काठमाडौँ — अब त गोधूलि पनि गइछ हाम्रो हातबाट
नीलो रात धर्तीमा खसक्क खसेको बेला
हाम्रो हातेमालो देखेनछन् कसैले ।
मैले मेरो झ्यालको कुनाबाट
पर पहाडको टुप्पामा सूर्यास्तको उत्सव देखेको छु ।
कहिलेकाहीं घामको सानो झिल्को
सिक्काझैं टलक्क टल्केको, औंलाका कापमा ।
तिमीले चिनेको त्यही स्वउदासीमा डुबेछु म
र, आत्माको माखेसाङ्लोमा बेरएिर सम्झें तिमीलाई
कहाँ थियौ तिमी त्यो बेला ?
अरु को थिए त्यता ?
के भने तिनले ?
म उदास, तिमी टाढिएको बेला
किन आउँछ एक्कासि उर्लेर ममा तिम्रो सारा प्यार
सधैंभरि गोधूलितिर फर्केर बस्ने त्यो किताब
खस्यो
र लुट्पुटियो मेरो पछ्यौरी झस्किएको नखरमाउलो कुकुरजस्तै ।
प्रिय
सधैंसधैं साँझहरुसँगै अस्ताउँछौ तिमी
र लम्कन्छौ मूर्तिहरु धूमिल पार्ने उही गोधूलितिर
(नेरूदाको ‘वी ह्याभ लस्ट इभन’ कविताको यो अनुवाद मल्लिका शाक्यले गरेकी हुन्)
प्रकाशित : माघ ६, २०७४ ०८:५९