कोसेली

Koseli

को थिए लिगलिग कोटका घलेहरू ?

लर्सघाको घले राज्य जैन खानले कब्जा गर्नुअघिसम्म लर्सघादेखि साम्रीँसम्म राज्य गर्थे घलेहरू । लिगलिगकोट चाहि घटनाक्रमहरूले आधुनिक नेपालको जगको रूपमा देखिए पनि लिगलिगका घलेहरू को थिए भन्नेबारे सामान्य विमर्श पनि भएको पाइन्न ।

को थिए लिगलिग कोटका घलेहरू ?

फुटबलले गुमाएको मणि

फुटबलमा झगडाका अनौठा किस्साहरू धेरै सुनिन्छन् । एउटा यस्तै घटना हो, ठमेल–११ र थ्री–स्टारका खेलाडी–समर्थकबीच दशरथ रंगशालामा भएको झगडा । यो ०३८ सालअगाडिको घटना हो, अनि अवसर सहिद स्मारक लिग । दशरथ रंगशालाको मैदान युद्धभूमिमा परिवर्तन भएको थियो । त्यति बेलाको त्यो खेल र झगडा हेर्नेहरू अझै भेटिन्छन् । समस्या के छ भने झगडाको कारणलाई लिएर ठमेल समर्थक एकथरी सुनाउँछन् भने थ्री–स्टारका शुभेच्छुक अर्कोथरी । 

फुटबलले गुमाएको मणि

कुमार–गाथा

आज भन्दा ११ वर्ष अगाडि जेठ ५ गतेकै दिन शिक्षक कुमार राईले न्यू डायमन्ड एकेडेमीमा छात्राहरूलाई पहिलो पटक प्रशिक्षण दिएका थिए । आजको दिनसम्म आइपुग्दा न्यू डायमन्डको छात्रा टोलीले नेपाली महिला भलिबल जगत्मा पृथक् पहिचान बनाइसकेको छ । दुई दशक शिक्षण पेसामै बिताएका कुमारले यहाँसम्मको यात्रा तय गर्दा अनेक आरोह–अवरोहको सामना गरे तर उनले कहिल्यै पछि हटेनन् । नतिजा, न्यू डायमन्ड अहिले नेपाली भलिबलको उत्कृष्टमध्येको टोलीमा गनिन्छ ।

कुमार–गाथा

‘हो, म जीवितै छु’

लेसियाका प्रधानमन्त्री महाथिर मोहमद जुलाई महिनादेखि ९२ पूरा भई ९३ वर्ष लाग्नेछन् । त्यसैले त दुनियाँले उनलाई कुनै एक देशको प्रधानमन्त्री मात्र नभई विश्वकै सबैभन्दा पाका निर्वाचित नेताको रूपमा चिन्न थालेको छ ।

‘हो, म जीवितै छु’

आग्रह–पूर्वाग्रह पर्तिर

सबै मान्छेको आआफ्नो समय हुन्छ । समयसँग मान्छेको जीवन अभिन्न रूपमा गाँसिएको हुन्छ । समयको गति समान ढंगले बगेको हुन्छ, तर त्यही समय कसैका लागि अनुकूल र कसैका लागि प्रतिकूल भइदिन्छ । अनुकूल समयको मान्छेले खास याद गर्दैन, जब प्रतिकूल समय हुन्छ, मान्छे रन्थनिन्छ, सामना गर्छ ।

आग्रह–पूर्वाग्रह पर्तिर

भ्रष्टाचारको भाष्य र इमानजमानको खोजी

भ्रष्टाचार नेपालजस्ता गरिब मुलुकहरूको मात्र दु:ख हो ? भ्रष्टाचारको भाष्यलाई कसले परिभाषित गरिरहेको छ ? भ्रष्टाचारमुक्त दुनियाँ सम्भव छ ? कस्ता ऐतिहासिक, सामाजिक, आर्थिक र राजनीतिक वा नैतिक कारणले भ्रष्टाचार उमार्छन् र हुर्काउँछन् ? मानवीय मूल्य र इमानजमान भन्ने जिनिस के हो ? भ्रष्टाचारको उपचार के हुन सक्छ ?

भ्रष्टाचारको भाष्य र इमानजमानको खोजी

रेल रहर

भारतको जयनगरदेखि नेपालको कुर्थासम्म निर्माणाधीन अवस्थामा रहेको ब्रोडगेज रेल्वे ट्रयाकसँगै धनुषाको खौजरी स्टेसनमा देवी देवताको नामबाट नामकरण गरिएको सीता, राम, गुह्येश्वरी, चन्द्र, सूर्य, महावीर, गोरखनाथ रेल्वेका पुराना इन्जिन अलपत्र छ ।

रेल रहर

गल्ती नसच्च्याउनु अर्को गल्ती

नेपाली कवितामा १९९१ देखि थालिएर क्रमश: विस्तारित आधुनिकताको विकासमा थुप्रै कविहरूको उल्लेख्य योगदान छ । यसरी योगदान पुर्‍याउने कविहरूमा गोपालप्रसाद रिमाल पनि हुन् । १९९२ मार्ग–पौष महिनाको ‘शारदा’ पत्रिकामा प्रकाशित ‘प्रति’ शीर्षक कविताका माध्यमबाट आफ्नो कवितायात्राको प्रारम्भ गर्ने रिमाल नेपाली कवितामा आधुनिक कालको थालनीकर्तामध्येका एक हुन् ।

गल्ती नसच्च्याउनु अर्को गल्ती

‘फेसबुक छाड्न खोजें तर सकिनँ’

जब म कलेजमा पढ्थें तब मेरो मिल्ने साथी र मबीच ठूलो फाटो आयो । यो फेसबुकको कारणले थियो । ‘एलिसोनको इन्गेजमेन्ट भएजस्तो छ,’ हामी दुवैको एक साथीले मलाई म्यासेज गरे । ‘मैले फेसबुकमा देखेको जस्तो लाग्छ,’ उनले लेखेका थिए ।

‘फेसबुक छाड्न खोजें तर सकिनँ’

रोहिंगा रोदन

नयाँदिल्लीको चकाचौँधभन्दा केही पर रहेको कालिन्दीकुञ्चको एउटा सानो चउरमा रहेको ‘रोहिंगा शरणार्थी’ को अस्थायी शिविरमा भेटिए— चालीसवर्षे अब्दुल करिम । उनले म्यानमार छाडेको ९ वर्ष पुगिसक्यो । पछिल्ला वर्षमा आफ्नै माटोमा टेकिसक्नु भएन, बसिसक्नु भएन । हुनलाई केही बाँकी रहेन । त्यसैले रोहिंगा पहिचानमा भारतमा बस्नुको विकल्प पनि रहेन, यसरी जीवनमा अर्को युद्ध लडिरहेका रहेछन् अब्दुल ।

रोहिंगा रोदन

डन्डीबियोमै खुम्चिएको डमरु

कथा वाचनलाई रोचक बनाउनका लागि अपनाइने केवल एउटा रूप हो, जानरा । ‘डमरुको डन्डीबियो’ लाई लेखक खगेन्द्र लामिछानेले बाबु र छोराबीचको कथालाई स्पोर्ट्स ड्रामा जानरामा रहेर वाचन गर्ने जमर्को गरेका छन् । त्यसका लागि लामिछानेले देशको मौलिक र लोपोन्मुख खेल डन्डीबियोको सहारा लिएका छन् ।

डन्डीबियोमै खुम्चिएको डमरु