१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

आँखामा अमेरिका

पुस्तक प्राप्ती

काठमाडौँ — नेपाली साहित्यमा कवि चिनारी बनाइसकेका पूर्वन्यायाधीश कृष्णप्रसाद बस्यालको अमेरिका यात्राको संस्मरण र अनुभूतिसंग्रह हो— आँखामा अमेरिका मनमा नेपाल । समालोचक प्राध्यापक गोपीकृष्ण शर्माका भाषामा ‘बस्यालको अमेरिका यात्रालाई चिरस्थायी बनाउने गहकिलो संस्मरण कृतिसमेत हो यो ।’

आँखामा अमेरिका

लेखक बस्यालले आफूले कसरी भिसा पाएँ भनेदेखि फर्केर घर आएको (पद्यात्मक) विवरणसम्म समेटेर निकालिएको कृतिको लेखाइलाई व्याख्या गर्न नियात्राकारले अंग्रेजी उच्चारण, शब्दार्थ र भाषिका प्रयोग गर्दै पठनमा आाखा बिझाउने बनाएका छन् । पारिवारिक विवरण र तस्बिरको प्रयोग नियात्राकारका लागि उपयोगी देखिए पनि अपरिचित पाठकका लागि यो ‘अनावश्यक’ लाग्न सक्छ । संस्मरणमा बस्यालले न्युयोर्क, वासिङ्टन, ह्वाइट हाउस, पेन्टागन, अरेगन, टेक्सास, डालास, ओक्लोहामासहितका राज्यहरूको विवरण तथ्य–तथ्यांकमा पनि समेटेका छन् । न्यायसेवाबाट सेवानिवृत्त भएपछि नियात्राकार बस्याल हाल काठमाडौंमै पूर्णकालिक लेखक बनेका छन् ।

प्रकाशित : असार ९, २०७५ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?