलिरहेको हुन्थें प्रेमको फूल


यतैकतै– तलाउकै आसपास

सायद अग्लिन्थ्यो होला सभ्यताको बेग्लै छ्योर्तेन

यसरी त कहिल्यै

सुकिजाने थिइनँ म

कचौराजस्तो यो छाती

बन्ने थिएन कहिल्यै हिलाम्य–हिलाम्य

उदाउने थिएन खडेरी घाम

खानुपर्ने थिएन सायद सर्पले भ्यागुता

सुक्नुपर्ने थिएन निर्दोष गड्यौला

हुने नै थिएन यहाा कुनै अप्रिय कोतपर्व

जन्मिने नै थिएन कुनै तानाशाह

र, उडिजाने थिएन सायद सपनाहरु धूलोजस्तै

जसरी रूमल्लिरेछ काठमाण्डू यतिबेला

धुलाम्य कुहिरोभित्र


ओ ज्याम्याङ !

तिमीले नकाटिदिएको भए

चोभारको डााडोबाट मलाई

नबनाइदिएको भए धारिलो गल्छेडो

सबभन्दा ठूलो कुरा त,

बगिजाने थिएन यहााबाट फोहोर

र, दुर्गन्धित बन्ने थिएन हरियाली मधेस


म त यहीा तलाउ जमेर

सायद– फुलिरहेको हुन्थें सदभावको फूल !

प्रकाशित : पुस २९, २०७४ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?