कोसेली
माघ २०, २०७४

सटरगन्ज!

जब सीमावर्ती रक्सौलसम्मै रेल आइपुग्यो र अमलेखगन्जसम्म चल्न थाल्यो, वीरगन्ज मुलुककै प्रमुख नाकाका रूपमा चम्कियो । त्यही रेलको लिकलाई पछयाउँदै वीरगन्जदेखि पथलैयासम्म उद्योगधन्दाहरू खुल्दै गए । त्यसले वीरगन्जलाई पैसा कमाउन सिकायो । र, क्रमश: ‘सटरगन्ज’ बनायो । 

निबन्धका बाटा    

आफ्नै अनुभवबाट कुरा थाल्दा उपयुक्त होला । स्कुले जीवन घरबाट टाढा बित्यो । घर भैरहवा, स्कुल पोखरा । एक कक्षाबाटै छात्रावासको जीवन । सानै उमेरमा घरबाट टाढिनुपरेको नियास्रोलाई तर स्कुलको भव्य पुस्तकालयले कम गर्‍यो । मैच्याङ गुरुमा र अटन सरले उसै मनमोहक पाराले कथा सुनाउँथे । हामी हलचल नगरी मुग्ध हुन्थ्यौं । साहित्यतिर आकर्षित हुने कारण ती कथाहरू बने । 

अर्कै थिए, अर्कै भएँ...

एक दिन काँधमा रुक्स्याक ब्याग बोकेर म बादीहरूको कथा उधिन्न बादी बस्तीतिर हान्निएँ । तुल्सीपुरका लागि छुटेको रात्रिबस चढेर घोराहीतर्फ जाँदै गर्दा लागिरहेथ्यो, म कुनै नयाँ कथाको नयाँ सूर्य कोरल्न जाँदै छु ।

कठपुतली नबन्ने कि ! 

चलचित्रले आफ्नाविरुद्ध विद्रोह नगरोस् भनेर त्यसलाई थामथुम गरिराख्न समाजले एउटा शब्द प्रक्षेपण गर्‍यो– मनोरञ्जन । चलचित्र बन्नु छ भने पनि मनोरञ्जनका लागि बनोस् भनेर यसलाई दोस्रो दर्जाको भावनात्मक क्याम्पमा राखियो । तर मनोरञ्जन वास्तवमै के हो भनेर समाजले सधैं लुकाएर राख्यो ।

‘प्रश्न सोध्ने अधिकारको रक्षा गर्नुपर्छ’

अहिले बलिउडमा एक जना अभिनेता निकै चर्चामा छन् । दक्षिण भारतीय फिल्ममा ठूलो नाम कमाएर बलिउड प्रवेश गरेका प्रकाश राज आफ्ना फिल्म वा अभिनयका लागि भन्दा पनि अभिव्यक्तिका कारण चर्चामा छन् ।

‘म उनको लोग्ने’

म यो समाजको अपराधी होइन, न मेरी श्रीमती दोषी हो । तर, यत्तिका वर्षदेखि बस्दै आएको आफ्नै समाज आज पूरै ‘बिरानो’ झैं भएको छ, चिनेकाहरू नचिनेझैं गर्न थालेका छन् । मास्क लगाएर, फेटा बाँधेर र हुलिया फेरेर हिंड्नुपर्ने अवस्था मैले बेहोर्ने कि दोषीले ? अपराधी को— म या यो समाज ? 

कठपुतला : पाठकलाई चुनौती

कठपुतला’ मा संगृहीत कथाहरू मौलिक छन् । पछिल्लो समय प्रकाशित कथाहरूमा अर्चना थापाका यी रचना नेपाली कथाको इतिहासमा छुट्टै छाप छाड्न सफल छन् भन्दा अत्युक्ति हुँदैन । संगृहीत आठवटा कथामा हरेकका कथावस्तु फरकफरक छन् । कथाहरूले समाजमा विद्यमान समस्यालाई सम्बोधन गरेको छ । तर ती विषय सामान्य समस्याको रूपमा मूल प्रवाहमा आइसकेका भने लाग्दैनन् ।

काठमाडौं ‘रिभिजिटेड’

खुलस्त भन्ने हो भने उपन्यास आतंककै अर्को नाम भइसक्यो । सहिदको कोटा थप्ने र उपन्यास छाप्ने क्रम उस्तैउस्तै छ । साहित्यिक समृद्धिको मानक उपन्यास होइन र हुन सक्दैन पनि । त्यसैले थुप्रै उपन्यास पाठककहाँ नपुगी ‘सहिद’ को श्रेणीमा पुगेका छन् । मानौं, उपन्यास भनेका खबरकागज हुन् ।

ADVERTISEMENT

स्तरको अनावरण

यी तीन कारण नेपाली खेलकुदका लागि गएको साता विशेष रहयो । यसमा पनि सन्दीपमाथि इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सनमा लागेको भाउ चर्चित बन्यो । विश्व क्रिकेटकै सबभन्दा आकर्षक प्रतियोगिता हो आईपीएल ।

सन्दीपको त्यो तस्बिर

‘खोइ सन्दीप भाइ तिम्रो फोटो खिचम त’ भनेर मैले मोबाइल तेस्र्याएको मात्र थिए । एकदमै निर्दोष हिसाबमा अलिकति लजाउँदै उनले आधा जिउ झुकाएर मेरो मोबाइल क्यामारालाई पोज दिए । पुल्चोक इन्जिनियरिङ क्याम्पसको घाँसले भरिएर बल नै गुड्न गारोजस्तो मैदानमा उनको त्यो पोज मलाई ३–४ वटा तस्बिर खिच्न पर्याप्त भइसकेको थियो । 

‘कभर सङ’ कि ठगीको रङ ?

सामान्य र स्वाभाविक कुरा हो— लोकप्रिय गीतहरू स्रोता वा अन्य कलाकारले पनि गाउँछन्, गाउँदै आएका पनि छ । त्यस्ता गीतहरू पिकनिक वा पार्टी वा रङ्गमञ्चहरूमा पनि गाइन्छन् । सार्वजनिक गरिएका गीत–सङ्गीत सार्वजनिक भएकै कारण त्यसलाई मन पराउने वा त्यसको आनन्द लिने अधिकार श्रोता वा साधकलाई प्राप्त हुन्छ ।

‘फ्रुट पिकिङ’ पर्यटन

अस्ट्रेलियामा सिजन अनुसारका फलफूल खान मन लागे बजारतिरै गइरहन आवश्यक छैन । समय र जाँगर भए आफू नजिकैका किसानका खेत र बगैंचा पुगे हुन्छ । उनीहरू आगन्तुकलाई स्वागत गर्न सधैं तयार रहन्छन् । उनीहरूको स्वागतसँगै बगैंचामा गएर फलफूल टिपेर खान पाइने मात्र हैन मन लागेजति खरिद गरेर ल्याउनसमेत पाइन्छ ।