कोसेली
असार ९, २०७५

फिल्म : लोकतान्त्रीकरण कि चीरहरण ?

फिल्म हेर्ने तरिका र अनुभूतिमा पछिल्ला वर्षहरूमा ठूलो परिवर्तन आएको छ । केही दशकअघिसम्म फिल्म हेर्नु एउटा उत्सवजस्तै मानिन्थ्यो । तर, जब टेलिभिजनको व्यापकता बढ्यो, फिल्म हेर्ने अनुभवमा यसले नयाँ आयाम ल्यायो । जब भीसीआर र डीभीडी प्लेयर आए, त्यसपछि त फिल्म पनि बैठक कोठामै हाजिर हुन थाल्यो । जब स्मार्टफोनले बजार पिट्यो, फिल्म परिवारबाट व्यक्तिमा खुम्चियो । प्रश्न यहींबाट सुरु भयो— स्मार्ट फोनले फिल्मको लोकतान्त्रीकरण गर्‍यो कि चीरहरण ?

को सक्कली, के नक्कली

फिल्म रिलिज नै भएको थिएन, ट्रेलरकै भरमा ‘कोहलपुर एक्सप्रेस’ लाई चोरीको बात लाग्यो । नभन्दै हो रहेछ । सन् २००५ मा प्रदर्शित तामिल फिल्म ‘मुम्बई एक्सप्रेस’ सँग कथा, पात्र र कथावाचन हुबहु मिल्छ । सिर्फ केही पात्र र सम्बन्ध यता–उता पारिएको छ । विशाल भण्डारी निर्देशित यस फिल्मको पटकथाकारमा शान बस्न्यातको नाम उल्लेख छ । निर्मात्री हुन्— ‘ब्युटी विद ब्रेन’ मानिएकी केकी अधिकारी ।

न्यारेटिभ इरेजर

आवाजहरूको इन्द्रेणीमा एउटा रंग मौनको पनि हुन्छ । जिन्दगीको न्यारेटिभमा केही कुरा यसरी ठोक्किन आइपुग्छन्, जसरी आकाशको कालो सतहमा फनफनी घुमिरहेको जहाजले अचानक बाटो बिराउँछ । सलिभन स्टेसनको आकाशमा ५ बजेर ५५ मिनेट जाँदा देखिएको जहाजले मलाई झसक्क पारेको थियो ।

आँखामा अमेरिका

नेपाली साहित्यमा कवि चिनारी बनाइसकेका पूर्वन्यायाधीश कृष्णप्रसाद बस्यालको अमेरिका यात्राको संस्मरण र अनुभूतिसंग्रह हो— आँखामा अमेरिका मनमा नेपाल । समालोचक प्राध्यापक गोपीकृष्ण शर्माका भाषामा ‘बस्यालको अमेरिका यात्रालाई चिरस्थायी बनाउने गहकिलो संस्मरण कृतिसमेत हो यो ।’

फर्सीडोल रिभिजिटेड

मुलुककै बहुचर्तित योजना हो— फास्ट ट्रयाक । यसको काठमाडौं प्रवेशविन्दु फर्सीडोल, डडीफाँटमा राख्ने चर्चामा आएपछि यो ठाउँको नामले ख्याति पाएको छ—ख्यालख्यालमै । प्रवेशविन्दु सानो खोकनामा राख्ने विषयमा लामो समय विवाद चलिरह्यो । स्थानीयवासी, सांसद र सम्पदाप्रेमीले खोकना प्रवेशविन्दुमा चर्को विरोध जनाएपछि ५ किलोमिटर टाढाको फर्सीडोललाई रोजिएको छ । यो रोजाइपछि फर्सीडोल र डडीफाँटबारे धेरैको चासो बढेको छ ।

ADVERTISEMENT

एटलान्टिकका भँगालाहरू

किसनसिंह धामीलिखित ‘एटलान्टिकका भँगालाहरू’ लामा कविताहरूको सँगालो हो । तारा किसन फाउन्डेसनले प्रकाशनमा ल्याएको यो काव्यमा कवि धामीले डायस्पोरिक चेतनाको छनक दिएका छन् ।

चराको गीत

नेपाली कविता फाँटमा समसामयिक कविता धाराको उत्तरवर्ती चरणमा उदाएका कवि हुन्— कृसु क्षेत्री । नेपाल प्रज्ञा प्रतिष्ठानबाट चराको गीत शीर्षक कविताका लागि विसं २०५७ मा प्रथम पुरस्कार थापेका कृसुले पछिल्लो काव्यकृतिको नाम चराको गीत जुराएको छन् जुन अत्यन्त सान्दर्भिक र समसामयिक लाग्छ ।

ज्ञानगुन शेषराज

नेपाली भाषा–संस्कृतिका स्वनामधन्य साधक र सेवकको नाम हो— शेषराज शिवाकोटी । नेपाली संस्कृतिका अनेकौं सयौं प्रेरणादायी अग्रज व्यक्तित्वको सम्मान र सम्झनामा एक्लै अहोरात्र खटिरहने कोही छ भने भनिदिए हुन्छ— शेषराज शिवाकोटी अर्थात ‘ज्ञान गुनका कुरा’ । ज्ञानगुनका कुरा, ज्ञानगुन कानुन प्रतिष्ठान वा ज्ञान गुन साहित्य प्रतिष्ठानका यी विविध मञ्च मार्फत ३ दशक लामो यात्रामा सयौं अनुष्ठान सम्पन्न भइसकेका छन् । यी सयौं अनुष्ठानका एक्लो सारथि हुन्— शेषराज ।

लन्डनमा खास्साम र मुन्धुम

संगीत–संस्कृति पहिल्याउने हो भने संगीतको प्रयोग हुने परिवेश उतार्ने खालका वृत्तचित्रको खाँचो पर्छ । संगीतबारेका सिनेमाको आवश्यकता पर्छ । श्रव्यदृश्य क्षेत्रमा यति काम गरेपछि यसलाई संग्रह गर्ने अर्काइभ सेन्टर पनि चाहिने भयो । संगीत मात्रै नभई संगीत बनाउने मान्छे र यसको सामाजिक आधार (प्रवृत्ति) माथि अध्ययन गरेपछि बल्ल यसले पूर्णता पाउनेछ ।

आरती उज्यालो

विराटनगरका जयस बोहोरा जनकपुरको गंगासागरमा आयोजना हुने गंगा आरतीमा सहभागी हुन पुगे । उनले आरतीबारे सुनेका थिए तर प्रत्यक्ष भने देखेका थिएनन् । कामको व्यस्तता र तनावबीच गंगा आरतीमा सहभागी भएका उनी आरती सकेर निस्कँदा आफ्नो छोटोमीठो अनुभव सुनाउँदै थिए, ‘वास्तवमा निकै आनन्द र मन हलुका भयो ।’

ADVERTISEMENT

चरा राजधानीका पाहुना

सुनसरी जिल्लाको आकर्षण रहिआएको कोसीटप्पु वन्यजन्तु आरक्ष पश्चिममा सप्तरी र उत्तरमा उदयपुर जिल्लासँग जोडिएको छ । कोसी नदीको किनारमा अवस्थित यो आरक्ष करिब १ सय ७५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । अर्नाका लागि प्रख्यात मानिए पनि कोसीटप्पुलाई ‘चराको राजधानी’ भनेर चिनिन्छ ।

सहरको मृत्यु सन्त्रास

द आइडिया अफ जस्टिस’ मा विख्यात अर्थशास्त्री अमत्र्य सेनले ५ मे १७८९ मा राजनीतिक–दर्शनशास्त्री एडमन्ड बुर्केको फ्रेन्च क्रान्तिबारे बेलायतमा गरेको एउटा टिप्पणी उद्धृत गरेका छन्— ‘एउटा घटना भइसक्यो, यसबारेमा बोल्न पनि कठिन छ र चुप लागिरहन पनि सम्भव छैन ।’

मुसायराका नायक

एक समय थियो, नेपाल–भारत सीमावर्ती सहरहरूमा मुसायराको खुबै चल्ती थियो । छर्लङ्गै रात काट्ने गरी सायरहरू महेफिल जमाउँथे । नेपालगन्जका मोहम्मद अमिन खयाली ती चर्चित सायर थिए, जो नहुँदा मुसायराहरू खल्लो–खल्लो लाग्थे । मन्द मुस्कानसहित जब उनले माइक समाउँथे, महेफिल त्यसै ‘वाह’ हुन्थ्यो । मुसायराका ती नायक अब रहेनन् ।

दस हजार बुद्ध, आँसु र अनुराग

बुद्ध दर्शनका दृष्टिमा मूर्तिपूजा सनातनी रूढि हो । र, अन्धमति कर्मकाण्ड हो यो । आत्मिक जागरण र प्रबोधनको सुन्दर माध्यम यो किमार्थ होइन । हो त यो केवल मनोवैज्ञानिक लम्पटपना र आत्मिक दासताको कुरूप माध्यम । कटु अनुभव भन्छ– कालान्तरमा सबै दर्शनको नियति यही हो । मूर्तिमा पतित गराइनु, पुजिनु र तुच्छ स्वार्थका लागि बेचिनु !

ADVERTISEMENT

‘मेरो अब सुत्ने बेला भयो...’

‘डा. उपेन्द्र देवकोटाले स्क्र्याचबाट सुरु गरेर न्युरो सर्जरीको अम्पायर नै खडा गर्नुभयो । उहाँको त्यो योगदानका कारण धेरै नेपालीले नेपालमा नै गुणस्तरीय उपचार पाउने वातावरण बनेको छ । उनले यो प्राप्तिका लागि निकै लड्नुपर्‍यो । हामीले त्यसको सम्मान गर्नुपर्छ ।’ –डा.गोविन्द केसी

असार १५ पर्खन्थे डा.देवकोटा

क्यान्सर पनि यस्तो दुर्लभ प्रकारको क्यान्सर पर्‍यो कि नाम सुन्नेबित्तिकै मृत्युबाहेक अरू केही सोच्नै सकिंदैन । ‘कोल्यान्जियो कार्सिनोमा’ अर्थात् पित्तथैलीबाट आन्द्रातर्फ पित्त लैजाने नलीको क्यान्सर । यो क्यान्सर किन र कसरी हुन्छ भनेर विस्तारमा लेख्नु यो लेखको दायराभन्दा बाहिर पर्न जान्छ । तर यतिचाहिँ पक्कै भन्नुपर्ने हुन्छ कि डा. उपेन्द्रलाई जस्तो लागेको क्यान्सर म आफैंले चिनेजानेका अरू दुई जनालाई भएको थियो । ती दुवै बाँचेनन् ।