कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

कोकाकोलाले जब भारी मतले चुनाव जित्यो

कविता
सङ्गीत श्रोता

काठमाडौँ — त्यो त्यही दिन थियो
जुन दिन
कोकाकोलाले भारी मतले चुनाव जितेको थियो...

कोकाकोलाले जब भारी मतले चुनाव जित्यो

त्यो त्यही दिन थियो
जुन दिन
कोकाकोलाले भारी मतले चुनाव जितेको थियो...

मधेस फााटमा
गन्नाघारीको घाँटी सुक्खा थियो, प्याक–प्याक
ऊ एकाएक दौडेर चौराहामा पुग्यो
र, देब्रे दिशातिर हेर्‍यो...

पहाडी भीरको अग्लो छहरो
असिनपसिन हुँदै तिर्खाइरहेको थियो
ऊ पनि हतारहतार निस्क्यो, चौतारामा
र, देब्रे दिशातिर हेर्‍यो...

हिमालको ओठ
कलेटी परेर फुट्दो थियो, पट–पट
ऊ पनि थरथर काँप्दै ओल्र्यो बेंसीतिर
र, देब्रे दिशातिरै हेर्‍यो...

के थियो देब्रे दिशातिर ?
देब्रे दिशातिर थियो
रेल चढेर आइरहेको ‘समृद्धि–सुपर–लोकतन्त्र’
ढाकिएको फूलमाला र अबिरले सर्लक्कै
अनि स्वागतमा चोकचोकमा निस्किरहेको थियो
रक्तिम बोतलहरुको विजय जुलुस
मोटे र पुन्टे बोतल
होचे र अग्ले बोतल
मैचा र बाउचा बोतल
थसुल्ली र दुब्ली बोतल
स्लिम र सेक्सी
अनि ब्युटी र क्युटी बोतल...

देब्रे दिशाबाट आइरहेका
थरीथरी रक्तिम बोतल
जसले घन्काइरहेका थिए गगनभेदी नारा–
‘लाल बोतल जिन्दावाद !
जिन्दावाद !! जिन्दावाद !!
लाल जङ्गल, लाल खोला !!
आयो, आयो कोकाकोला !!

यो त्यही दिन थियो
जुन दिन
कोकाकोलाले भारी मतले चुनाव जितेको थियो...

प्रकाशित : जेष्ठ ५, २०७५ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?