१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

चराको गीत

पुस्तक प्राप्ती

काठमाडौँ — नेपाली कविता फाँटमा समसामयिक कविता धाराको उत्तरवर्ती चरणमा उदाएका कवि हुन्— कृसु क्षेत्री । नेपाल प्रज्ञा प्रतिष्ठानबाट चराको गीत शीर्षक कविताका लागि विसं २०५७ मा प्रथम पुरस्कार थापेका कृसुले पछिल्लो काव्यकृतिको नाम चराको गीत जुराएको छन् जुन अत्यन्त सान्दर्भिक र समसामयिक लाग्छ ।

चराको गीत

कृसुको काव्यकृति ‘चराको गीत’ मा ४२ वटा कविता
सङ्गृहीत छन् । कवितामा आफ्नो परिवार, परिवेश हुँदै समग्र विश्वकै परिदृश्य अटाइएको छ । बर्मा र आङ साङ सुकी, न्युयोर्क र स्ट्याचु अफ लिबर्टी, पेरिस र खाडी मुलुकका भावभूमिहरूलाई कवितामै समेटिएको छ । परराष्ट्र मन्त्रालयका जागिरे कृसुले यो अवसर र अनुभवलाई कवितामा हालेका छन् । साझा प्रकाशनले निकालेको कविता कृतिमा डा. लक्ष्मणप्रसाद गौतमले कृसु कवित्वमाथि १० पेज लामो विहंगम दृष्टि राखेका छन् । कवि कृसु हाल न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासमा कार्यरत छन् ।

प्रकाशित : असार ९, २०७५ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?