त्रिभुवन आर्मी र नेपाल प्रहरी सेमिफाइलनमा

राखेप च्याम्पियनसिप
दुर्गालाल केसी

दाङ — राखेप च्याम्पियनसिपअन्तर्गत २८ औं पुरुष राष्ट्रिय फुटबल प्रतियोगितामा बुधबार घोराही र तुलसीपुरमा भएका खेलमा त्रिभुवन आर्मी र नेपाल प्रहरी सेमिफाइनलमा प्रवेश गरेका छन् ।

त्रिभुवन आर्मी र नेपाल प्रहरी सेमिफाइलनमा

घोराहीको भरतपुर मैदानमा भएको खेलमा पूर्वाञ्चललाई २–० ले पराजित गर्दै त्रिभुवन आर्मी सेमिफाइलनमा प्रवेश गरेको छ । आर्मीका विवेक बस्नेतले १७ औं मिनेट र दीप लामाले ८८ औं मिनेटमा गोल गरेका थिए ।


तुलसीपुरको अरनीको मैदानमा भएको खेलमा पश्चिमाञ्चललाई ४–० ले पराजित गर्दै नेपाल पुलिस सेमिफाइनलमा प्रवेश गरेको छ । पुलिसका निरकुमार राईले २८, सुमन लामाले ३१ र ६४ तथा भोला सिलवालले ४३ औं मिनेटमा गोल गरेका थिए ।


बिहीबार घोराहीमा त्रिभुवन आर्मी र सुदूरपश्चिम तथा तुलसीपुरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच सेमीफाइनल हुँदैछ । मंगलबारको खेलमा सशस्त्र र सुदूरपश्चिम सेमिफाइनलमा प्रवेश गरेका थिए । प्रतियोगितामा पाँच क्षेत्रीय र तीन विभागीय टीमको सहभागिता छ ।

प्रकाशित : माघ ३, २०७४ १८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?