न्यारेटिभ इरेजर

निबन्ध
इन्द्रबहादुर राई एक्लै गए तर तिनको जानुको सन्दर्भसँगै फ्याक्ट जस्ता फिक्सन र फिक्सन जस्ता फ्याक्टहरू यस्तै नन्–लिनियर शैलीमा यहीँ कतै घुमिरहे ।
सायद अशोक

काठमाडौँ — आवाजहरूको इन्द्रेणीमा एउटा रंग मौनको पनि हुन्छ । जिन्दगीको न्यारेटिभमा केही कुरा यसरी ठोक्किन आइपुग्छन्, जसरी आकाशको कालो सतहमा फनफनी घुमिरहेको जहाजले अचानक बाटो बिराउँछ । सलिभन स्टेसनको आकाशमा ५ बजेर ५५ मिनेट जाँदा देखिएको जहाजले मलाई झसक्क पारेको थियो ।

न्यारेटिभ इरेजर

बादलका टापुहरूलाई कहिलेकाहीँ धूवाँका सागरले सोहोरेर नचिनिने बनाइदिन्छन् । त्यसरी ती अचम्मलाग्दा आकृति छिचोलेर निस्किएको जहाजलाई निकै बेर आँखाले पछ्याइरहे । मानौँ— कुनै भिडियो इन्स्टलेसन् चलिरहेको थियो र बादलको एउटा टापुमा सास फेर्न बिर्सिएर निदाएका आईबी राईले सबैलाई एकफेर सम्बोधन गर्न आँखा उघारेका थिए । उनले देखाएका भ्रान्ति र लीलाहरूको लेखाजोखा त हरेक प्रहर चाहेर/नचाहेर आइपर्ने/देखापर्ने संयोग/दुर्योगहरूले गरिरहेकै छन् । केही मृत्युहरू यसै मसम्म ठोक्किन आइपुग्छन् र जानी/नजानी दुखाएर जान्छन् । कहीँ टाढा केही भएको हुन्छ, यता नजिकबाट मलाई चिमोटिरहेको हुन्छ । तर, नजिक/टाढा : आफैँले बनाएको मीठो/नमीठो भ्रम— वास्तवमा सबैको पहुँचमा सबै जना छन् । यही बीचमा कुमार नगरकोटीले एकफेर खुइय गरेछन् । उनको हातको चुरोटको टुप्पोबाट एक ढिक्को खरानी खस्यो र म त्यही खरानी हत्केलामा लिएर उनी भएठाउँ पुगेँ ।


अलिअलि हल्ला र अलिअलि चुपचापमा राई अलि पर कतै हिँडिदिए, केही प्रश्नहरू अनि केही खाली स्पेसहरू छोडिदिए । सबैले त्यही खाली स्पेस भर्न खोजिरहेकै छन् ।
नगरकोटीले मेरो चस्माभित्रका आँखा पढे र आफ्नो तालुमा ‘मोग्याम्बो खुस हुवा’ को स्टाइलमा हत्केला खेलाएर भने, ‘पर्ह्याप्स् जी, लीला इट्सेल्फ इज् अ भेरी डिप् लीला ।’
उनको ‘पर्ह्याप्स् जी’ ले मलाई लगभग एक दशक पछाडि हुत्याइदियो । म बिपयस्ना गएर फर्केपछि एक थोक लेखेको थिएँ, त्यो एक थोक पत्रिकामा पढेर नगरकोटीले मलाई फोन गरेका थिए । मैले आफ्ना लागि ‘युनिक’ नाम खोजेर प्रयोग गर्न थालेको बेला थियो त्यो । सुरुमै ‘पर्ह्याप्स् जी’ भन्दाखेरि म तिल्मिलाउन खोजेको थिएँ । तर, उनले त्यसलगत्तै अरू पनि बोलिदिएपछि मैले ‘भ्याक्युम्’ महसुस गर्नु परेन । नत्र पक्कै तिल्मिलाउने थिएँ ।


दीपक लोहनीले व्यक्तिगत प्रयासमा महाराजगन्जमा कथा वाचनको सिलसिला चलाउँथे । त्यसको एक एपिसोडमा मैले नगरकोटीको ‘पृथ्वी न्वारन् शाह’ शीर्षक कथा लाइभ सुन्न पाएको थिएँ । झननन्न भएको थियो मलाई, तैपनि आई नेभर थट् ही वुड् एन्ड अप् विद् दिस् काइन्ड अफ फेम् ।’ तर... ‘सम् आतंकज् वेर एब्सोल्युट्ली निडेड् एन्ड ही वाज् दी
वान् हु टेरोराइज्ड् अनेक जमात्स्’ त्यतिबेलादेखि नै ।


सम्झनाको त्यो एपिसोड गजब थियो ।


‘ब्याचलर ब्रो †’ मैले ‘टाइम ट्राभल’ गरेर आफ्नो लेखन यात्राको एउटा डिपार्चर–पोइन्टलाई झिमिक्क आँखा झिम्क्याएर फर्किएपछि उनकै जस्तो सम्बोधन टिपेर बोलाएँ र भनेँ, ‘इन्द्रबहादुर राईले जिन्दगीभरि आफूलाई अपडेट गरिरहे— लेख्दै, पढ्दै, कन्स्ट्रक्ट, डिकन्स्ट्रक्ट, फम्र्याट, डिफम्र्याट गर्दै, अनि हरेक जेनेरेसनलाई सूक्ष्म तरिकाले हेर्दै । ‘आई लाइक हिम् फर हिज् सिम्पल/कम्प्लेक्स अनेस्टी ।’ नगरकोटीले एकफेर मेरो अन्तिमको शब्दलाई दोहोर्‍याउन चाहे— ‘अनेस्टी’ ।


केही बेर कोही बोलेन । कहिलेकाहीँ ‘पज्’ हरू र तिनले दिने चकमन्न बडा आनन्दलाग्दो हुन्छ । तर, मलाई धपेडीको बानी बसिसकेको थियो । त्यो फुर्सद र शान्त/आनन्द–संवादले एकफेर झल्याँस्स पारिदियो । कति समय बितिसकेको थियो, मैले थाहा पाइनँ तर हिउँ परिसकेर मुन्तिर सडकमा हिउँ पन्छाउने ट्रकहरूको बाक्लो चहलपहल हुन थालिसकेको थियो ।
“दाइ हो, म त फर्किनुपर्छ । ‘स्नो स्टोर्म’ ले बोस्टन ठप्पै हुन लाग्या जस्तो छ, फेरि ‘ग्रिफ’ एन्ड ‘मोर्निङ्’ को १० पेजको ‘लिटरेचर रिभ्यु’ पनि लेख्नु छ ।”


‘यू क्यान डेफिनेट्ली मेन्सन् दिस् गाए समह्वेर ।’ मलाई उनको ‘वे अफ ग्रिभिङ्’ अर्थपूर्ण लाग्यो ।


म जापानिज् फिल्म ‘स्टिल वाकिङ्’ को ह्याङ्ओभरमा करिब–करिब ‘स्टिल’ भएको थिएँ । ‘ग्रिफ एन्ड कम्युनिकेसन्’ वाला ‘स्कलर्ली आर्टिकल्स्’ छिचोलिरहँदा काठमाडौँमा यूएस बाङ्गला एयर ‘क्र्यास’ भयो भन्ने न्युज एकदमै ‘इन्टेसिफाइड्’ भइसकेको रहेछ । दिनको उत्तराद्र्धमा पाइलट र कन्ट्रोल टावरबीचको संवादको अडियोले मलाई साह्रै बिथोलेको थियो । म अहिले आफूलाई सबै ‘ग्रिफ’ एन्ड अरू ‘डिप् थट्स्’ बाट ‘एलियनेट्’ गर्न खोजिरहेको थिएँ ।


उनले चुरोट च्याप्ने औँलाहरूको बीचमा तत्काल केही पनि थिएन । भनेँ, ‘दाइ हो, हिउँमा नाम लेख्ने भए हिँड्नुस्, जामसँगै । भकभक उम्लेको चिया त त्यस्तै हो, ‘स्टारबक्स्’ को ‘क्यारामेल सट्’ वाला ‘डार्क रोस्ट’ कफी पिउँदै नाम लेखम्ला । तीर्थ श्रेष्ठलाई फोटो पठाएर भन्दिम्ला, नमेटिने नाम लेखियो भनेर ।’


उनले केही बेर इन्द्रबहादुर राईका शान्त आँखाहरूमा ‘क्लोज् अप्’ मा हेरे र भने, “सायद जी, चे इज् वेटिङ् फर मी । ही वान्ट्स मी टु इडिट् हिज् न्यु
प्ले ‘दादा’ ।”
‘दादा !’
“एस्, ही जस्ट फिनिस्ड रिडिङ् द इङ्लिस् ट्रान्स्लेसन् अफ ‘आज रमिता छ’ ... एन्ड ही वान्ट्स टु पे अ ट्रिब्युट् टु इन्द्रबहादुर दादा थ्रु हिज् ड्रामाटिक्स् ।”
‘चे’ को नाटकको एक्लो पात्र/एक्टर सुदाम कहीँकतै पिलिक्क गरेर हरायो । सबैलाई थाहा छ, ‘दादा’ मा सुदाम इन्द्रबहादुर बन्नेछ । म केही बेर यसै अनन्ततिर टोलाइरहेँ ।
‘तेसिडी नहेडी, आँखा दुख्सी,’ समुना जीले मेरो चस्मा खोलेर मेरा थाकेका आँखामा चुप्पा गरिन् । म ‘खेहे’ गरेर हाँसेँ । ‘गड् ब्लेस् यू कित्लिज्’ भनेर नगरकोटीले बिदाइको हात हल्लाए । हामीले कित्लीमा बनाएको चियाको बाफ सम्झियौँ र बाफसँगसँगै उँडेर हरायौँ । उहिल्यै लिएको इन्द्रबहादुर राईको अन्तर्वार्ताका कटिङ् हामीभन्दा मास्तिर अनि नगरकोटीभन्दा मुनिको सतहमा सबैतिरबाट उडिरहेका थिए । ‘इरेजरले धेरै परिस्थितिहरू मेटाउन सकिन्छ तर त्यसो गर्दा भएका राम्रा कुराहरू पनि मेटिन्छन्,’ मैले बिर्सेँ कुनचाहिँ लेखक या उपन्यासको सन्दर्भमा यस्तै केही ‘एम्फसाइज्’ गरेका थिए उनले ।


सायद नगरकोटीले केही सम्झिए, उनी बर्बराइरहेको आवाज वायुमा छरिएको थियो, ‘इरेजर... इरेजर... इरेजर...’ मचाहिँ उड्दाउड्दै चेले एउटा नाटकमा प्रयोग गरेको नगरकोटीको कविता ‘प्रिय मौन’ उनकै आवाजमा सुन्दै थिएँ ।


१८ घण्टाको पर्खाइपछि अनुप सरहरूको ट्रेन अस्ति नै ‘थाङ्ला’ देखाउन कुदिसक्यो । प्यासीको प्रोफाइलमा त्यही यात्राका फोटाहरू बेलाबेला देखिरहेको हुन्थँे । सिजनको पहिलो ‘स्नोफल्’ ताका हो क्यारे— प्यासीलाई हिउँमा छपछप मस्तारे जुत्ता गाडेर हिँडिरहेको बेला पछाडिबाट खिच्ने अनि ब्याकग्राउन्ड म्युजिकको पिक पोइन्टमा पुगेपछि ‘मस्तारे ब्याक अगेन’ को ‘टेक्स्ट’ फाल्दिने भनेर गफ हानेको । रोज भाइलाई कन्सेप्ट सुनाउँछु भनेको भुस्कुट बिर्सेछ । ऊ त बरु ‘भ्यालेन्टाइन्स् डे’ को छेकोमा अनुप सरले उहिल्यै ‘कोसेली’ मा छपाएको कविता पो खोज्दै थियो । कविताले भन्थ्यो, ‘जब तिमी गयौ, एक्लै गयौ... ।’


इन्द्रबहादुर राई एक्लै गए तर तिनको जानुको सन्दर्भसँगै ‘फ्याक्ट’ जस्ता ‘फिक्सन’ र ‘फिक्सन’ जस्ता ‘फ्याक्ट’ हरू यस्तै ‘नन्–लिनियर’ शैलीमा यहीँ कतै घुमिरहे ।
जसरी आवाजहरूको इन्द्रेणीमा एउटा रंग मौनको पनि हुन्छ, त्यसरी नै दृश्यहरूको कोलाजमा एउटा रंग अदृश्यको पनि हुन्छ ।

प्रकाशित : असार ९, २०७५ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?