पाठ

विमल निभा

काठमाडौँ — विश्व विजयनिम्ति
प्रिय घोडा बुसेफेलसको
पिठ्युँमा सवार भएर
निस्क्यो अलेकजेन्डर दी ग्रेट

पाठ


के कसैले उसको

बाटोलाई छेक्न सक्यो ?

आफ्नो विजयपथमा

आएका सबैलाई

एकपछि अर्को गरेर

सखाप पार्दै गयो

तरबारको तिखो धारले

प्राचीन मेसिडोनियाका

शक्तिशाली बादशाह

अलेकजेन्डर दी ग्रेटले

सजिलैसित असाध्यै

अनेकन भीमकाय हात्तीलाई

बेसरी पछार्‍यो

कस्सिलो भुजबलको

असीम पराक्रमले

एकसेएक तुफानी

घोडाहरुका वेगलाई

एक निमेषमै पछाडि पारेर

पुरै परास्त गर्‍यो

र शत्रुपक्षमा उभिएका

हजारौंहजार संख्याका

हतियारबन्द सैनिकलाई

मार्‍यो रणक्षेत्रमा

पटापट पटापट


यस सम्बन्धमा अगाडि

इतिहासको पाठले भन्छ–

अन्त्यमा मर्‍यो

एउटा सानो लामखुट्टेको टोकाइले

अलेकजेन्डर दी ग्रेट

प्रकाशित : माघ २०, २०७४ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?