हुकको उज्यालो !

फोकस आउट
किरण पाण्डे

काठमाडौँ — पछिल्लो समय राजधानीलगायतका केही सहरमा लोडसेडिङ लगभग अन्त्य भएको छ । तर अझै विद्युत् चोरी भने हट्न सकेको छैन ।

महोत्तरीको गौशाला नगरपालिका–८ बेलगाछीमा हुक लगाएर बिजुली चोरी गरिएका दृश्य हुन् यी। यस गाउँका अधिकांश घरले हुक लगाएर बिजुली बालेका छन्। तर बिजुली चोरी गर्ने यिनीहरु मात्र होइनन्। राजधानी उपत्यकालगायतका अन्य सहर तथा गाउँमा पनि हुक लगाएर बिजुली बाल्नेहरु उत्तिकै छन्।

विद्युत् प्राधिकरणको तथ्यांकअनुसार उसको वितरण प्रणालीमा करिब १७ प्रतिशत बिजुली चुहावट हुन्छ। यसलाई घटाएर १३ प्रतिशतमा झार्ने प्राधिकरणको लक्ष्य छ।

Yamaha


यो तत्थांकले के देखाउँछ भने मुलुकमा राजनीतिज्ञ र उच्च कर्मचारी मात्र होइन स्रोत भेटेसम्म राज्यधनको दोहन गर्न भुइँतहका मानिसहरु पनि उत्तिकै माहिर छन्।

प्रकाशित : चैत्र ३, २०७४ १०:३६
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बुलेट चढ्ने केटो

विश्वकै उच्च स्थानमा हुने बाइक राइडरको प्रतियोगिता ‘रेड डी हिमालय’ मा दीपककुमार शाहले यसपालि प्रतिस्पर्धा गर्दैछन् ।
किरण पाण्डे

बाइक राइडरका लागि ले–लद्दाख मक्का बराबर हो । जो–कोही बाइक राइडर पनि ५,३५९ मिटरको उचाइस्थित ले–लद्दाख पुग्न चाहन्छन् । विश्वकै अग्लो स्थानमा हुने मोटर स्पोर्ट्स …रेड डी हिमालय’ यसपालि अक्टोबर ६ मा सुरु हुँदै छ । विश्वमै चर्चित यसमा पहिलो नेपालीका रूपमा दीपककुमार शाह यसपालि सहभागी हुँदैछन् ।

रेड डी हिमालयको बाइक राइड दिल्लीदेखि लद्दाखसम्म हुनेछ । मुख्य इभेन्टको अघि प्राक्टिस पनि गराइन्छ । र, दीपक काठमाडौंबाटै ४११ सीसीको रोयल एन्फिल्ड हिमालयन हाँक्दै जाँदैछन् । प्रतिस्पर्धा सकेर स्वदेश पर्कंदासम्म उनले ७ हजार किमि बढी बाइक चलाइसकेको हुनेछ ।
सोह्र टिमको सहभागितासँगै १८ वर्षअघि सुरु भएको यस प्रतियोगितामा यसपालि १ सय ५० बढी स्पर्धामा राइडहरू सहभागी हुँदैछन् । यामाहा, होन्डा, मारुती, पोलारिस, रोयल इन्फिल्ड, बीएमडब्लूलगायत बाइकको ब्रान्डअनुसार स्पर्धामा राइडरले प्रतिस्पर्धा गर्छन् । स्कुटर क्याटेगोरीलाई पनि समावेश गरिन्छ ।
नौ दिने रेड डी हिमालयको रेस निकै एडभेन्चरस मानिन्छ । यसमा राइडरले भारतका विभिन्न स्थानको चर्को गर्मी मात्र झेल्नु पर्दैन, माइनस २० डिग्री सेल्सियसको चिसो तापक्रममा पनि बाइक हाँक्नुपर्छ । त्यसैले यस प्रतियोगितामा सहभागी हुनुलाई मात्र पनि बाइक राइडरको सफलताका रूपमा लिइन्छ ।
मेडिकल फिटनेस टेस्ट पास गरी फेडरल अफ मोटर स्पोर्ट्स क्लब अफ इन्डियाको लाइसेन्स लिएपछि उनी प्रतियोगितालाई योग्य भएका हुन् । सेफ्टीका लागि स्पेसल जुत्ता, हेल्मेट, ग्लोब्स, ज्याकेटलगायत सामग्री पनि अनिवार्य छ, जसले दुर्घटनामा पनि सुरक्षित राख्न सक्छ । यस प्रतियोगितामा सहभागी हुँदा ५ लाख रुपैयाँ बढी खर्च लाग्ने उनले बताए । प्रतियोगितामा सहभागी हुनेलाई इन्स्योरेन्स पनि अनिवार्य छ तर नेपालमा एडभेन्चर स्पोर्ट्सका लागि अहिलेसम्म इन्स्योरेन्स पोलिसी नै छैन । 
त्यसैले उनलाई ले–लद्दाखमा आफ्नो यात्रा सुनिश्चित गर्नलाई मुस्किल परेको थियो ।
‘आफ्नै सौखका लागि सहभागी हुन लागेको हो,’ उनले भने, …बुलेट (बाइक) र एडभेन्चरमा एकदमै रहर छ ।’ गृहनगर जनकपुरमा उनलाई धेरैले नामले चिन्दैनन्, त्यहाँ उनको परिचय नै ‘बुलेट चढ्ने केटो’ बनेको छ । त्यसैले पनि उनी बुलेट छाड्न चाहँदैनन् । र, लक्ष्य नै एडभेन्चर टुरमा निस्कने बनाएका छन् ।
करिब १६ वर्षअघि बाइक हाँक्न थालेका उनी अध्ययनका लागि भारत पुगेका थिए । उनी एमबीए सकेर बैंक अफ न्यूयोर्क मेलनको पुनेस्थित शाखामा चार वर्ष जागिर खाएपछि सन् २०१२ मा नेपाल फर्केका थिए । ‘नेपालमै केही गरौं भनी फर्किएका उनले लेमिनेट फ्लोरिङको व्यापार गर्न थाले । व्यापारिक पृष्ठभूमिमा भए पनि उनको मन भने बुलेट र एडभेन्चर स्पोर्ट्सतिरै आकर्षित भइरह्यो । त्यसैले चार वर्षअघि फेरि बुलेट किनेर एक्लै मुस्ताङ हान्निएका थिए ।
‘त्यो यात्राले प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र बाइक टुरिजमतर्फ मेरो ध्यान तान्यो,’ पहिलो मुस्ताङ टुरबारे उनले भने । त्यसबेला राजधानी फर्केपछि उनले ‘मुक्ति राइड’ अभियान नै सुरु गरे । आन्तरिक पर्यटन प्रवद्र्धन गर्दै साथीहरूलाई रमाइलो गराउन र आफ्नै साहसिक यात्रालाई निरन्तरता दिन उनी बारम्बार बाइकमा मुस्ताङ गइरहन्छन् । उनी हरेक वर्ष फेब्रुअरीलाई मुस्ताङ यात्राको क्यालेन्डर बनाउने उल्लेख गर्दै उनले भने, …फेब्रुअरीमा मुस्ताङमा हिउँ पर्छ । अनि अफ–सिजन पनि हो र यस सिजनमा पर्यटक भित्र्याउन पाउनु अर्को राम्रो कुरा हो । अफ–सिजनमा त्यहाँ पुग्दा होटल मालिकहरू निकै उत्साहित हुने गर्छन् ।’ 

प्रकाशित : भाद्र ३०, २०७४ ११:४८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT