२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

चुनावले चिनाएको नेता

राजनीतिको सुरुवातीताका किसान र आम सर्वसाधारणको हकहितका लागि समर्पित जगन्नाथ अन्त्यतिर राजनीतिक अराजकता, मनपरी, भाइ–भतिजावाद र पार्टी शुद्धीकरण अभियानमा सक्रिय रहे ।
ध्रुव सिंखडा

काठमाडौँ — २००७ सालको जनक्रान्तिमा भाद्गाउाको कााठ क्षेत्रबाट राजनीतिमा होमिएका एक युवक । जसलाई जहानियाा राणाशाहीको अन्याय, अत्याचार र हुकुमी शासन सह्य भएन । जसले राणा शासकको रैती भएर जिउन चाहेन । अनि ऊ प्रजातन्त्र प्राप्तिको क्रान्तिमा होमिन पुग्छ । प्रजातन्त्रका एक अथक, जनप्रिय र भूमि सुधारका पक्षपाती तिनै नेता हुन्— जगन्नाथ आचार्य ।

चुनावले चिनाएको नेता

जगन्नाथ २००७/८ सालतिरबाटै जननेता बीपी कोइरालाको नजरमा परिसकेका थिए । किनकि, ०७ सालको क्रान्तिपछि प्रतिक्रान्तिको भय बढेका बेला टोलटोलमा प्राप्त प्रजातन्त्रको रक्षार्थ गठित रक्षा दलमा पनि ती युवा निकै सक्रिय देखिन थालेपछि बीपीले उनलाई झनै नजिकबाट नियालिरहेका थिए । फलस्वरूप, बीपी ती युवालाई चुनावमा टिकट दिने सोचमा पुगे । किनकि, ती युवा क्रान्तिसागै जनसेवामा पनि सक्रिय भएका कारण लोकप्रिय रहेको बीपीले प्रत्यक्ष/अप्रत्यक्ष बुझेका थिए । र, २०१५ सालमा सम्पन्न पहिलो आम निर्वाचनमा क्षेत्र नम्बर ४ भक्तपुर क्षेबबाट उनलाई टिकट दिए ।


तर, गणेशमान सिंह पत्नी मंगलादेवी त्यसै क्षेत्रबाट कांग्रेसको बागी उम्मेदवार भइदिएपछि जगन्नाथको उम्मेदवारीबारे पार्टी नेतृत्वमा चर्काचर्की भयो । र, अन्तमा बीपीले गणेशमान सिंहलाई चुनौतीपूर्ण रूपमा भनेका थिए, ‘मंगलादेवीलाई उम्मेदवारी फिर्ता लिन लगाउनुहोस् । नत्र भने तपाईंमाथि नै अनुशासनको कारबाही गर्छु । ४ नम्बर क्षेत्रमा हाम्रो पार्टीको आधिकारिक उम्मेदवार जगन्नाथ नै हो ।’ यसरी टिकट पाएका ती भाद्गाउाले ठिटो गोरखा परिषद्को बाहुल्य रहेको कााठ क्षेत्रबाट चुनाव जितेर राजनीतिक रजतपटमा उदाउन सफल भए ।


लामो प्रजातान्त्रिक आन्दोलनमा विभिन्न दु:ख, कष्ट, हन्डर र ठक्कर खाएर खारिएका जगन्नाथ जीवनको अन्तीम क्षणसम्म पनि राजनीतिमै सक्रिय रहे । १९८१ बैशाख ११ गते भाद्गाउा (भक्तपुर) मा जन्मेका जगन्नाथको २०६१ वैशाख २६ गते निधन भएको थियो ।


उनी नेपाली कांग्रेसका पहिलो पुस्ताका नेता थिए । २०१७ सालमा राजा महेन्द्रले ‘कू’ गरी प्रजातन्त्र हरण गरेपछि उनले पनि कांग्रेसका अन्य नेताहरूले जस्तै सास्ती भोग्नुपर्‍यो । उनी भागेर कोलकाता पुगे । जहाा नेपाली कांग्रेसका नेता सुवर्णशमशेर रहेका थिए । त्यसपछिका पञ्चायतविरोधी आन्दोलनका विभिन्न मोर्चामा उनी संलग्न रहे । प्रजातन्त्र पुन:स्थापनाका लागि सशस्त्र र शान्तिपूर्ण दुवै आन्दोलनमा
सहभागी भए ।


२०१६ सालमा बीपी कोइराला प्रधानमन्त्री थिए भने जगन्नाथ निर्वाचित सांसद । उनी पहिलेदेखि नै किसानका हकहित र समस्यामा बढी ध्यान दिन्थे । त्यसबखत संसद्मा उनले मुलुकी ऐनको दफा २८९ खारेज गर्न प्रस्ताव गरे । मुलुकी ऐनको त्यो दफामा कुनै हाकिमको निर्णयले व्यक्तिविशेषको सर्वस्व जान सक्थ्यो । त्यसैले उनले त्यसलाई खारेज गर्न संसद्मा संकल्प प्रस्ताव गरे । तर उपप्रधान तथा अर्थमन्त्री सुवर्णशमशेरले उक्त प्रस्ताव आफूलाई नसोधी गरेकोमा अप्रसन्नता प्रकट गरेका थिए भनी जगन्नाथले आफ्नो आत्मवृत्तान्तमा उल्लेख गरेका छन् ।


जगन्नाथ किसानका प्रिय नेता थिए । वास्वतवमा कांग्रेसले अघि सारेको ‘जसको जोत, उसकै पोत’ नीतिको उनी अभियन्ता नै थिए । सुरुदेखि अन्त्यसम्मै उनी यसमा अडिग रहे ।


किसान र आमसर्वसाधारणप्रतिको समर्पणकै कारण राजनीतिमा लामो समयसम्म लोकप्रिय भइरहे । नेपाली कांग्रेसको अगुवाइमा भएको २०४६ सालको जनआन्दोलनमा उनी एक्सन कमिटीका संयोजक थिए । प्रजातन्त्र प्राप्तिका लागि भएको उक्त आन्दोलन सफल भएपछिको पहिलो संसदीय निर्वाचन २०४८ मा उनले भक्तपुरबाट प्रतिनिधिसभाका लागि टिकट पाए । र, ३३ वर्षपछि पुन: निर्वाचन जित्न सफल भए ।


कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका आचार्य गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा भूमिसुधार तथा व्यवस्थामन्त्री बने । भूमिसुधारबारे निकै अनुभवी यी नेताले पुन: एकचोटी देशभरिका जग्गाको तथ्यांक लिने र हदबन्दीभन्दा बढी जग्गा जमिन लुकाएर राखिएको पाइएमा कारबाही गर्ने दृढसंकल्प गरे । र, त्यसैअनुसार उनले देशभरिका जग्गा जमिनलाई कम्प्युटराइज्ड गर्ने प्रबन्ध मिलाए ।


यसरी प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासित समन्वय गर्दै क्रान्तिकारी भूमिसुधार गर्न तम्सिएका मन्त्रीमाथि भूमाफियाहरूको गिद्देनजर नपर्ने कुरै भएन । भूमाफियाहरूको घेराबन्दीमा परे । र, अन्तमा मन्त्रीबाट राजीनामा गर्न वाध्य भए । प्रधानमन्त्री कोइरालाकै सम्मतिमा राजाका ज्वाइा खड्गविक्रम शाह, पूर्वसचिव विश्वमान श्रेष्ठलगायत केहीलाई गुठीको जग्गामा बदमासी गरेको जााचबुझ आयोगको प्रतिवेदनअनुसार कारबाही चलाउने तयारी भइरहेको थियो । तर त्यसैबेला तिनै श्रेष्ठलाई राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त गर्ने प्रधानमन्त्रीको निर्णय नै जगन्नाथको मन्त्रिपरिषद्बाट राजीनामाको कारण बन्यो ।


प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सरकार गठन भएको ७ महिना पनि नबित्दै हठात् ६ जना वरिष्ठ मन्त्रीलाई हटाइदिएपछि पार्टीभित्र किचलो सुरु भयो । परिणामस्वरूप २०५१ असार २६ गते सरकारले संसद्मा प्रस्तुत गरेको २०५१/५२ को नीति तथा कार्यक्रममाथिको धन्यवाद प्रस्ताव आफ्नै दलका ३६ जना सांसद अनुपस्थित भई असफल पारिदिएपछि प्रधानमन्त्री कोइरालाले संसद् विघटन गरी मध्यावधिमा जाने जोखिम मोले । अनि पार्टीमा ‘छत्तीसे’ र ‘चौहत्तरे’ को जन्म भयो ।


उता सर्वोच्च नेता गणेशमान सिंहले ‘गिरिजा हराऊ’ अभियान थालिसकेका थिए । जगन्नाथ आचार्यहरू जनजागरण अभियानमा होमिइसकेका थिए । कांग्रेसभित्र ठूलो भााडभैलो सुरु भयो । परिणाम, निर्वाचनमा कांग्रेस प्रतिपक्षमा खुम्चिन पुग्यो । आफ्नो बहुमतको सत्ता आफ्नै कारण गुम्यो ।


त्यसपछि नेपाली कांग्रेस छाडेर जनजागरण अभियानमा होमिएका जगन्नाथहरू र गिरिजा पक्षधरबीच वादविवाद र छिनाझपटीमै केही समय बित्यो । गणेशमान सिंहले पार्टी परित्याग गरी पार्टीभन्दा माथि नै बस्ने भन्दै वक्तव्य जारी गरे । त्यसपछि जगन्नाथ आचार्य जनकांग्रेस खोलेर देश दौडाहमा सक्रिय भए ।


यत्तिकैमा ३/४ वर्ष बित्यो । २०५६ को निर्वाचन घोषणा भइसकेको थियो । गिरिजाप्रसाद कोइरालाले जगन्नाथसित भेट्न चाहे । भेट पनि भयो । र, गिरिजाप्रसादले फुटेर जाादा कांग्रेस त त्यसै कमजोर भइहाल्छ सागै प्रजातन्त्र पनि कमजोर हुन्छ । त्यसैले जनकांग्रेसलाई नेपाली कांग्रेसमा विलय गराउन र प्रजातन्त्रलाई बलियो बनाउन आग्रह गरेपछि जगन्नाथहरूको जनकांग्रेस पुन: नेपाली कांग्रेसमै समाहित भई २०५६ सालको निर्वाचनमा होमिएकाले पुन: कांग्रेसले सामान्य बहुमत प्राप्त गरेको थियो ।


नेपाली कांग्रेसमा होमिए पनि गिरिजाप्रसाद नेतृत्वको संस्थापनले जगन्नाथलाई सधैं विद्रोहीकै नजरले हेरेको र त्यसैअनुसारको व्यवहार गरेको उनले आत्मवृत्तान्तमा उल्लेख गरेका छन् ।


राजनीतिको सुरुवातीताका किसान र आम सर्वसाधारणको हकहितका लागि समर्पित जगन्नाथ अन्त्यतिर राजनीतिक अराजकता, मनपरी, भाइ–भतिजावाद र पार्टी शुद्धीकरण अभियानमा सक्रिय रहे । जनताको आशा र भरोसाको केन्द्रविन्दु नेपाली कांग्रेसभित्र मौलाएको विकृतिविरुद्धको आन्दोलनमा सक्रिय रहादारहादै २०६१ वैशाखमा एकजना प्रजातन्त्रवादी, सिद्धान्तनिष्ठ र निष्कलंकित नेताको निधन भयो ।

प्रकाशित : चैत्र १०, २०७४ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?