कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

द्वन्द्वको उत्सर्ग र अवसान

पुस्तक प्राप्ति

काठमाडौँ — नेपाली राजनीति, समाज र द्वन्द्वका पछिल्ला चरणमा सक्रियतापूर्वक कलम चलाउँदै आएका कवि, लेखक एवं पत्रकार नवीन विभासको एक वर्षअघि प्रकाशित कथासंग्रहको नाम हो— रोल्पा सुइना ।

द्वन्द्वको उत्सर्ग र अवसान

द्वन्द्व, द्वन्द्वोत्तर र विविध शीर्षकमा झन्डै तीन दर्जन कथा समेटेर प्रकाशित गरिएको कथाकृति रोल्पा सुइनामा माओवादी द्वन्द्वको समाजसन्दर्भ र यसको परिणतिलाई सम्झाउने विषयवस्तु समेटिएको छ । टिप्पणीकार भास्कर गौतमका शब्दमा ‘राजनीतिक द्वन्द्वको परिवेश, भोगाइ र असरहरूलाई कथ्यमा उतार्ने प्रयासमा विभासले मानव जीवनका दैनन्दिनी समातेर संवेदनशील र चिन्तनीय कथाहरू रचेका छन् ।’


कथाहरूमा पश्चिमा समाजको स्थानीय लवज र शिल्पी मिसाइएको छ, आञ्चलिकताको सही प्रतिनिधित्व कथामा भेटिन्छ । द्वन्द्वको उत्सर्ग र अवसानलाई रोल्पाली धरातलबाट नियालिएका कथाहरू एउटा समयको दस्तावेजझैं बनेका छन्, कल्पना र स्वैरकल्पनाभन्दा बढी यथार्थ यी कथामा छन् । सांग्रिला बुक्सले निकालेको ‘रोल्पा सुइना’ को मूल्य ३३५ रुपैयाँ छ ।

प्रकाशित : असार १६, २०७५ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?