कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

डमी बजारविरूद्ध

कविता
शकुन्तला जोशी

काठमाडौँ — आइपुग्नुअघि यहाासम्म
लखेटिंदै धर्मलिंगहरुबाट
धरती बनाइएकी हुा जबरजस्त

डमी बजारविरूद्ध

आइपुग्नुअघि यहाासम्म
लखेटिंदै धर्मलिंगहरुबाट
धरती बनाइएकी हुा जबरजस्त
खोसेर मेरो अनुहार
मुखौटा बनाइएकी हुा जबरजस्त ।

हजारौं वर्षदेखि
आध्यारा मन्दिरहरुमा
चिसा शयनकक्षहरुमा
धूवाँ गुम्सिएको भान्सा घरहरुमा
कमाठीपुराका कोठीहरुमा
यसरी म थुनिएकी थिएा
मसागै बन्धक बनाइए मेरा चेतना
मेरा हजारौं बोजूहरुको आयु कुल्चिएर
चिरञ्जीवी बााच्दै आए तिनीहरु
र भनिरहेछन् संसद्को रोस्टममा उभिएर
‘डमी खोपडीमा चेतनाको अर्थ छैन’

म आकाश हुा
स्वतन्त्र बगिजाने नदी हुा
मलाई मान्य छैन
मेरो प्वााख उखेलेर श्रीपेच बनाएको
मेरै छाला काडेर मैविरूद्ध ढाल बनाएको
मेरो चुल्ठो काटेर
तिनको शिरमा चमर हल्लाएको
यो मध्यरातको शून्य समय –
मेरो दिमागबाट बगेको छ हजार भोल्टको करेन्ट
कति भद्दा मजाक !
मेरै गर्भाशयमा बसेर
मेरै योनीबाट जन्मेका तिनीहरु
मलाई नै हजार पाप योनीको
अपराधी करार गर्दै छन् ।

सिङ्गै पृथ्वीले किचिएजस्तो
थिचिंदा थिचिंदा हजार वर्ष तिनका पाइतालाले
पड्किएपछि मेरो गर्भाशय
बिथोलियो तिनको वीर्यको साम्राज्य
घोर अनिष्ट !
मन्दिरभित्रै महाकालीलाई रजस्वला भयो
डुब्न थाले पवित्र धर्मशास्त्रहरु
खल्बलिने गरी आफ्नै सत्ताको सातो
चिच्याए धर्माधिकारीहरु
ए ! किन उल्टो घुमिरहेछ पृथ्वी ?
कोही त रोक समयको यो दुष्चक्रलाई

मन्दिरको ढोकामै भगवान्लाई उल्टो
झुन्ड्याएर
मुखियाको आलो वीर्य लतपतिएको
पेटिकोट च्यात्दै म
जब उभिएा लोकसभामा
बहुलाही भनियो
बनाइएा बोक्सी र वेश्या
लखेटिएा अस्तित्वको नाङ्गो बाटो
मरूभूमि र हिउाका अनकन्टार यात्रा छिचोल्दै
भागें, भागिरहें ।

तर गोल रहेछ पृथ्वी
लखेटिंदै फेरि बन्दी बनाइएा म
अचम्म ! ती उही थिए
मात्र फेरिएको थियो तिनको जिब्रो
उही थिए आाखा
मात्र फेरिएको थियो लय
सुम्सुम्याए घिनैलाग्दो मलाई
नुहाइदिए बाथटबमा
अत्याधुनिक सााचोमा हालेर
छााटकााट गरिदिए मेरो ओठ, वक्ष र नितम्ब
र्‍याम्पमा उभ्याउनुअघि
झिकेर खोपडीबाट
बिक्रीमा राखेका हुन् मेरो मस्तिष्क

उत्तेजित औंलाहरुले भर्खरै छोएर आएको हुनुपर्छ तपाईंले !
सुपरमार्केटको काँचको पर्दापछाडि
जबरजस्त मुस्कुराउँदै
उभिएको छ– डमी अर्थात् ‘स्ट्याचु अफ लिबर्टी’
एक दिन बजार हल्ला गर्छ
बिक्री कक्षबाट चोरियो मेरो मस्तिष्क
बहुराष्ट्रिय सेयर बजार यस्तरी चिच्यायो
कि म ब्युझिएँ फेरि सर्वाङ्ग लुछिएको डमीबाट
बल्ल बुझें किन भन्नुहुन्थ्यो हजुरआमा–
नबोल् धेरै– आइमाईको गिदी चलेको राम्रो हुँदैन
किन भन्नुहुन्थ्यो आमा–
नहाँस खित्खिताएर– यसरी हाँसेको राम्रो मानिदैन

समयको गति
‘एलिजाबेथ क्लक टावर’ मा
टक्क रोकिएको बेला
युगौंदेखि लाजले झुकिदिनुपर्ने
डर र संकोचले खुम्चिदिनुपर्ने
बर्को र बुर्काले छोपिएको शिर
भयानक गर्जनसहित उठाएँ मैले

यतिबेला विद्रोहको लाभाले नुहाएर
म फर्किएको छु फेरि आदिम स्वरुपमा
रित्तो खोपडीमा रोपेको छु मस्तिष्क
विद्रोहको त्यही शौर्य लिएर
म फर्किएको छु मूलबाटोमा
अनेकानेक जाल र धराप छिचोल्दै
अब ब्युाताउनु छ विश्वभरका डमीहरुलाई

प्रिय पुरूष !
तिमीले दिएको रातो गुलाफ थापेर
मुस्कुराउादै शिर झुकाउने
बिल्कुल फुर्सद छैन मसँग यतिबेला
म निस्किएको छु
भर्खरै नाल काटिएकी छोरीलाई छातीमा च्यापेर
उसको स्वतन्त्रताको नयाा लडाइँमा ।

प्रकाशित : जेष्ठ ५, २०७५ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?