कोसेली

Koseli

सोमबजार : एउटा परदेशी हटिया

सयौं र हजारौं नेपाली चाहेर अथवा नचाहेरै भारत जान्छन् । यसमा पनि स्वास्थ्य उपचार र रोगको पहिचान गर्नैका लागि दिल्ली जानेहरूको लर्को सानो छैन । यो कथा भने दिल्ली नजिकै रोहिणी सेक्टर फाइभको हो जहाँ एउटा लोकप्रिय क्यान्सर अस्पताल छ र, जहाँ सयौं नेपाली आफन्तहरू डेराडन्डा जमाएर उपचारकै खातिर पालो पर्खिरहेका छन् ।

सोमबजार : एउटा परदेशी हटिया

त्यो १५ असार

असार १५ का कुराहरू आज कथाझैं बनेका छन् । सहर पसेपछि पनि केही वर्षसम्म म असार १५ ताकमै गाउँ पुग्ने गर्थें तर अचेल भने काठमाडौंमै खुम्चिएको छु । हिजोआज त धानखेतमा कृषिमन्त्रीको चर्तिकला हेरर अथवा सिंहदरबारभित्र गमलामा धान रोपेरै यो उत्सव मनाउन थालिएको छ ।

त्यो १५ असार

दुई युवतीबीचको प्रेम

समाजको पाचनशक्ति निकै कमजोर हुन्छ । विशेषत: धर्म र यौन सम्बन्धित विषयवस्तुमा सानोभन्दा सानो कदम पनि समाजका निम्ति अपाच्य हुँदै आइरहेको देखिन्छ । आफूलाई आधुनिकताको पराकाष्टा ठान्ने पश्चिमी समाज पनि अझै यस मामलामा पूर्ण मुक्त छैन । बेलाबेलामा उठ्ने सवाल र विवाद यसका स्पष्ट प्रमाण हुन् ।

दुई युवतीबीचको प्रेम

चर्को स्पर्धा

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को वरीयता हेर्ने हो भने २१ औं विश्वकपको सबभन्दा कमजोर टिम आयोजक रुस र साउदी अरेबिया हुनुपर्ने हो । वरीयतामा रुस ७० र साउदी ६७ औं स्थानमा छन् । उस्तै टिम भएकोले यी दुईको खेल प्रतिस्पर्धात्मक वा साँघुरो अन्तरको हार–जित हुनुपर्ने थियो । तर यी दुईको खेल रुसले एकतर्फी रूपमा ५–० ले जित्यो ।

चर्को स्पर्धा

अपिनाम्पा ओझेलमा

दार्चुला जिल्लाको निकै ठूलो हिस्सामा फैलिएको छ— अपिनाम्पा संरक्षण क्षेत्र । प्राकृतिक स्रोतले भरिपूर्ण यो क्षेत्रभित्र मानव बस्तीदेखि ठूला हिमशृंखला, वन्यजन्तु र वनस्पतिको पर्याप्त स्रोत छ । संरक्षण क्षेत्रभित्र बहुमूल्य जडीबुटी यार्सागुम्बु पनि उत्तिकै छ । त्रिदेशीय सीमामा अपिनाम्पा रहेकाले यसको अझ विशिष्ट महत्त्व छ ।

अपिनाम्पा ओझेलमा

द्वन्द्वको उत्सर्ग र अवसान

नेपाली राजनीति, समाज र द्वन्द्वका पछिल्ला चरणमा सक्रियतापूर्वक कलम चलाउँदै आएका कवि, लेखक एवं पत्रकार नवीन विभासको एक वर्षअघि प्रकाशित कथासंग्रहको नाम हो— रोल्पा सुइना ।

द्वन्द्वको उत्सर्ग र अवसान

भिन्न बाह्रखरीको बोट

‘बाह्रखरीको छहारी खोज्न मैले जीवनमा निकै संघर्ष गरें । त्यसैले मलाई काशी पुर्‍यायो । बनारसको गल्लीतिर भौंतारिएँ अलि समय । बाटोमा भरियाका साथ बास बसें । भरियाले नुन, तेल, मरमसला, लत्ताकपडा खिर्चीमिर्चीको भारी बोकें । मैले त्यसमा बाह्रखरी र ठूलो वर्णमालाको बोझ थपें ।’

भिन्न बाह्रखरीको बोट

सिद्धार्थ गौतमका सारथि

भनिन्छ, सिद्धार्थ गौतमको जन्मसँगै सात व्यक्ति अथवा वस्तुको जन्म भएको थियो, अथवा उत्पत्ति । त्यसमा कन्थक घोडा र सारथि छन्न त भयो नै, अरू थिए, मंगल हात्ती, यशोधरा, कालुदायी मन्त्री, बोधिवृक्ष र सुनका चार घडा । पछि सिद्धार्थ गौतमले बोधिज्ञान प्राप्त गरे र गौतम बुद्ध भए ।

सिद्धार्थ गौतमका सारथि

कथामा नाटकीय प्रस्तुति

कथा झूट हुन्, जसको माध्यमबाट हामी सत्य भन्छौं,’ फ्रेन्च लेखक अल्बर्ट कामुले कथाबारे भनेका छन् । कथालाई जसरी भने पनि हुन्छ । सिधै, घुमाएर, ब्यंग्य गरेर, विम्ब प्रयोग गरेर, पछिल्लो समय चित्र बनाएर पनि कथा भन्ने चलन छ । कथालेखनमा बढी चलेको परम्पराचाहिँ ब्याख्या गरेर, संवाद बोलेर र त्यसमा केही विम्ब/अलंकार प्रयोग हो ।

कथामा नाटकीय प्रस्तुति

जवाफ नआएको प्रश्न

२०६१ भदौ १६ गते । हूलका हूल निस्किएका अराजक जत्थाले काठमाडौँ र पूर्वी नेपालका म्यानपावरका कार्यालय, मस्जिद, पसल र सञ्चारगृहमा आक्रमण गरेका थिए । अनेक स्वार्थ समूहहरूले तोडफोड गर्ने र विध्वंस मच्चाउने एउटा बहाना भएको थियो त्यो दिन । काठमाडौमा प्रशासनले कफ्र्यु लगाएको थियो त्यस दिन ।

जवाफ नआएको प्रश्न

मिसन ‘ढोरपाटन’

बुर्तिबाङमा रात बिताएर भोलिपल्ट ढोरपाटनतर्फ लागेँ म । पुसे महिना साह्रै चिसो थियो । वरपर अग्ला डाँडाले घेरिएको बुर्तिबाङ बजार तुसारोले एकतमास काँपिरहेको थियो । बडिगाढ खोलालाई दायाँ पारेर शेराफाँट हुँदै यात्रा अगाडि बढाएँ ।

मिसन ‘ढोरपाटन’

तिम्रो ग्याल्मो खोइ ?

मुलुकी ऐनमा कुनै बेला जार काट्ने प्रावधान थियो । अहिले पनि ती पुराना कपिहरू अनलाइन स्टोरहरूमा उपलब्ध छन् । त्यो कानुन बनाएका थिए उनै जंगबहादुरले । ‘जंगे कानुन सबैले जानुन्’ नाटकमा कुर्लिन्छ जंगबहादुर । तर, भेष बदलेर उनकै सिकार क्याम्पको अस्थायी दरबारमा पुगेका सोनामले ‘कानुन पालन’ गर्न खोज्दा के हुन्छ ?

तिम्रो ग्याल्मो खोइ ?

बागदरबार के छ, के छैन ?

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सबै राणाकालीन दरबार जोगाउन सकिने सूचीमा राखेको छ । यश आराम , सुरक्षा, र वातावरणको दृष्टिले पनि उच्चकोटीका मानिन्छन् दरबारहरू । गाह्रो ठूलो र मोटा छन् । १ मिटरदेखि डेढ मिटरसम्म चौडा छन् गारो । भित्ताको ठाउँठाउँमा हावा प्रवाह हुने करिडर राखिएका छन् । दरबारभित्र पनि ठाउँठाउँमा चोक छन् ।

बागदरबार के छ, के छैन ?

लन्डन रेजेन्ट पार्कतिर

क्यामडेन टाउन घुमिसकेपछि हामी रातो बस चढेर रेजेन्ट पार्कतर्फ लाग्यौ । रातो बसबाट ओर्ले पछि हामी दस मिनेट लन्डन जुको छेवैछेउ भएर भित्र पस्यौँ । तर चिडियाखानाभित्र हामी नपसी सीधै पार्कभित्र छिर्‍यौँ । मैले जीवनमा त्यति ठूलो पार्क कहिल्यै देखेको थिइनँ । पार्क यति विशाल थियो कि आँखाको दृष्टिभन्दा पनि पर परसम्म ।

लन्डन रेजेन्ट पार्कतिर

सम्झनामा भूषण

काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सक्दैन’ भन्दै राजधानीबाहिर बसेर राजधानीलाई खुलेरै हाँक दिने एक जना कवि थिए— कृष्णभूषण वल । वल ६५ वर्षे उमेरमा २०६९ असार ११ मा बितेका थिए, यो साता उनको स्मृति सप्ताहान्त मनाइँदै छ । पुख्र्यौली घर इलाम र कर्मथलो विराटनगर भएका वल साथीभाइमाझ ‘भूषणजी’ मात्रै थिए, निकटता र आत्मीयताको नाममा । उनको असली नाम भने टीकाराम तामाङ थियो ।

सम्झनामा भूषण

मरेका छैनन् उनी

कालोकालो वर्णको हँसमुख, देख्दा बंगाली मूलका जस्ता लाग्ने डा. उपेन्द्र देवकोटालाई मैले पहिलो पटक आफ्नै घरमा देखेको थिएँ । यो २०५१ सालतिरको कुरा हो । मेरो श्रीमान् दमननाथ ढुंगाना ढाड दुख्ने रोगबाट ओछ्यानबाट उठ्न सक्नुभएको थिएन । हल न चलको अवस्था थियो । भाइसरहका डा. मधु घिमिरेले नै स्वास्थ्यसम्बन्धी परामर्श दिइरहन्थे ।

मरेका छैनन् उनी

विभूति र सपूतबारेको विमति

कान्तिपुर कोसेलीमा ‘विभूति कसलाई मान्ने (?)’ लेख छापिएपछि लगालग तीनवटा प्रतिक्रिया आए । त्यसमध्ये इतिहासकै विद्यार्थी भएको नाताले डा. प्रेमसिंह बस्न्यातले मेरो लेखाइलाई सही सुझावका रूपमा लिएका छन् ।

विभूति र सपूतबारेको विमति