आकर्षण चीनतिर

पहिलेपहिले पीएचडी गर्नका लागि युरोप र अमेरिका ताक्ने नेपाली अब चीनतिर आँखा गाड्न थालेका छन्। पश्चिमा मुलुकबाट पीएचडी गरेकाहरू पनि पोस्टडकका लागि चीनलाई रुचाउन थालेका छन्। 
चेतनाथ आचार्य

काठमाडौँ — उपेन्द्र बराल सन् २०१२ मा पीएचडी गर्न चीनमा आए। बेइजिङस्थित चाइनिज एकेडेमी अफ साइन्सेस ९क्यास० बाट उनले सन् २०१५ मा ‘चुरे र यसको उत्पत्ति’ विषयमा पीएचडी गरे। उनको अनुसन्धानको क्षेत्र नेपालको चुरे क्षेत्र थियो।

अहिले उनी क्यासकै प्रेसिडेन्ट इन्टरनेसनल फेलोसिप इनिसिएटिभ ९पिफी० अन्तर्गत पोस्टडक्टरल अनुसन्धान गर्दै छन्, जसको विषय पूर्वी हिमालय भूभागमा इन्डियन र एसियन प्लेटको सम्मिश्रण छ। क्यास र भारतको आसामस्थित डिब्रुगढ विश्वविद्यालयको सहकार्यमा चुरे क्षेत्रमा अनुसन्धान गरिरहेका छन् उनी। उनले विश्वका प्रख्यात वैज्ञानिक जर्नलहरूमा आफ्नो अनुसन्धानका १० भन्दा बढी लेखहरू प्रकाशित गरिसकेका छन्। आगामी असारमा पोस्टडक सक्ने युवा वैज्ञानिक बराल नेपालमै केही गर्ने सोचमा छन्। उनको क्षमता र ज्ञानअनुसारको काम विश्वविद्यालय र नास्टले अवसर दिनुपर्ने धारणा राख्छन्। बराल भन्छन्, ‘मैले पढेको देशकै लागि हो, केही अवसर पाएमा देशका लागि योगदान गर्ने विचारमा छु।’

बरालजस्तै दर्जनौं नेपाली चिनियाँ विश्वविद्यालयमा पोस्टडक गर्दै छन्। पछिल्लो समय नेपाली वैज्ञानिक उत्पादन गर्ने राष्ट्रका रूपमा चीन चिनिन थालेको छ। पहिलेपहिले पीएचडी गर्नका लागि युरोप र अमेरिका ताक्ने नेपाली अब चीनतिर आँखा गाड्न थालेका छन्। पश्चिमा मुलुकबाट पीएचडी गरेकाहरू पनि पोस्टडकका लागि चीन रुचाउन थालेका छन्। यसो हुनुको कारण चीनले पोस्टडक गर्ने विदेशी वैज्ञानिकका लागि आकर्षक फेलोसिप एउटा कारण हो भने टिबेटन प्लेटोको क्षेत्रमा हुने खोज अनुसन्धानमा चीनले व्यापक लगानी गरिहेको छ। टिबेटन प्लेटोको संरचनाभित्र नेपालको हिमाली क्षेत्र पनि पर्ने र यो क्षेत्रको भूबनोट, जलवायु परिवर्तन, जैविक विविधता, भूसंरक्षण, वातावरणलगायतका कैयौँ विषयमा नेपालीको अध्ययन अनुसन्धान प्रभावकारी र सहज हुने गर्छ। चाइनिज एकेडेमी अफ साइन्सेस ९क्यास० ले प्रेसिडेन्ट इन्टरनेसनल फेलोसिप इनिसिएटिभ ९पिफी० अन्तर्गत विभिन्न तीन श्रेणीका विदेशी विशेषज्ञहरूलाई अनुसन्धानमा लिने गरेको आफ्नो वेबसाइटमा उल्लेख गरेको छ। सबैभन्दा उच्च श्रेणीमा विशिष्ट विद्वत्वर्गलाई राखेको छ। यसका लागि व्यक्ति अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त हुनुपर्नेछ। यस्ता व्यक्तिले पोस्टडक गरिरहेकाहरूलाई अनुसन्धानमा लगाउने तथा क्यासका शाखामा गएर लेक्चर दिनुपर्छ। यो तहका व्यक्तिले साताको ५० हजार चिनियाँ युआन ९लगभग ८ लाख रुपैयाँ० पाउने गर्छन्। विशिष्ट व्यक्तिलाई क्यासले एकदेखि ३ महिनाका लागि लिने गर्छ।
दोस्रो उच्च श्रेणीमा भिजिटिङ फेलो अर्थात् अतिथि विद्वत् भनिएको छ। यस तहका लागि सम्बन्धित विषयमा प्रख्यात विश्वविद्यालयमा प्राध्यापक भइसकेको व्यक्तिलाई मासिक ४० हजार युआन ९६ लाख रुपैयाँ० सहप्राध्यापकका लागि ३० हजार युआन ९साढे चार लाख रुपैयाँ० र उपप्राध्यापकका लागि २० हजार युआन ९तीन लाख रुपैयाँ० दिएर २ देखि ९ महिनाका लागि आबद्ध गराउँछ।

तेस्रो उच्च श्रेणीमा पोस्टडक पर्छन्। यसका लागि ख्यातिप्राप्त विश्वविद्यालयबाट विज्ञान विषयमा पीएचडी गरेको अथवा प्राविधिक वैज्ञानिक भएको ४० वर्षभन्दा कम उमेरको व्यक्ति हुनुपर्नेछ। यसका लागि वार्षिक २ लाख ५० हजार युआन ९लगभग ४० लाख रुपैयाँ० दिएर बढीमा दुई वर्षका लागि आबद्ध गराइन्छ। उल्लिखित अवसर क्यासको पिफी फेलोसिपको पोस्टडक हो। यसबाहेक चीनका अन्य विश्वविद्यालय र सम्बन्धित विषयका प्रोफेसरले पनि पोस्टडक गराउँछन्।पोस्टडकमा काम लगाउँदा विश्वविद्यालयलाई पनि फाइदा हुने गर्छ। थोरै पारिश्रमिकमा उच्च गुणस्तरको व्यक्तिलाई विश्वविद्यालयले खोज तथा अनुसन्धानमा लगाउन पाउँछ। ती व्यक्तिहरूले गरेको अनुसन्धानबाट प्राप्त आविष्कार विश्वविद्यालयको सम्पत्ति हो। विश्वका प्रख्यात विश्वविद्यालयहरूबीचमा विभिन्न देश र क्षेत्रबाट खोज अनुसन्धानकर्ता वैज्ञानिक भर्ना गर्ने प्रतिस्पर्धा नै चल्ने गर्छ।

क्यास चीनमा प्रख्यात प्राविधिक र वैज्ञानिक उत्पादन गर्ने नामूद संस्था हो। यसमा प्रोफेसर हुनका लागि विश्वका ख्यातिप्राप्त व्यक्तिहरूले आवेदन दिने गर्छन्। यस्तो महत्त्वपूर्ण प्राज्ञिक थलोमा दर्जनौं नेपाली विद्यार्थीले खोज र अनुसन्धान गर्दै वैज्ञानिक बन्न पाउनु नेपालका लागि गौरवको विषय हो।

क्यासमा सबैभन्दा पहिले पोस्टडक नेपाली वैज्ञानिक डा।विनोद दवाडीले ९वनस्पतिशास्त्र० गरेका हुन्। उनले सन् २०१४ देखि २०१६ सम्म पोस्टडक गरेका थिए। अहिले उनी त्रिभुवन विश्वविद्यालयमा कार्यरत छन्। त्यसपछि डा।मदन सिग्देल ९भूगर्भशास्त्र० र डा।डिल्लीराम थापा ९भूमौसमशास्त्र० ले पनि क्यासबाट पोस्टडक गरिसकेका छन्। सिग्देल त्रिविका उपप्रध्यापक हुन्। डा।लेखेन्द्र त्रिपाठी ९वातावरणशास्त्र० ले यही माघमा पोस्टडक सक्दै छन् भने डा।उपेन्द्र बराल ९भूगर्भशास्त्र० ले पनि आगामी असारमा पोस्टडक सक्दै छन्। डा।दीपा अधिकारी, डा।अजयकुमार झा र डा।गजेन्द्र शर्माले पनि चीनको हैलुङचाङ प्रान्तको हार्पिनबाट पोस्टडक गरिसकेका छन्।

यसैगरी डा।भागवत रिमाल ९भूगोलशास्त्र०, डा।ज्योति भण्डारी ९भूगोलशास्त्र०, डा।प्रकृति शर्मा ९सूक्ष्मशास्त्र०, डा।जनक खतिवडा ९जीवशास्त्र०, डा।भूपति न्यौपाने ९भूगर्भशास्त्र०, डा।दीपेश रूपाखेती ९वातावरणशास्त्र०, डा।शालिकराम सिग्देल ९वनस्पतिशास्त्र०, डा।वसन्त पौडेल ९भूगोलशास्त्र० र डा।बाबुराम तिवारी ९अन्तरिक्षशास्त्र० मा पोस्टडक गर्दै छन्। रिमालले पोल्यान्डबाट र तिवारीले ब्राजिलबाट पीएचडी गरेका हुन् भने बाँकी सबैले चीनको क्यासबाटै पीएचडी गरेका हुन्। क्यासबाहेक पेकिङ विश्वविद्यालयबाट डा।नवल खड्काले पोस्टडक गर्दै छन्।
चीनको पश्चिममा पर्ने कान्सु प्रान्तको लान्चौमा यही जनवरीदेखि सूक्ष्मशास्त्रमा पोस्टडक सुरु गरेकी प्रकृति शर्मा आफूले पढेको विषयको खोज अनुसन्धान गर्ने प्रयोगशाला नेपालमा भर्खरै स्थापना थालिएको बताउँछिन्। केही प्रयोगशाला निजी क्षेत्रबाट सुरु भए पनि नास्ट र विश्वविद्यालयमा उनका विषयले बृहत् रूपमा प्रवेश पाएका छैनन्। पीएचडी सकेर तुरुन्तै नेपाल फर्कनुभन्दा चीनमै पोस्टडक गर्दा आफ्नो क्षमता वृद्धि पनि हुने र बेरोजगार पनि बस्नु नपर्ने उनको भनाइ छ। क्यासको पिफीअन्तर्गत भूगोलशास्त्रको रिमोट सेन्सरमा अनुसन्धान गरिरहेका डा। भागवत रिमाल आफ्नो विषयको नेपालमा प्रशस्त उपयोग भइरहेको र आफूले थप ज्ञानका लागि चीनमा आएर अनुसन्धान गरिरहेको बताउँछन्।
लान्चौमै पोस्टडक सकेका लेखेन्द्र त्रिपाठी त्यहीँको विश्वविद्यालयमा उपप्राध्यापक पदमा बढोत्तरी भएका छन्। नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान नास्टले विदेशमा विशेषज्ञ ज्ञान हासिल गरेका वैज्ञानिकलाई नेपाल फर्काउने अभियान ‘फर्क वैज्ञानिक’ सुरु गरेको छ। सोही अभियानअन्तर्गत खुलेको वैज्ञानिक पदमा त्रिपाठीले पनि आवेदन दिएका थिए। उनलाई नास्टले प्रारम्भिक छनोट पनि गरेको थियो। चिनियाँ विश्वविद्यालयले उपप्राध्यापकमा लिएपछि भने उनी नेपाल फर्कन चाहेनन्। त्रिपाठी भन्छन्, ‘नेपाल बस्दा परिवार चीनतिर हुने हुनाले परिवारसँगै बस्ने इच्छामा विश्वविद्यालयले अवसर दिएपछि कमसेकम दुई वर्षयतै बस्ने निर्णय गरेँ।’ प्रकृति शर्मा र लेकेन्द्र त्रिपाठी दम्पती हुन्।

प्रकाशित : माघ १३, २०७४ १०:५७
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

भाषिक विमर्शको शीतल समीर

प्रतिटिप्पणी
शरच्चन्द्र वस्ती

काठमाडौँ — हाम्रा भाषारभित्र्याइएका शब्द र चलनचल्तीका अशुद्ध शब्द’ शीर्षकमा अघिल्लो शनिवार ९२०७४ माघ ६ गते० प्रकाशित डा। महेशराज पन्तको लेख पढ्न पाउँदा मन आनन्दित भयो।

शब्दको अर्थ, मर्म र व्यक्तित्व पर्गेल्न सक्ने विद्वानहरूले सार्वजनिक रूपमा खबरदारी नगरिदिएकै कारण शब्दको अपमान र अंगभंग गर्नुलाई नै आफ्नो जीवनको सार्थकता ठान्ने ‘सरकारी भाषाशास्त्री’ हरूको कर्कश कोलाहलले हाम्रो भाषिक पर्यावरण प्रदूषित हुन पुगेको छ। यो उकुसमुकुसका बीच, ‘विद्वान्’ शब्दलाई सार्थकता प्रदान गरेका डा। पन्तको लेखले स्वच्छ–शीतल समीर प्रवाहित गरेको अनुभूति भएको छ। यस्तो समीर निरन्तर प्रवाहित भइरहोस् !

हाम्रो भाषामा चलेका, चलाइएका जेजति शब्द पक्रेर तिनको रूप र अर्थबारे जेजस्ता कुरा लेखकले औंल्याउनुभएको छ, तिनमा विमति व्यक्त गर्नुपर्ने ठाउँ छैन। गुरुकुलीय शिक्षा, गहन विद्वत्ता र परिच्छेद–समर्थ पाण्डित्यको दुर्लभ समष्टि झल्किएको छ त्यस लेखमा। लेखको पूर्वाद्र्घमा विदेशी शब्दलाई संस्कृतको चोगा पहिर्‍याई बनाइएका ‘संविधान’, ‘सामन्त’ वा ‘नागरिक’, ‘पञ्चवर्षीय’ जस्ता शब्दले कसरी वाञ्छित अर्थ दिंदैनन् वा ती शब्दै बन्दैनन् भन्ने स्पष्ट पार्ने सन्दर्भमा उहाँले गरेका दुई टिप्पणी विशेष मननीय छन् स् क। पाश्चात्य भाषाका शब्दलाई संस्कृतमा भाषान्तर गर्न संस्कृतको जुन तहको ज्ञान चाहिन्थ्यो, त्यो तहको ज्ञान भएका मानिसको हातबाट शब्द बनाउने काम नभएकोले शब्दको निकै बिजोग भएको छ। ख। कि हामीले विदेशी शब्द नै हाम्रो भाषामा भित्र्याउनुपथ्र्यो, कि संस्कृतवाङ्मयको आलोडन गरेर ठीक शब्दको चयन गर्न सक्नुपथ्र्यो, तर आफ्नो भाषाको शब्द भनी ठीक अर्थ नबुझाउने शब्द चलाउन हुँदैनथ्यो। यी यस्ता टिप्पणी हुन्, जसको प्रकाशमा हामी नेपाली भाषालाई निकै चहकिलो पार्न सक्छौं।

लेखको उत्तराद्र्घमा, यसै वर्ष साउनमा प्रकाशित मैले लेखेको पुस्तक ‘नेपाली कसरी लेख्नेरु’ को चर्चा गर्दै त्यसमा ‘हाम्रो लेखाइमा चलेका अशुद्ध शब्दको वर्णक्रमले फेहरिस्त नै तयार गरी त्यसको शुद्ध रूप दिने प्रशंसनीय काम’ भएको मन्तव्य व्यक्त गरिएको छ। साथै सो शब्दसूचीमा ‘उनले शुद्ध ठानेका, वास्तवमा अशुद्ध शब्द’ पनि रहेको बताउँदै, त्यसमा रहेका ‘आधारित’, ‘अनुशासित’, ‘वितरित’, ‘तत्कालीन’, ‘जागृति’, ‘जाग्रत’, ‘नाशवान’, ‘मन्त्रिपरिषद’, ‘पूर्वीय’ जस्ता कतिपय शब्दलाई लिएर यी शब्द सिद्ध हुँदैनन्रशुद्ध होइनन् भनिएको छ। र, ‘यो पुस्तकका रचयिताले यिनलाई सही शब्द भनेको देख्ता अचम्म लाग्छ’ भन्दै ‘९यिनले पनि० शुद्ध मानेकाले जगमान गुरुङ ९प्रभृति० ले ‘तत्कालीन’ ९आदि० लेखेकोमा आश्चर्य छैन’ भन्ने टिप्पणी गरिएको छ। आफ्नो पुस्तकले डा। पन्त जस्ता उद्भट विद्वानको यत्रो विश्वास हासिल गर्न सकेकोमा मलाई सन्तोष लागेको छ। यही मेसोमा, उहाँले चर्चा गरेका उक्त शब्दहरूको सन्दर्भ पक्रेर आफूलाई लागेका केही कुरा संक्षेपमा भन्न उत्प्रेरित भएको छु।
डा। पन्तले भनेझैं उक्त शब्दहरूको शुद्ध रूप क्रमशस् ‘आधृत’, ‘अनुशिष्ट’, ‘वितीर्ण’, ‘तात्कालिक’, ‘जागर्ति’, ‘जाग्रत्’, ‘नाशवान्’, ‘मन्त्रिपरिषद्’ नै हो। ‘पूर्वीय’ अशुद्ध हो, ‘पौरस्त्य’ शुद्ध हो। कुनै शंकै छैन। संस्कृत पढेको र व्याकरणमा यत्किञ्चित् गति भएका कारण मलाई यति हेक्का नरहने कुरै भएन। यदाकदा संस्कृतमा लेख्नुपर्दा यस्तै लेख्छु, अशुद्ध लेख्ने कुरै आएन। नेपालीमा यिनको तत्सम रूप यही हो, यसमा पनि कुनै द्विविधा छैन। यस रूपमा यिनको जति प्रयोग गरे पनि हुन्छ।

तर, कुरा यति मात्र छैन। नेपालीमा यी शब्दलेआफ्नो रूप बदलिसकेका छन्। बदलिएको रूपमा स्थापित एवं शिष्टपरम्परा र प्रचलनबाट अनुमोदित पनि भइसकेका छन्। धेरैलाई यस्ता शब्द ९आधारित, अनुशासित, वितरित, तत्कालीन, जागृति, जाग्रत, नाशवान, मन्त्रिपरिषद, पूर्वीय आदि० संस्कृतबाट आएका तत्सम शब्द हुन् भन्ने लाग्छ, जुन भ्रम हो। अब यी नेपाली शब्द हुन्। यिनलाई ‘संस्कृत’ होइन, ‘संस्कृतवत्’ संज्ञा सम्म दिन सकिएला। पारिभाषिक रूपमा ‘तद्भव’ भन्न सकिन्छ र ‘अपभ्रंश’ पनि। ‘अपभ्रंश एवैत इति प्रामाणिकास्’ अर्थात् ‘यी रूप अपभ्रंश नै हुन् भनी प्रमाणको आधारमा बोल्नेहरू भन्छन्’ भन्ने डा। पन्तद्वारा उद्धृत भट्टोजिदीक्षितीय भनाइ यहाँ सान्दर्भिक हुन आउँछ। यस्ता शब्द नेपालीमा असंख्य छन् र हामी ढुक्कै चलाइरहेकै छौं। जस्तै, ‘तन्त्र’ बाट ‘तान्त्रिक’ त बन्छ, तर ‘गणतन्त्र’ बाट ‘गणतान्त्रिक’, ‘प्रजातन्त्र’ बाट ‘प्रजातान्त्रिक’ अथवा ‘लोकतन्त्र’ बाट ‘लोकतान्त्रिक’ शब्द बन्छ ररुयस्ता शब्दलाई नेपालीमा तद्भव मानेर स्वीकार्नु समीचीन हुने दीक्षा मैले चार दशक अघि भाषाविज्ञ महानन्द सापकोटाबाट प्राप्त गरेको हुँ। २०३३ साल चैतको उत्तराद्र्घ र त्यसपछिका केही महीना भारतको वाराणसीमा उहाँसँग मेरो संगत भएको थियो। ‘नेपाली शब्द परिचय’ छपाउन त्यहाँ पुग्नुभएको रहेछ र प्रूफरीडिङ आदिमा मसँग सहयोग माग्नुभयो। म लागिपरें। त्यस क्रममा शब्दबारे प्रशस्त छलफल चल्थ्यो। ‘उपर्युक्त’ शब्द शुद्ध हो र ‘उपरोक्त’ अशुद्ध, त्यसैले ‘उपरोक्त’ लाई बहिष्कार गर्नुपर्छ भन्थे सबै विद्वानहरू। म पनि त्यही पक्षमा थिएँ, किनभने संस्कृत व्याकरण अनुसार ‘उपरोक्त’ अशुद्ध नै थियो। छलफलका क्रममा पाणिनीय सूत्रको आधार लिएर म बढ्तै चम्केपछि उहाँले सम्झाउँदै भन्नुभयो, ँभाषा भनेको लोकव्यवहारबाट बन्दै जाने हो। ‘उपरोक्त’ शब्दलाई लोकले मानिसक्यो। जनजिभ्रोले स्वीकारिसक्यो। त्यसैले यसलाई पनि मान्यता दिनुपर्छ।” मैले ‘कसरीरु’ भनेर सोध्दा उहाँले भन्नुभयो, ँसजिलै छ। ‘उपर्युक्त’ लाई संस्कृतबाट आएको तत्सम भन्ने, ‘उपरोक्त’ लाई त्यसको तद्भव।” नेपाली भाषालाई बुझ्न र यसको गाँठो फुकाउन त्यो सूत्र मेरा लागि मार्गदर्शक बनेको छ।

संस्कृतबाट जन्मे पनि नेपाली भाषाको स्वभाव भनौं वा बानीबेहोरा, गति भनौं वा मार्ग अलिअलि फरक छ। मानिसकै सन्तानको झैं। त्यसैले, समास भए पनि हेर्दा लामो देखियो, असजिलो लाग्यो भने यसले डिको जोड्दैन। संस्कृतका हलन्त शब्द ९खास गरी नाम र विशेषण० मा हलन्त छोड्दै गएको छ। ‘नाशवान’ मात्र होइन शक्तिमान, बलवान, बुद्धिमान, हनुमान, भगवान आदि लेख्न रुचाउँछ। ‘महान्’ लाई ‘महान’ मात्र लेख्तैन, त्यसमा संस्कृतकै प्रत्यय ‘ता’ थपेर ‘महानता’ पनि बनाउँछ। ‘विद्युत्’ र ‘संसद्’ को खुट्टो काट्न छोडेर उल्टै ‘ईय’ थप्छ र ‘विद्युतीय’, ‘संसदीय’ बनाउँछ। मलाई लाग्छ, हामीले यिनलाई पनि तद्भवको कोटिमा राखेर स्वीकार्नु नै उचित हुन्छ। संस्कृतमा अशुद्ध, नेपालीमा शुद्ध। हामी नेपाली भाषाको कुरा गर्दैछौं नि त !

मेरो अभिप्राय बिगारिएका, भत्काइएका सबै शब्दलाई नेपालीमा सही मानेर स्वीकार्नुपर्छ, अशुद्धि र अराजकताका निम्ति चोरबाटो खोलिदिनुपर्छ भन्ने कदापि होइन। बृहत्तर लोकव्यवहारबाट स्वीकृत एवं शिष्टपरम्पराबाट अनुमोदित शब्दलाई स्वीकार्नुपर्छ— अलिकति उदारता, पर्याप्त विवेक र प्रशस्त संवेदनशीलताको भाव लिएर, भन्ने मात्र मेरो आशय भनौं वा आग्रह हो। विकल्प र निपातको आलोकमा पर्यवलोकन गर्दा मैले पढेका पाणिनिको सरणि पनि यस्तै थियो जस्तो लाग्छ।

डा। पन्तले निकै सूक्ष्म र गहिरा कुरा उठाउनुभएको छ। त्यस स्तरका कुरा र विमर्श चल्नैपर्छ। तर, आजको भाषिक विमर्श त्यतिमा सीमित रहनुहुँदैन। किनभने, आज हाम्रो भाषा अज्ञान वा असावधानीवश गरिएका त्रुटिबाट ‘असंस्कृत’ अवस्थातर्फ अभिमुख भएको मात्र होइन, सुनियोजित तवरमा भइरहेका सांघातिक प्रहारहरूबाट क्षतविक्षत नै भइरहेको छ। कहीं ‘चाइल्ड् फ्रेन्ड्ली’ लाई ‘बाल मैत्री’ भन्ने जस्ता हास्यास्पद अनुवादको आघातबाट रन्थनिएको छ त कहीं ‘मराउमाथि कात्रो’ भनेझैं ‘अपांग’ ९नेत्रप्रान्त० लाई ‘विकलांग’ को अर्थमा प्रयोग गर्दा पनि नपुगेर ‘अपांगता भएको’ भन्न विवश बनाइएको छ। नेपालीमाएउटा पातलो स र एक–एकवटा ह्रस्व इ–उ भए पुग्छ, श–ष–ई–ऊ चाहिंदैनन् भन्ने पण्डितम्मन्यहरूको विप्रलापबाट प्रताडित छ। अनि, राज्यशक्तिको आडमा शुद्ध शब्दहरूको बलात् अंगभंग गरिने, वर्णमालाबाट वर्णहरू हटाइने, छँदाखाँदाका संयुक्त अक्षर फुटाइने ९‘विद्या’ लाई ‘विद्या’ मात्र होइन, ‘अङ्क’ लाई समेत ‘अङ्क’ बनाइने० जस्ता आततायी व्यवहारबाट युद्धस्तरमा आक्रान्त छ। यस अवस्थामा डा। पन्त जस्ता विद्वानहरूको भाषिक संवेदनशीलताले भरिपूर्ण वैचारिक विमर्शले नै नेपाली भाषालाई संकटमग्न हुनबाट जोगिन सघाउनेछ। नेपाली भाषाप्रेमी हामी सबैले यसको स्वागत गर्नुपर्छ। जय होस्!

प्रकाशित : माघ १३, २०७४ १०:५५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT