कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

राष्ट्रियता

कविता

काठमाडौँ — राष्ट्रिय झन्डा—
झोलाको एउटा कुनामा श्रद्धाले पट्याएर हालेपछि
ब्रिफकेसभरि रेमिट्यान्स टिप्न

राष्ट्रियता

राष्ट्रिय झन्डा—
झोलाको एउटा कुनामा श्रद्धाले पट्याएर हालेपछि
ब्रिफकेसभरि रेमिट्यान्स टिप्न
एयरपोर्टबाट रहरमा चढेर उडेको नवयुवक
तीन महिना नपुग्दै
देशको खुट्टानेर
कस्तरी टुप्लुक्क आइपुगेको छ ।

कि यो देश—
बाबुको विशाल छाती र
आफ्नै आमाको सुरक्षित काख हो भने
असिना र पानीको आपत छेल्ने चराहरूको गुँड पनि हो भने
आफ्नो अघिल्तिर—
यस्तरी
बाकसभित्र सिलप्याक भएर आएको
कलकलाउँदो छोराको शवसाग
यो देशले—
अब, कसरी राष्ट्रियता माग्छ होला ?

-राज माङलाक

(कवि माङलाकको कवितासंग्रह ‘लिम्बुनी गाउा’ बाट)

प्रकाशित : असार ९, २०७५ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?