२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

संग्रौलाको हमजाएगा गफ

प्रतिक्रिया
म ड्युटीमा भएकाले पारिजात दिवसमा जान सकिनँ । काम छोडेर जाने कुरा भएन । जान नसक्दा छापामार शैलीमा आक्रमण गर्ने श्रीमान्ले भेट्नै नजाँदा हिटलरी बजाउला भन्ने लाग्यो । भेट्न गएँ ।

काठमाडौँ — खगेन्द्र संग्रौलालाई ‘पारिजात स्मृति दिवस’ मा हङकङ साहित्य परिषद्ले निमन्त्रणा पठायो । हङकङ जाने भएपछि मन चंगा भयो रे । र, उनी पधारे हङकङ ।

संग्रौलाको हमजाएगा गफ

यात्राबाट फिरेपछि भ्रमणबारेमा वैशाख २९, जेठ २६ र असार ९, २०७५ कान्तिपुर कोसेलीमा भ्रमित र ठट्यौली लेखहरू आए संग्रौलाका । मलाई उनको लेख पढेपछि ‘दुम्सी’ र ‘हमजाएगा’ को खुब याद आयो । कुरीकुरी भयो । चुच्चो मुख र शरीरभरि काँड । यसो अनुहार हेरे, लेखाइ हेरें, ठ्याक्कै मिलेको । तिलचामले कपाल र तिलचामले काँड गजबको संयोग । ताजुब लाग्यो ।
संग्रौलाले यता पाठकलाई पेट मिचीमिची हाँस्ने गरी हमजाएगा शैलीमा जोक सुनाए । जसजसले बोलाए, खुवाए, घुमाए, तिनीहरूलाई स्वाट्–स्वाट् हाने दुम्सी काँड । हमजाएगा कुनै समयका दार्जिलिङका प्रसिद्ध जोक मास्टर थिए ।


आम्म हो † ‘बिग टक’ सानो देको होइन ब्रोले, तीन–तीन अंक कोसेलीमा । शैली हमजाएगा † छोटे शाही शासनमा सबै सञ्चार बन्द गरेर शासन चलाउन खोजे छोटे सरकारले । हाम्रो ब्रोले नि, ‘मेरो मात्र कलम’ जस्तो गरी मनगढन्ते गफ्फा मारे । दार्शनिक भाषामा संवाद हुन गाह्रो ब्रोसित, बरू ‘बिग टक’ भाषा नै रोजेछन् । ‘बिग टक’ दिंदादिंदा ब्रोको जख्रके सिंह उम्रेछ अनि हात्तीको दाह्रा । देश सुब्बासित के छ ‘भयवाद’, अनि तपाईंसित ?


देखाउनलाई विचार र दर्शन हुन पर्‍यो नि, ‘बिग टक’ ले संसारमा स्थापित भइँदैन— ब्रोले बिर्सेछन् । ठोके उडनतस्तरीमा बसेर । मच्चिँदै, हावैहावा । बाँकटे हान्दै । मरिगए स्तरीय कुरा गरे पो ।


आफूलाई ‘तीसमार खान’ सम्झेर हैरान । सोचें, किन बौलाएका । कमल पौडेलले पिलाएको ‘सिवास रिगाल’ को कमाल रहेछ । वा रे † वा रे † ‘सिवास’ । दङ्दङी लागेपछि नओकली भयो त ।


ब्रोले झोला बोकेर हिँडिरहे हङकङको सडक, दस हजार बुद्ध र विशाल बुद्धयात्रामा । झोलामा ज्ञानको ‘चोक्टा’ होला भनेको के हुनु † त्यो त ‘सिवास रिगाल’ बोक्ने झोले पो रहेछ । म यति नराम्रोसित फँसे, यता न उता । ‘अतिथि देव’ भनेर किसनलाई अनुमति मागेको थिएँ । भ्रमण गराउन लाने बेलामा ‘धत्त † ‘नकाम गरिस् केटा’ भन्ने लागेको थियो । अन्तरयामीको अघि ओकेल्नुभएन । लौ खा ‘चोक्टा खान गएकी ‘सिवास झोलमा डुबेर मर’ भयो ।


विष्णु गुरूङ, म र हरि श्रेष्ठको बारेमा ब्रोले दिनुभो जाँते खोलेर, ‘भयवाद दर्शनको पर्वत बोकेर आएका थिए, अनि भलाकुसारीबिना नै भयवादको राग सुरु गरिहाले ।’ परिवेश हेर्दा नि हाँस उठ्ने । मानिसहरू कुरा गरिरहेको बीचमा कसैले राग अलाप्छ ? बरु हावादारी ब्रोले मलिन भाषामा ‘कफी पिउन’ भनेको चाहिं हो । म रेस्टुरेन्ट पुग्दा विष्णुले कम्युनिस्ट आन्दोलन सुनाइरहेका थिए । ब्रोले भनेको जस्तो गला रुग्ध भएको, तरतरी आँसु झारेको, क्वाँक्वाँ रोएको र चोर औंलाले आँसु पुछेको भने मैले देखिनँ । हरि श्रेष्ठ र म त्यही थियौ । विष्णुको जस्तै गर्भमा सुकेको व्यथा ब्रोसित नभएको कहाँ हो र ! कहिले ‘माओवादी जिन्दावाद, कहिले एमाले जिन्दावाद, कहिले वाम एकता जिन्दावाद ।’


रंग पनि कम्ती फेरेको होइन, छेपारे बाजे । पहिचानको मुद्दा बोकेर एक पटक झरे तराई । एकदुई दिन एकदुई जना साथमा थिए, पछि एक्ले मुसो । के ब्रो क्वाँक्वाँ छाती पिटेर रुनुभयो ? कि गला रुग्ध भयो ? कि चोर औंलाले मनको आँसु पुछ्नुभो ? तपार्इंसित अनुभव छ भने विष्णु रोएको सही होला, अन्यथा मीठो चुट्किला । ठट्टा गर्न प्रधानमन्त्री ओलीलाई पछार्ने रहेछन् । कति मिलाएर दिनुभएको । दुम्सी प्रवृत्तिलाई वाह ! वाह ! भन्नैपर्‍यो ।


हङकङले बुद्धको मूर्ति बनाएर तरक्की गरेको देखेर उहाँको मनुवा डाहले छटपटियो । अनि ऐलान गर्नुभयो, गजबको ऐलान, ‘अब सर्लक्क नेपालमा सरोस् हङकङ, नेपाल सर्लक्क हङकङमा ।’ हङकङ यात्रामा यो ऐलान । एसियाको जापान, कोरिया, चीन, कम्बोडिया, भियतनाम, थाइल्यान्ड, श्रीलंका भ्रमणको अवसर पाउनुभयो भने त ‘एसिया नै नेपालमा’ भन्ने गर्नुहोला । ब्रोले यस्तो दिनुभयो कि प्रधानमन्त्रीको जलमार्ग र रेलमार्ग सुपर फ्लप, हमजाएगा मास्टरको ब्लगबस्टर ।


पारिजात स्मृति दिवसमा धेरै दर्शकको इच्छा गरेछन् । करकल ध्वनि, गगनभेदी गडगडाहट । ‘अहा हाम्रा नौटंकी संग्रौला’ भन्लान् लागेको होला । कहाँ हुनु त्यस्तो ? जिल्ल । सुरुमा कम्ती श्रोता देखेर झन्डै मूच्र्छा परेका । श्रोता नआएको झोंक बान्ता गरेछन् लेखेर । मानिसहरू व्यस्त हुन्छन्, फेरि साहित्य कलामा निकै कमको रुचि हुन्छ, यसलाई ब्रोले गलत व्याख्याए । अहं दुखेको महसुुस गरे । आफ्नो दीनता देखेर रोए एकान्तमा ।


आपंैmलाई लाज लाग्ने गरी अँध्यारोमा तीर हानेर वाक्क । सबैतिर ‘अन्दाजिफिकेसन’ कहाँ हुन्छ भन्नैपर्‍यो । दर्शन गिडेको नाममा मुख नलर्बराई मान्छेलाई बन्चरै बन्चरोले फोडेपछि हमजाएगाको जोक भएन त ।


‘माक्र्सवादभन्दा उता कुनै दर्शन छैन’ भन्ने जड देखेर करुणा पलायो । ‘अलेगोरी अफ द केभ’ को सम्झना आयो । प्लेटोले सबैभन्दा राम्रो व्याख्या गरेको नै ‘अलेगोरी अफ द केभ’ हो— भित्तालाई मात्र सत्य मान्ने । भित्ता मात्र सत्य होइन रहेछ भनेर कैदीले ज्ञान पाउँछन् । कैदीले उहिल्यै पाएको ज्ञानलाई ब्रोले ‘माक्र्सवादी’ भन्दै भित्ता हेरेर आत्मरति गरिरहेका छन् । म सरमले भुतुक्कै ।


फागुन १, २०७४ सालमा ‘अफ्रिकी मुलुकमा भयवाद’ कान्तिपुरमा प्रकाशित भएको थियो । यो समाचार ब्रोलाई मोबाइलबाट देखाएँ । उहाँले भन्नुभयो, ‘यो समाचार हेर्न छुटेछ ।’ अर्को मैले ‘जूनकीरीको संगीत’ को कुरा उठाएको थिएँ । ‘त्यसको अन्त्य मिलेन,’ मैले भनें । उहाँले ‘हो आधा काम नलाग्ने छ’ स्विकार्नुभयो । यसको कटाक्षमा कोसेलीमा मलाई आरोपित गरेर ‘भयवादको राग अलापे’ भनेर ठोके । ‘सुकरात’ भन्यो भने ‘कार्ल माक्र्स’ सुन्ने कान छ अनि कता कुरा मिल्छ ? मैले मोबाइलबाट समाचार देखाएको ब्रोले ल्यापटप लेख्न भ्याउनुभयो । अनि महाजोक भएन त ।


नेपाली परम्पराअनुसार अतिथिलाई सत्कार गरिन्छ । म ड्युटीमा भएकाले पारिजात दिवसमा जान सकिनँ । काम छोडेर जाने कुरा भएन । जान नसक्दा छापामार शैलीमा आक्रमण गर्ने श्रीमान्ले भेट्नै नजाँदा हिटलरी बजाउला भन्ने लाग्यो । भेट्न गएँ । हल्का कुरा गरेपछि उहाँको वजन थाहा लाग्यो र, कुनै दर्शनमा छलफल बढाउन सान्दर्भिक ठानिनँ ।


ब्रोले, ‘संसार ठूलो छ, बीसपच्चीस जनाको झुन्डलाई संसार ठानेका रहेछ’ भनेर भयवादको खिल्ली उडाए । ‘हाय छिद्रान्वेशी कुन दुनियाँमा छुई पकन्दी (छुई पकन्दी लिम्बु तरिकाको लैबरी) खेल्दै’ भन्न मन लाग्यो । भयवादलाई लिएर संसारका विभिन्न देशका लेखकहरू सकारात्मक, नकारात्मक, विद्यावारिधिको शोधपत्र लेखिरहेका छन् । नाइजेरियाका ओसिनाकाची अकुमा कालुको ‘द फस्ट स्टेज अफ द फियरलोजिस्ट’, नाइजेरियाकै माइकल इनेयोको ‘फिलोसोफी अफ फियर’ र डा. माइकल फिसर र देश सुब्बाको ‘फिलोसोफी अफ फियरिज्म इस्टवेस्ट डाइलग’ र डा. माइकल फिसर, देश सुब्बा र बि. मारिया कुमारको संयुक्त लेखनमा ‘फियरक्रिमिनल एनालाइसिस’ यसैमा आधारित छ । यसलाई झुन्ड भनेर हमजाएगा जोकमा मिसाइदिनु महाजोक भएन र ?


मैले एक प्रसंगमा भनेको थिएँ, ‘सभ्यताको निर्माण वर्गसंघर्षले हुँदैन । भय संघर्षले हुन्छ । ढुंगाको हतियार, खेतीपाती सबै भय संघर्षका उपज हुन् ।’


उहाँले आँखा चिम्म गरेर माक्र्सवाद छाड्नुभयो, ‘ए मनुवा, अरे यार, त्यस युगमा परिवार नामको संस्थाको भर्खरै भ्रूण टुसाउँदै थियो, निजी सम्पत्ति, वर्ग र राज्यको उदय भएकै थिएन, अनि ढुंगेयुग हुँदै नभएको सभ्यता हुँदै नभएको वर्गसंघर्षद्धारा कसरी सञ्चालन हुन्छ ?’


‘त्यसैले सभ्यताको निर्माण वर्गसंघर्षले भएको होइन’ भनेको बुरुक्क उफ्रे । आफैंले वर्गसंघर्षले होइन भनेर स्विकार्नु अनि एक छिनपछि ‘सभ्यताको निर्माण वर्गसंघर्षले हुन्छ’ भनेर उफ्रिनु विडम्बना भएन त । ‘भयवाद’ भन्यो ‘माक्र्सवाद’ भनेर कान थाप्छन् । गोमन जिब्रोसँग म तीनछक्क । डसेको डसै ।


केही नलागेपछि देश सुब्बाको अनुहारतिर लागे, ‘पत्थरमय र टिठलाग्दो ।’ लालछाप मारिहाले । दिनरात काम गरेर देशलाई रिमिटयान्स दिने अनुहार कहाँको मखमली हुन्छ त ठोकसिङ काका ? मजदुरी गरेर जीवन चलाइरहेका नेपालीलाई फेरि ठोके बाफ रे बाफ । होइन श्रमजीवीसित केको डाह र क्रोध ।


बगलीको छुराले धसेको धसेकै । न्वारनदेखिको बल निकालेर हमजाएगा गफ दिएको दियै । कारण नचाहिने । तर्क गर्न नसक्ने गजब बा । नेपथ्यमा सुनेको भनेर हाँक दिने । धत † जाली कुरा । आत्मक्रीडा र सस्तो विद्वता देखेर म कक्राकुक्रुक भएँ । काउकुती लागेर हैरान । धेरै हाँसेकाले पेट पनि आइया भयो ब्रो ।
लिम्बुवानमा जन्मे, हुर्केको ब्रोले बुझिहाल्नुहुन्छ ।
मैले नि एक जोक मारें है, ‘खेलखेलमा चार इन्च ।’
—देश सुब्बा, हङकङ
[email protected]

प्रकाशित : असार २३, २०७५ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?