कोसेली

Koseli

झापाली सान

पूर्वाञ्चल नेपाली फुटबलकै ‘पावरहाउस’ हो । विशेषगरी झापामा फुटबल क्रेज लोभलाग्दो छ । घण्टौं यात्रा गरेर, साइकल चढेर र बासकै व्यवस्था पनि गरेर झापामा फुटबलको प्रतिस्पर्धा हेर्न दर्शक ओइरिने गर्छन् ।

झापाली सान

मायाको संसार

जीवनमा हुनैपर्ने कुरा के हो ? माया ठकुरी भन्छिन्, ‘उज्यालोतिरको यात्रा ।’ यो कुनै दर्शन होइन उनको । न कुनै पुस्तकबाट सारिएको उधारो वक्तव्य । यो त उनको आफ्नै अनुभूतिको निचोड हो ।

मायाको संसार

सुरुआत अन्त्यको

फेरि एकपल्ट जोसे मोउरिन्होकै प्रसङ्ग । विश्व फुटबलमा यिनको जत्तिको कुरा अरू बिरलैलाई काटिएला । मोउरिन्हो पात्र नै यस्तै खालका छन् । कारण अकारण चर्चामा आइरहने ।

सुरुआत अन्त्यको

हुँदै नभएको ‘साम्यवादी नजर’

साम्यवादी नजरमा नेपालको इतिहास’ शीर्षकमा डा. महेशराज पन्तको १२ फागुन, २०७४ शनिबार ‘कोसेली’ मा प्रकाशित लेखले केही प्रश्नहरू उठाएका छन् । ‘साम्यवादी नजर’ भन्ने जुन पदावली प्रयोग भएको छ, त्यसका आधारहरू लेखमा कहीँ पनि खुलेको छैन ।

हुँदै नभएको ‘साम्यवादी नजर’

विपनाको बोझमा ‘स्वप्निस्तान’

चानचुन २ सय ५० शब्द–सीमाको रोमान्समै रमाएका छन्, सुमन सौरभ । साढे दुई दशकसम्म एकपाते साहित्यिक खजानामा तृप्त छ उनीभित्रको गम्भीर लेखक ।

विपनाको बोझमा ‘स्वप्निस्तान’

‘जीवनसँग गुनासो छैन’

नगेन्द्र शर्मा, नेपाली र अंग्रेजीमा आख्यान–गैरआख्यान दुइटैमा साधिकार कलम चलाउन सक्ने थोरै नेपाली स्रष्टामध्ये एक । ‘नेपाली जनजीवन,’ ‘अन्डादेखि भ्यागुतासम्म,’ ‘तर्क–वितर्क,’ ‘कथा क्यानडा,’ ‘नेपाल ए टु जेड,’ ‘फोक टेल्स अफ नेपाल,’ ‘सिट अफ स्नो’ जस्ता कृति दिएका शर्मा ८८ वर्षको उमेरमा गत फागुन २५ गते हामीबाट बिदा भए । शर्मालाई मैले २०६८ साउन १३ गते काठमाडौँमा भेटेको थिएँ । त्यति बेला उनको आत्मकथा ‘अनुस्मरण’ भर्खर निस्केको थियो र मलाई त्यसैमा लेखक हस्ताक्षर लिनु थियो । प्रवाहपूर्ण लेखन, त्यसमाथि कताकति हास्यको छोप हालेर निबन्ध लेख्नमा कहलिएका शर्मासँग त्यही बसाइका क्रममा यो कुराकानी गरिएको थियो । नेपाली भाषा–व्याकरणमा उथलपुथल चरममा पुगेको त्यो बेला यही र उनको पछिल्लो कृतिलाई केन्द्रमा राखेर गरिएको गफगाफको सम्पादित अंश :

‘जीवनसँग गुनासो छैन’

‘चिंटी अगर हाथी होती?’

उसको पहिलो प्रश्न नै यही थियो । जाने हो सुन्दरवन ? कस्तो मधुर प्रश्न । उसले भन्यो, ‘मैले हिजो सपनामा तिमीसँग सुन्दरवन डुलेको देखें ।अद्भुत यात्रा । म विपनीमा तिमीसँग सुन्दरवन जान चाहन्छु केशव, समय मिल्छ भने हिँडजाऊँ ।’ ऊ मेरो साथी हो । सहृदयी छ ।

‘चिंटी अगर हाथी होती?’

अरनिकोलाई खोजौं

तिब्बतमा बौद्धमार्गी र नेवारी तान्त्रिक कला विषयका अध्येता ब्रिटिस नागरिक रोबर्ट वियरका अनुसार विश्वका विभिन्न देशका संग्रहालयमा अरनिकोका कृति संगृहीत छन् । चिनियाँ सम्राट कुब्लाई खाँ र रानी छावीको चित्र ताइवानको राष्ट्रिय संग्रहालय पुगेको छ ।

अरनिकोलाई खोजौं

छुत योनिको अछुत कथा

हामी जङ्गल न हौँ, जङ्गलमा जसले पनि पिसाब फेर्छन् ।’ सुदूर पश्चिमकी एक अधबैँसे दिदीको भनाइले मलाई अरिङ्गालले टोकेझैँ हुन्छ, घरीघरी रन्थनिन्छु । उनी अनुभूतिको भाषामा भन्छिन्, ‘ऊ... त्यो बगरजस्तै छ मेरो जिन्दगी... सुक्खा र उराठ ।’

छुत योनिको अछुत कथा

समृद्धिको स्याल हुइँया

भेडा र स्यालविपरीत गुण भएका जनावर हुन् । भेडा घरपालुवा, स्याल जंगली । एक शाहाकारी, अर्को मांसाहारी । एक सिकार, दोस्रो सिकारी । एक दिवाचर (डिउरनल), अर्को निशाचर (नक्टरनल) । एक सोझो, अर्को छट्टू ।

समृद्धिको स्याल हुइँया

जसले ह्विलचियरबाटै चहारे ब्रह्माण्ड

क्याम्ब्रिज विश्वविद्यालयका भौतिकशास्त्री तथा अत्यधिक रुचाइएका लेखक, जो ह्विलचियरमा ब्रह्माण्ड चहार्थे, गुरुत्वाकर्षण र ब्रह्माण्डको उत्पत्तिबारे नवीन सोच राख्थे र मानव अठोट र जिज्ञासाका प्रतीक थिए— उनै स्टेफन हकिङको ७६ वर्षको उमेरमा बेलायतमा गत बुधबार निधन भयो ।

जसले ह्विलचियरबाटै चहारे ब्रह्माण्ड