३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

संघर्ष 

मनोज पौडेल

काठमाडौँ — बाँच्नका लागि कसैले गरेको संघर्ष देख्दा माया पलाएर आउँछ । अघिल्लो साता यस्तै देखियो सदर चिडियाखानामा । त्यहाँको पोखरी नजिक डिलमा ठूलो घाउँके हावासिल चराले यस्तै संघर्ष गरिरहेको थियो । उसले खानका लागि संघर्ष गरिरहेको थियो ।

संघर्ष 

अस्वाभाविक लामो चुच्चो हुँदा जमिनमा पाएको आहारा खान चराले निकै सास्ती खेप्नुपरेको थियो । कीरा–फटयाङ्ग्रा पाए पनि मुखसम्म पुर्‍याउन निकै गाह्रो हुन्थ्यो उसलाई । लामो चुच्चो भएकाले खानका लागि गहिरो भाँडा सजिलो हुन्थ्यो । तर जमिनको खान्कीलाई खान उसलाई महाभारतै भयो । सोझो गरेर मुखको चुच्चोले समात्न सक्थेन । टाउको तेर्सो पारेर घुमाई समात्ने प्रयास पटकपटक गर पनि असफल भयो ।

नेपालमा निकै कम देखिने उक्त चरा चिडियाखानामा एउटा छ । विशेषगरी दक्षिणी समुद्र आसपासबाट नेपालतिर आउँछ । पेलिकन जातको यो चरा विश्वमा ८ प्रजातिका पाइन्छ, जसमध्ये अमेरिकन पेलिकनको मात्र बढी अध्ययन र अनुसन्धान भएको छ । चिडियाखानामा उक्त चरालाई खुट्टामा रिङ लगाएर राखिएको छ ।


प्रकाशित : माघ २७, २०७४ १२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?