१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

भाषिक विमर्शको शीतल समीर

प्रतिटिप्पणी

काठमाडौँ — हाम्रा भाषारभित्र्याइएका शब्द र चलनचल्तीका अशुद्ध शब्द’ शीर्षकमा अघिल्लो शनिवार ९२०७४ माघ ६ गते० प्रकाशित डा। महेशराज पन्तको लेख पढ्न पाउँदा मन आनन्दित भयो।

भाषिक विमर्शको शीतल समीर

शब्दको अर्थ, मर्म र व्यक्तित्व पर्गेल्न सक्ने विद्वानहरूले सार्वजनिक रूपमा खबरदारी नगरिदिएकै कारण शब्दको अपमान र अंगभंग गर्नुलाई नै आफ्नो जीवनको सार्थकता ठान्ने ‘सरकारी भाषाशास्त्री’ हरूको कर्कश कोलाहलले हाम्रो भाषिक पर्यावरण प्रदूषित हुन पुगेको छ। यो उकुसमुकुसका बीच, ‘विद्वान्’ शब्दलाई सार्थकता प्रदान गरेका डा। पन्तको लेखले स्वच्छ–शीतल समीर प्रवाहित गरेको अनुभूति भएको छ। यस्तो समीर निरन्तर प्रवाहित भइरहोस् !


हाम्रो भाषामा चलेका, चलाइएका जेजति शब्द पक्रेर तिनको रूप र अर्थबारे जेजस्ता कुरा लेखकले औंल्याउनुभएको छ, तिनमा विमति व्यक्त गर्नुपर्ने ठाउँ छैन। गुरुकुलीय शिक्षा, गहन विद्वत्ता र परिच्छेद–समर्थ पाण्डित्यको दुर्लभ समष्टि झल्किएको छ त्यस लेखमा। लेखको पूर्वाद्र्घमा विदेशी शब्दलाई संस्कृतको चोगा पहिर्‍याई बनाइएका ‘संविधान’, ‘सामन्त’ वा ‘नागरिक’, ‘पञ्चवर्षीय’ जस्ता शब्दले कसरी वाञ्छित अर्थ दिंदैनन् वा ती शब्दै बन्दैनन् भन्ने स्पष्ट पार्ने सन्दर्भमा उहाँले गरेका दुई टिप्पणी विशेष मननीय छन् स् क। पाश्चात्य भाषाका शब्दलाई संस्कृतमा भाषान्तर गर्न संस्कृतको जुन तहको ज्ञान चाहिन्थ्यो, त्यो तहको ज्ञान भएका मानिसको हातबाट शब्द बनाउने काम नभएकोले शब्दको निकै बिजोग भएको छ। ख। कि हामीले विदेशी शब्द नै हाम्रो भाषामा भित्र्याउनुपथ्र्यो, कि संस्कृतवाङ्मयको आलोडन गरेर ठीक शब्दको चयन गर्न सक्नुपथ्र्यो, तर आफ्नो भाषाको शब्द भनी ठीक अर्थ नबुझाउने शब्द चलाउन हुँदैनथ्यो। यी यस्ता टिप्पणी हुन्, जसको प्रकाशमा हामी नेपाली भाषालाई निकै चहकिलो पार्न सक्छौं।


लेखको उत्तराद्र्घमा, यसै वर्ष साउनमा प्रकाशित मैले लेखेको पुस्तक ‘नेपाली कसरी लेख्नेरु’ को चर्चा गर्दै त्यसमा ‘हाम्रो लेखाइमा चलेका अशुद्ध शब्दको वर्णक्रमले फेहरिस्त नै तयार गरी त्यसको शुद्ध रूप दिने प्रशंसनीय काम’ भएको मन्तव्य व्यक्त गरिएको छ। साथै सो शब्दसूचीमा ‘उनले शुद्ध ठानेका, वास्तवमा अशुद्ध शब्द’ पनि रहेको बताउँदै, त्यसमा रहेका ‘आधारित’, ‘अनुशासित’, ‘वितरित’, ‘तत्कालीन’, ‘जागृति’, ‘जाग्रत’, ‘नाशवान’, ‘मन्त्रिपरिषद’, ‘पूर्वीय’ जस्ता कतिपय शब्दलाई लिएर यी शब्द सिद्ध हुँदैनन्रशुद्ध होइनन् भनिएको छ। र, ‘यो पुस्तकका रचयिताले यिनलाई सही शब्द भनेको देख्ता अचम्म लाग्छ’ भन्दै ‘९यिनले पनि० शुद्ध मानेकाले जगमान गुरुङ ९प्रभृति० ले ‘तत्कालीन’ ९आदि० लेखेकोमा आश्चर्य छैन’ भन्ने टिप्पणी गरिएको छ। आफ्नो पुस्तकले डा। पन्त जस्ता उद्भट विद्वानको यत्रो विश्वास हासिल गर्न सकेकोमा मलाई सन्तोष लागेको छ। यही मेसोमा, उहाँले चर्चा गरेका उक्त शब्दहरूको सन्दर्भ पक्रेर आफूलाई लागेका केही कुरा संक्षेपमा भन्न उत्प्रेरित भएको छु।

डा। पन्तले भनेझैं उक्त शब्दहरूको शुद्ध रूप क्रमशस् ‘आधृत’, ‘अनुशिष्ट’, ‘वितीर्ण’, ‘तात्कालिक’, ‘जागर्ति’, ‘जाग्रत्’, ‘नाशवान्’, ‘मन्त्रिपरिषद्’ नै हो। ‘पूर्वीय’ अशुद्ध हो, ‘पौरस्त्य’ शुद्ध हो। कुनै शंकै छैन। संस्कृत पढेको र व्याकरणमा यत्किञ्चित् गति भएका कारण मलाई यति हेक्का नरहने कुरै भएन। यदाकदा संस्कृतमा लेख्नुपर्दा यस्तै लेख्छु, अशुद्ध लेख्ने कुरै आएन। नेपालीमा यिनको तत्सम रूप यही हो, यसमा पनि कुनै द्विविधा छैन। यस रूपमा यिनको जति प्रयोग गरे पनि हुन्छ।


तर, कुरा यति मात्र छैन। नेपालीमा यी शब्दले आफ्नो रूप बदलिसकेका छन्। बदलिएको रूपमा स्थापित एवं शिष्टपरम्परा र प्रचलनबाट अनुमोदित पनि भइसकेका छन्। धेरैलाई यस्ता शब्द ९आधारित, अनुशासित, वितरित, तत्कालीन, जागृति, जाग्रत, नाशवान, मन्त्रिपरिषद, पूर्वीय आदि० संस्कृतबाट आएका तत्सम शब्द हुन् भन्ने लाग्छ, जुन भ्रम हो। अब यी नेपाली शब्द हुन्। यिनलाई ‘संस्कृत’ होइन, ‘संस्कृतवत्’ संज्ञा सम्म दिन सकिएला। पारिभाषिक रूपमा ‘तद्भव’ भन्न सकिन्छ र ‘अपभ्रंश’ पनि। ‘अपभ्रंश एवैत इति प्रामाणिकास्’ अर्थात् ‘यी रूप अपभ्रंश नै हुन् भनी प्रमाणको आधारमा बोल्नेहरू भन्छन्’ भन्ने डा। पन्तद्वारा उद्धृत भट्टोजिदीक्षितीय भनाइ यहाँ सान्दर्भिक हुन आउँछ। यस्ता शब्द नेपालीमा असंख्य छन् र हामी ढुक्कै चलाइरहेकै छौं। जस्तै, ‘तन्त्र’ बाट ‘तान्त्रिक’ त बन्छ, तर ‘गणतन्त्र’ बाट ‘गणतान्त्रिक’, ‘प्रजातन्त्र’ बाट ‘प्रजातान्त्रिक’ अथवा ‘लोकतन्त्र’ बाट ‘लोकतान्त्रिक’ शब्द बन्छ ररु यस्ता शब्दलाई नेपालीमा तद्भव मानेर स्वीकार्नु समीचीन हुने दीक्षा मैले चार दशक अघि भाषाविज्ञ महानन्द सापकोटाबाट प्राप्त गरेको हुँ। २०३३ साल चैतको उत्तराद्र्घ र त्यसपछिका केही महीना भारतको वाराणसीमा उहाँसँग मेरो संगत भएको थियो। ‘नेपाली शब्द परिचय’ छपाउन त्यहाँ पुग्नुभएको रहेछ र प्रूफरीडिङ आदिमा मसँग सहयोग माग्नुभयो। म लागिपरें। त्यस क्रममा शब्दबारे प्रशस्त छलफल चल्थ्यो। ‘उपर्युक्त’ शब्द शुद्ध हो र ‘उपरोक्त’ अशुद्ध, त्यसैले ‘उपरोक्त’ लाई बहिष्कार गर्नुपर्छ भन्थे सबै विद्वानहरू। म पनि त्यही पक्षमा थिएँ, किनभने संस्कृत व्याकरण अनुसार ‘उपरोक्त’ अशुद्ध नै थियो। छलफलका क्रममा पाणिनीय सूत्रको आधार लिएर म बढ्तै चम्केपछि उहाँले सम्झाउँदै भन्नुभयो, ँभाषा भनेको लोकव्यवहारबाट बन्दै जाने हो। ‘उपरोक्त’ शब्दलाई लोकले मानिसक्यो। जनजिभ्रोले स्वीकारिसक्यो। त्यसैले यसलाई पनि मान्यता दिनुपर्छ।” मैले ‘कसरीरु’ भनेर सोध्दा उहाँले भन्नुभयो, ँसजिलै छ। ‘उपर्युक्त’ लाई संस्कृतबाट आएको तत्सम भन्ने, ‘उपरोक्त’ लाई त्यसको तद्भव।” नेपाली भाषालाई बुझ्न र यसको गाँठो फुकाउन त्यो सूत्र मेरा लागि मार्गदर्शक बनेको छ।


संस्कृतबाट जन्मे पनि नेपाली भाषाको स्वभाव भनौं वा बानीबेहोरा, गति भनौं वा मार्ग अलिअलि फरक छ। मानिसकै सन्तानको झैं। त्यसैले, समास भए पनि हेर्दा लामो देखियो, असजिलो लाग्यो भने यसले डिको जोड्दैन। संस्कृतका हलन्त शब्द ९खास गरी नाम र विशेषण० मा हलन्त छोड्दै गएको छ। ‘नाशवान’ मात्र होइन शक्तिमान, बलवान, बुद्धिमान, हनुमान, भगवान आदि लेख्न रुचाउँछ। ‘महान्’ लाई ‘महान’ मात्र लेख्तैन, त्यसमा संस्कृतकै प्रत्यय ‘ता’ थपेर ‘महानता’ पनि बनाउँछ। ‘विद्युत्’ र ‘संसद्’ को खुट्टो काट्न छोडेर उल्टै ‘ईय’ थप्छ र ‘विद्युतीय’, ‘संसदीय’ बनाउँछ। मलाई लाग्छ, हामीले यिनलाई पनि तद्भवको कोटिमा राखेर स्वीकार्नु नै उचित हुन्छ। संस्कृतमा अशुद्ध, नेपालीमा शुद्ध। हामी नेपाली भाषाको कुरा गर्दैछौं नि त !


मेरो अभिप्राय बिगारिएका, भत्काइएका सबै शब्दलाई नेपालीमा सही मानेर स्वीकार्नुपर्छ, अशुद्धि र अराजकताका निम्ति चोरबाटो खोलिदिनुपर्छ भन्ने कदापि होइन। बृहत्तर लोकव्यवहारबाट स्वीकृत एवं शिष्टपरम्पराबाट अनुमोदित शब्दलाई स्वीकार्नुपर्छ— अलिकति उदारता, पर्याप्त विवेक र प्रशस्त संवेदनशीलताको भाव लिएर, भन्ने मात्र मेरो आशय भनौं वा आग्रह हो। विकल्प र निपातको आलोकमा पर्यवलोकन गर्दा मैले पढेका पाणिनिको सरणि पनि यस्तै थियो जस्तो लाग्छ।


डा। पन्तले निकै सूक्ष्म र गहिरा कुरा उठाउनुभएको छ। त्यस स्तरका कुरा र विमर्श चल्नैपर्छ। तर, आजको भाषिक विमर्श त्यतिमा सीमित रहनुहुँदैन। किनभने, आज हाम्रो भाषा अज्ञान वा असावधानीवश गरिएका त्रुटिबाट ‘असंस्कृत’ अवस्थातर्फ अभिमुख भएको मात्र होइन, सुनियोजित तवरमा भइरहेका सांघातिक प्रहारहरूबाट क्षतविक्षत नै भइरहेको छ। कहीं ‘चाइल्ड् फ्रेन्ड्ली’ लाई ‘बाल मैत्री’ भन्ने जस्ता हास्यास्पद अनुवादको आघातबाट रन्थनिएको छ त कहीं ‘मराउमाथि कात्रो’ भनेझैं ‘अपांग’ ९नेत्रप्रान्त० लाई ‘विकलांग’ को अर्थमा प्रयोग गर्दा पनि नपुगेर ‘अपांगता भएको’ भन्न विवश बनाइएको छ। नेपालीमाएउटा पातलो स र एक–एकवटा ह्रस्व इ–उ भए पुग्छ, श–ष–ई–ऊ चाहिंदैनन् भन्ने पण्डितम्मन्यहरूको विप्रलापबाट प्रताडित छ। अनि, राज्यशक्तिको आडमा शुद्ध शब्दहरूको बलात् अंगभंग गरिने, वर्णमालाबाट वर्णहरू हटाइने, छँदाखाँदाका संयुक्त अक्षर फुटाइने ९‘विद्या’ लाई ‘विद्या’ मात्र होइन, ‘अङ्क’ लाई समेत ‘अङ्क’ बनाइने० जस्ता आततायी व्यवहारबाट युद्धस्तरमा आक्रान्त छ। यस अवस्थामा डा। पन्त जस्ता विद्वानहरूको भाषिक संवेदनशीलताले भरिपूर्ण वैचारिक विमर्शले नै नेपाली भाषालाई संकटमग्न हुनबाट जोगिन सघाउनेछ। नेपाली भाषाप्रेमी हामी सबैले यसको स्वागत गर्नुपर्छ। जय होस्!

प्रकाशित : माघ १३, २०७४ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?