१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

सुबोल् – सुबोल्

कविता

काठमाडौँ — पंखले सुस्केरा हालेर बतास–बतास
बेफिक्री उडान भरेको आकाश–आकाश
आज विछट्टै अन्जान पो भएछ

सुबोल् – सुबोल्

पंखले सुस्केरा हालेर बतास–बतास
बेफिक्री उडान भरेको आकाश–आकाश
आज विछट्टै अन्जान पो भएछ
भन्छे मलाई एउटी काली चरी
आज थाहा भयो एक मुट्ठी माटोको मोल
सुबोल्–सुबोल् !
म वर्तमान, भविष्य र भूत हेर्न सक्ने कथक
म मृत्युको दूतको एउटा मिथक
आज टुटेको शरीरकै मात्र छ भर्थेग
भन्छे मलाई एउटी काली चरी
आज एक हुनेछौा— म र यो सम्पूर्ण भूगोल
सुबोल्–सुबोल् !
कहिले यमको बाहन, कहिले परिवर्तनको निसान
आज खोज्दै छे मेरो बगौचामा आफ्नै चिहान
अन्त्यको आगमन आफ से आफ हुन्छ
भन्छे मलाई एउटी काली चरी
आज सुरूआतको ढोका खोल
सुबोल्–सुबोल् !

-अस्मिता माली मानन्धर

प्रकाशित : असार १६, २०७५ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?