एक मुर्दाको जिउँदो प्रश्न

कविता
बिना थिङ

काठमाडौँ — उदास थियो आागनउस्तै उदास थिए दुई जोर आाखाहरु

उदास थियो आागन
उस्तै उदास थिए दुई जोर आाखाहरु

आफ्नै मनको तगारो उघारेर जब म ठीक परें बादलसागै उड्न
किन आमा आाखाबाट पोखिनुभयो ?
किन बाले छातीमा लहरे खोकी चलाउनुभयो ?

Yamaha

अस्तिसम्म स्कुलमा घण्टी बजाउादै गरेका पालेदाइ
एकाबिहानै किन आइपुगे गोरेटोमा ?
बिहानै बास्नुपर्ने भाले किन झोक्राइरहेको थियो ?
किन पल्ला घरकी माइली दिदी बार्दलीमा मौनमौन
उभिरहेकी थिइन् ?
बतास यसरी बत्तियो कि मानौं उडाइलानेछ हाम्रो घरको छानो
मानौ दज्र्यु टाागिएको बाास दुई टुक्रामा विभाजित पार्नेछ

त्यस रात तेस्रो प्रहरमा देखिएको सपनामा
म पसेको ठूलो भंगालो
फसेको सिस्नोघारी
घोप्टिएको संविधानको किताब
अनि फड्फडाइरहेको देब्रे आाखाको तादात्म्यता के थियो होला ?

यी सब सबबाट बेखबर म
यहाा आइपुगेको तीन वर्ष तीन महिना तीन दिन तीन घण्टा तीन मिनेट तीन सेकेन्डपछि
यो गुफाभित्र एक फााको बतास पौचो मागेर चलाउादै छु फोक्सो
हिजोबाट शून्य यो चेतनाको घोडा ब्युाझाउादै छु

म छुट्याउने क्रममा छु
बेस्सरी दुखेको घाउ हो कि यो मन ?
कोपरिएको यो शरीर हो कि मेरो विचार ?
बगेको यो रगत हो कि घृणाको भल ?
फाटिएका यी टााग हुन् कि म उभिएको धर्ती ?

म झिनोसाग सम्झिादै छु
—ट्युसन सकेर फर्किंदै गरेको अघिल्लो सााझ
—आफ्नै सहपाठीले थुनिदिएको मेरो स्वर
—बााधिदिएका यी हातहरु
—छोपिदिएका यी आाखाहरु
—घिसार्दै लगेको गोरेटो
र मैले थामेको चार पााच भाग वजन

यतिखेर कोठामा बजिरहेको छ थोत्रो रेडियो
—एक महिनामा आठवटा बलात्कारका घटना भएका छन्
—दुई बलात्कारपछिको हत्या भएको छ
—अपराधीको तीव्र खोजी हुादै छ
—प्लेकार्ड बोकेर महिलाहरु सडकमा उत्रिए (मात्र महिला !)

म मुर्दा लडिरहेछु
र जिउादो सोचिरहेछु
—कहिलेसम्म मिडियामा बजिरहेनेछ बलात्कारका खबरहरु ?
—कहिलेसम्म सामाजिक सञ्जालमा भाइरल भइरहनेछ हाम्रा अर्धनग्न तस्बिरहरु ?
—कहिलेसम्म छापिरहनेछौं यही मुद्दामा ?
घरबाट निस्कने समयमा आमाहरु कहिलेसम्म पोखिनुपर्ने हो ?
अनि कहिलेसम्म बाहरुले छातीमा लहरे खोकी
चलाइरहनुपर्ने हो ?

प्रकाशित : वैशाख ८, २०७५ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

भेडाको नाइके

फिल्म
लामो समयदेखि तकसरा क्षेत्रका जनताहरू भेडाका बथानसँगै आफ्नो सुख, दु:ख बोकी हिँडिरहेका छन् ।
बिना थिङ

सोच्नुस त– भर्खरै तपाईँको मार्गनिर्देशक कहिल्यै नआउने बाटो भएर गएको छ र तपाई आफ्नो गन्तव्यमा पुग्ने नक्साबारे अनविज्ञ हुनुहुन्छ । अब तपाईंको मनोदशा कस्तो होला ? तपाईंको अन्योल, छटपटी, यसले निम्त्याउने जोखिमहरू र बचाउका लागि गर्नुपर्ने संर्घषको मैदान कति भयानक होला ?

आफूसँग जोडिएका तमाम सम्बन्धहरूमा परिजाने भवितव्यको तपाईं सोझो आकलन गर्न सक्नुहुनेछ र त्यो कतिसम्म पीडादायी ? हो, यस्तै मनोदशा, घटनाक्रमलाई विम्बात्मक रूपमा निर्देशक अनिल बुढामगरले उजागर गर्ने प्रयत्न गरेका छन् चलचित्र ‘लोम्बा’ मा । 

गत असारमा तीनदिने आदिवासी जनजाति चलचित्र महोत्वस २०७४ सम्पन्न भयो । महोत्सवमा तामाङ, मगर, राई, गुरुङलगायत अठार भाषामा निर्मित चलचित्र प्रदर्शन गरिए । तीमध्ये चर्चा बटुल्न सफल एउटा फिल्म हो ‘लोम्बा’ । अगस्ट २५ मा अमेरिकाको न्युयोर्कमा हुन गइरहेको ‘नेपाली आदिवासी चलचित्र महोत्सव २०१७’ मा समेत छनोटमा परेको छ यो फिल्म । 
तामाङ भाषामा लोम्बाको अर्थ हुन्छ बोल्न नसक्ने । तर त्यसैको प्रयोग मगर भाषामा भने फरक पाइन्छ । मगर भाषामा लोम्बाको अर्थ हुन्छ नाइके अथवा नेतृत्वकर्ता । घर, परिवार, समाज, राज्यलाई नेतृत्व गर्ने एक परिपक्क नेताको अवसान अथवा पलायनले पक्कै संकट ल्याउँछ । संकट त्यतिबेलासम्म रहन्छ जतिबेलासम्म अर्को त्यस्तै परिपक्क नेतृत्वकर्ता तयार हँुदैन । यस्तै नेतृत्व वर्षौंदेखि रुकुम तकसरा क्षेत्रका हजारौं भेडालाई गरिरहेका छन्, लोम्बा भेडाहरूले । जब तिनै लोम्बाको मृत्यु हुन्छ तब हजारौं भेडाहरू छरपस्ट हुने, दिग्भ्रमित हुने, हराउनेलगायतका संकट बाँकी भेडाहरूमा आउँछ । समस्या यतिमै मात्र सीमित रहँदैन । यही कारण त्यहाँका मानिसहरूमा आउने सामाजिक, मानिसिक, सांस्कृतिक, राजनीतिक, आर्थिकलगायतका संकटहरूको एउटा फेहरिस्त देख्न पाइन्छ ‘लोम्बा’ मा । 
लामो समयदेखि तकसरा क्षेत्रका जनताहरू भेडाका बथानसँगै आफ्नो सुख, दु:ख बोकी हिँडिरहेका छन् । जब ती जनता हजारौं भेडाहरूको चरनको निमित्त माथि लेक छिचोलेर नाम्पो (चरण क्षेत्र) मा पुग्न हतारिन्छन् तब सुरु हुन्छ ‘लोम्बा’ फिल्म । 
फिल्मका मुख्य चरित्र मुखिया (मुख्य गोठालो) आफ्नो लोम्बा भेडा हिउँको सागरमा हराएपछि त्यसको खोजीमा निस्कन्छन् । तर छिटै नै उनको त्यो खोजीको समाप्ति हुन्छ जब उनले लोम्बालाई मरणासन्न अवस्थामा हिउँको जंगलमा भेट्छन् । यही लोम्बाको समाप्तिसँगै फिल्म सुरु हुन्छ । लोम्बा भेडा त्यस्तो नायक हो जसले अरू हजारौं भेडालाई आफ्नो पछिपछि लिएर खर्कसम्म पुग्ने ताकत राख्दछ । 
लोम्बाको मृत्युपछि आधा बाटो पुगिसकेका भेडाहरू तितरबितर हुने अवस्थामा पुग्दछन् । बाटो बीचैमा अर्को लोम्बा तयार गर्नु भनेको सम्भव काम होइन । जबसम्म आफ्नो लोम्बा तयार हुँदैन तबसम्म मुखिया भान्जाको भेडी बथानसँगै आफ्ना भेडाहरू मिसाएर लाने निर्णय गर्दछ । समस्या यहाँ निवारण हुनुपर्ने हो परन्तु मुखिया रूखबाट खसेर भाँचिएको खुट्टासँगै अलपत्र पर्छन् । यस्तोमा मैत्या (गोठालो) को सिफारिसमा मुखियाले सहरबाट आफ्नो छोरो कालेलाई झिकाउँछ । 
यो फिल्मको ‘टर्निङ प्वाइन्ट’ हो । कालेले त्यस्तो पात्रको प्रतिनिधित्व गर्दछ जो समकालीन नेपाली समाजका अभिभावकले महत्त्वाकांक्षी सोच राखेर सयौं दु:ख खेपेर सहरमा पढ्न पठाइएको सन्तान हुन्छ । आफ्नो सन्तानको भविष्य उज्ज्वल बनाउने आसमा भेडी बथानसँगै सूर्योदय र सूर्यास्त हेर्न अभिशप्त ती हजारौं अभिभावकको रहर तुहिएको प्रतीकात्मक पात्र हो काले । 
नाम्पोमा पुगेपछि भने हिउँको जंगलमा न्यानो कपडा उपलब्ध गराउन घरका महिलाहरू गोठमा जाने, ऊन काट्ने, बर्को बुन्ने, रातरातभर जागै रहेर परिवारप्रतिको प्रेमाभाव उजागार गर्ने यो सांस्कृतिक चलनलाई फिल्ममा सजीव ढङ्गबाट प्रस्तुत गरिएको छ । 
काले आइपुगेपछि मुखिया आफ्नो पुख्र्याैली खुकुरी हस्तान्तरण गरेर बेसीं झर्छन् । यहाँ खुकुरी शक्ति र जिम्मेवारीको विम्बात्मक प्रयोग हो । केही दिनलाई कालेकी आमा कालेसँग बस्छिन् तर हलसारा पूजाका लागि आमा पनि बेंसी झर्नुपर्ने हुन्छ । सहरको भीड छिचोल्न अभ्यस्त कालेलाई हिउँको बाटो छिचोल्न कठिन हुन्छ । यसरी अवरोधहरूको सिलसिला उँभो चढिरहन्छ र त्यसको समाधानार्थ गरिने गतिविधिहरूले फिल्मलाई गति दिन्छ । हलसारा पूजाको निम्ति काले पनि आमासँगै बेंसी झर्नु, वीरुमायालाई भगाउनु, वीरुमायाको परिवारले कालेको सगुन नखानु, लेकबाट मैत्या गोठालो भागेको झूटो खबर ल्याइपुर्‍याउनु, काले परिवार छाडेर पुन: लेक उक्लनुले फिल्मको गति बढाएको छ । 
अन्तमा भेडी बथान बेंसी झार्ने समयमा बाटो पहिल्याउन निस्केको काले बाटो बिराएर हिउँको भुमरीमा फस्छ र उसको मृत्यु त्यहीँ हुन्छ । फिल्म वियोगान्त छ यद्यपि निर्देशक तथा स्क्रिप्ट लेखक बुढामगरले फिल्मको अन्त्यमा मुखियाको आँखाबाट लालीगुराँस र सुन्दर फाँटहरूको विम्ब देखाएर अझै जीवन बाँकी छ, आस बाँकी छ, गर्नुपर्ने काम धेरै बाँकी छन् भन्ने सन्देश प्रवाहित गरेका छन् । 
स्थानीय कलाकारहरूले अभिनय गरेको यस फिल्मको परिवेश, दृश्य छायांकनको सवालमा भने निर्देशकले सम्झौता गरेको देखिन्छ । अरू भेडाबाट अर्को लोम्बा निर्माणको संघर्ष अरू जोड्न सकेको भए अझ सशक्त हुन्थ्यो भन्ने लागिरहन्छ । 
नेपाली र अंग्रेजी सबटाइटल राखिएको फिल्मले मगर समुदायको शैक्षिक, सामाजिक, आर्थिक हैसियतप्रति प्रश्नहरूको चाङ थपेर तिनीहरूको सांस्कृतिक पक्षहरूलाई उजागार गरेको छ । जसले मगर पहिचान किनारीकृत हुनुबाट केही हदसम्म जोगाएको छ । यसले मातृभाषा र पहिचानको मर्मविपरीत गएर फिल्म बनाउने होडलाई ‘ब्रेक’ गरेको छ जसले व्यावसायिकभन्दा पनि मानवीय संवेदनाको पक्षमा बढी वकालत गर्दछ । 

प्रकाशित : श्रावण २८, २०७४ १०:१६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT