१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९
कोसेली

Koseli

पारिजात सम्झँदा

कलेज पढ्ने बेलासम्म पनि साहित्यकार भनेको यस धर्तीका प्राणी नभएर अर्कै ग्रहबाट आएका विशिष्ट प्राणी पो हुन् कि जस्तो लाग्थ्यो । पारिजातको नाम सुनेको भए पनि उनका रचनाचाहि बीए तह आइपुग्दा मात्रै पढ्ने साइत जुर्‍यो । उनका बारे अनेक किंवदन्ती सुनिन्थे, सुनाइन्थे । बीएमा ‘मैले नजन्माएको छोरो’ र ‘शिरीषको फूल’ पढेपछि उनका बारेमा उत्सुकता बढेर आयो र, कृति खोजी गर्दै जाँदा ‘आदिम देश’ भेटियो ।

पारिजात सम्झँदा

मयूर–लीला !

पुरानो चलनमा ‘मयूरको भाले लाग्दैन’ भन्ने मान्यता छ । मयूर लजालु हुने भएकाले लुकेर भाले लाग्ने गर्छ भनिन्छ । भाले लागेको दृश्य कमै देखिन्छ । चितवनको सौराहामा नेचर गाइडको रुपमा काम गरेको १० वर्षको अवधिमा मैले पहिलो पटक यस्तो दृश्य देख्न पाएँ ।

मयूर–लीला !

समुद्रमुनि हिँड्ने जाति

हामी मानव जाति लाखौं वर्षको विकास क्रमका उपज हौं । वैज्ञानिकहरू मानव विकास क्रमबारे अझै पनि विभिन्न शोध/अनुसन्धान गर्दै छन् । उनीहरूले हाम्रो ‘जिन’ को अध्ययनबाट केही हजार वर्षयता पनि हाम्रो विकासक्रममा परिवर्तन आएको तथ्य प्रमाणित गरेका छन् । यस अर्थमा विकासक्रम रोकिएको छैन ।

समुद्रमुनि हिँड्ने जाति

उड्स, प्रतिमा अनि नेपाली गल्फ

नेपाल नम्बर १ महिला गल्फर प्रतिमा शेर्पा आफ्नो वृत्तचित्रको प्रिमियरमा यसै साता अमेरिका भ्रमणमा पुग्दा पूर्व विश्व नम्बर १ टाइगर उड्ससँग प्रशिक्षण गर्ने अवसर पाइन् । सन् २००० को दशकमा गल्फमा एकछत्र राज जमाएका उड्स गल्फका सर्वकालीन महान्को सूचीमा पर्छन् । करियरमा १४ पटक मेजर उपाधि जितेका ४२ वर्षीय उड्सले प्रोफेसनल टर्न भएको दोस्रो वर्षमै पहिलो मेजर उपाधि हात पारेका थिए । २० वर्षको उमेरमा प्रोफेसनल बनेका उड्सलाई सानो उमेरदेखि नै गल्फका भविष्यको रूपमा हेरिएको थियो ।

उड्स, प्रतिमा अनि नेपाली गल्फ

सिटी फुटबल

फ्रान्क लाम्पार्डले ३ इंग्लिस प्रिमियर लिग, ४ एफए कप, २ लिग कप, १–१ च्याम्पियन्स लिग र युरोपा लिगको उपाधिका साथ चेल्सीसँगको १३ वर्षे खेल जीवन टुंगाएका थिए । युरोपको स्टार खेलाडी आफ्नो उत्तराद्र्धमा केही अमेरिका लाग्छन् र त्यही गएर आफ्नो खेल जीवनको अन्तिम खेल खेल्छन् ।

सिटी फुटबल

९ भाषामा लुम्बिनी

बुद्धस्थलका अध्येता तथा पुरातत्त्वविद् वसन्त बिडारीले लेखेको ‘लुम्बिनीको मौन आह्वान’ एकै पटक नौवटा भाषामा अनूदित भएर आएको छ । नौ भाषामा एउटै विषयवस्तु समावेश गरेर बिडारीले प्रकाशित गरेको कृति नेपाली, अंग्रेजी, थाई, चाइनिज, बर्मिज, जापानी, सिंहला (श्रीलंकाली), हिन्दी र नेवारीमा एकैसाथ आएको छ ।

९ भाषामा लुम्बिनी

त्रिपिटक पढ्न सजिलो

बुद्धले प्रवर्तित गरेको धर्म तथा स्थापना गरेको संघको प्रमाणित जानकारी दिने एक मात्र भाषा हो, पालि । त्यसैले पालि भाषा र त्यसका साहित्य कुनै पनि दृष्टिकोणले महत्त्वपूर्ण छ । सिद्धार्थ गौतमले २९ वर्षका गृहस्थी त्यागे, त्यसको छ वर्षपछि बुद्धत्व प्राप्त गरे । उनको महापरिनिर्वाण ८० वर्षको आयुमा भएको थियो । त्यो अर्थमा बुद्धले ४५ वर्षसम्म बुद्धले जे जति गरे, जो कोहीलाई जे सुनाए, त्यो सबै त्रिपिटकका रूपमा सुरक्षित छ ।

त्रिपिटक पढ्न सजिलो

अन्यायको पराकाष्ठा

साहित्यिक पत्रकार कमल रिजालको तेस्रो औपन्यासिक कृति हो– दृष्टिभ्रम । विशुद्ध सामाजिक पृष्ठभूमिमा लेखिएको यो उपन्यासले सामाजिक विसंगति र विकृति खोतल्ने प्रयत्न गरेको छ ।

अन्यायको पराकाष्ठा

‘सिर्जनामा महिला–पुरुष विभेदको अर्थ छैन’

नेपाली साहित्यमा हरदम सक्रिय रहिरहने एक ओजपूर्ण लेखकको नाम हो— शारदा शर्मा । शर्माका ‘सीमान्त अनुभूति’, ‘युद्धोपरान्त’ र ‘स्वर्णसूत्र’ कवितासंग्रह तथा ‘अग्निस्पर्श’, ‘आस्थाको भग्नावशेष’ कथासंग्रह प्रकाशित छन् ।

‘सिर्जनामा महिला–पुरुष विभेदको अर्थ छैन’

मुरली बाजेहरू

तिरिरि..मुरली बज्यो वनैमा...मुरलीको धुनले मन नलोभ्याउने सायदै होलान् । तर पछिल्लो समय आधुनिक वाद्ययन्त्रले मुरलीलाई विस्थापित गर्ने चिन्ता बढेको छ । तसर्थ मुरली बचाउन आफ्नो कला मार्फत सर्वसाधारणको ध्यान तान्दै आएका छन् दुई प्रतिभा ।

मुरली बाजेहरू

स्रष्टालाई सिर्जना घर

रमाइलो हरियाली दृश्य । जंगलभित्रबाट निस्किएको ताजा हावाले मन र मस्तिष्क दुवैलाई फुरुङ्ङ पारिदिन्छ । यस्तोमा सिर्जना कोर्दाको आनन्द बेग्लै हुन्छ । स्रष्टालाई लक्षित गरेर गोदावरीमा ‘द वृत्त’ अर्थात् ‘सिर्जना घर’ होमस्टे सञ्चालनमा ल्याएका छन् । यहाँ स्रष्टाले शान्तसँग बसेर स्रष्टाले सिर्जना साधना गर्न सक्छन् ।

स्रष्टालाई सिर्जना घर

वैशाखमा गुफापोखरी

संखुवासभा जिल्लामा पर्ने गुफा पोखरी भनिने ठाउँ गाडीको यात्रा गरेर धरानबाट वसन्तपुर हुँदै गुफा पुग्न ७/८ घण्टा लाग्छ । २८ सय ९० मिटरमा अवस्थित सानो मानव बस्ती रहेको गुफा बजारमा बाहिरबाट आउने पाहुनाहरूका लागि खान बस्नको सुविधा छ ।

वैशाखमा गुफापोखरी

ठुमरीकी रानी : नेपालले चिनेन

नेपाली गीत–सङ्गीत क्षेत्रमा सुनाम ख्याति कमाउने गायिका मेलवादेवी कतिपय अर्थमा यथार्थभन्दा बढी ‘मिथ’ झैं पनि लाग्ने गरेको छ । ओखलढुङ्गा, रुम्जाटारवासी लामिछाने गुरुङ समुदायका ज्ञानबहादुर र सप्तदेवी गुरुङकी जेठी छोरीका रूपमा गायिका मेलवादेवीको जन्म भएको थियो— संवत १९५९ सालमा ।

ठुमरीकी रानी : नेपालले चिनेन

भूगोलको सीमाबाहिर

राम्रो काम भयो, भाइ’ मोहन कोइराला आए खैरो सफारी सुट लगाएर– सधैंझैं मन्दमन्द मुस्कुराउँदै ।‘ए भाइ, काम त भएछ । नेवारी भाषालाई अन्तर्राष्ट्रियकरण गरेकोमा धन्यवाद ।’ गहन, धोद्रो स्वरमा नीलो बुसर्ट लगाएका धुस्वाँ सायमीले टिप्पणी गरे मसँग ।

भूगोलको सीमाबाहिर

विभूति कसलाई मान्ने ?

इतिहासमा चन्द्रशमशेरले एउटा संवादमा भनेका छन्, “भीमसेन थापाले एउटा चुक (गल्ती सुगौली सन्धि) गरिदिएकाले अहिले सय वर्षपछिसम्म पनि हामीले सच्याउन सकेका छैनौं ।” हो पनि । अहिले दुई सय वर्ष पछिसम्म पनि उक्त सन्धि सच्याएर पञ्चशील आधारमा नयाँ प्रबन्ध गर्न सकिएको छैन । बात मार्नचाहिँ खाँचो छैन, चलिरहेकै छ ।

विभूति कसलाई मान्ने ?

‘मधेसले हेर्ने नेपाली चलचित्र कहाँ बनेको छ ?’

फरक दृष्टिको कथावस्तुमा भिन्न निर्देशकीय क्षमताका कारण ‘झोला’ चलचित्रबाट चिनिएका यादव भट्टराई यो साता फेरि चर्चामा छन् । मधेस मामला, महिलामाथिको अत्याचार र दाइजो प्रथामा भट्टराईले बनाएको चलचित्र ‘भोर’ वैशाख तेस्रो साताबाट प्रदर्शनमा आउँदै छ ।

‘मधेसले हेर्ने नेपाली चलचित्र कहाँ बनेको छ ?’