चिकित्सक गोविन्द केसीले राज्यसत्ताको नजरमा ‘अनशन डाक्टर’ को उपाधि पाएका छन् । तर, उनले सर्वजन हितायको ध्याउन्नमा उठाइरहेको आवाज र झेलिरहेको संघर्षको मूल्य भने सानोतिनो छैन । काठमाडौं केन्द्र र राज्यसत्ताले पन्छाउन चाहेको आवाज लिएर यतिखेर गोविन्द केसी जुम्ला पुगेका छन्– गुणस्तरीय स्वास्थ्यको बिगुल फुक्न ।
महिलालाई एक बिचरी र निरुपायका रूपमा मात्रै चित्रित गर्ने कुराको म जहिल्यै विरोधी हुँ । महिला दया र कृपाका पात्र होइनन् । यसको मतलब उनीहरू महान् र सौर्यवान् मात्रै छन् भन्ने पनि होइन तर महिलाका विषयलाई लिएर बोल्दा वा लेख्दा दैनन्दिन उनीहरू कति सामान्य तरिकाले कति असामान्य जिन्दगी बाँचिरहेका छन् भन्ने पनि बुझ्नु जरुरी छ ।
सन् २०१७ नोभेम्बर १, दिनको २.४० । हाम्रो १५ सदस्यीय टोली फ्लाई दुबई जेट विमानबाट रुसको राजधानी मस्कोस्थित भेनोकोभो अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लियो । हामी रुसकै ऐतिहासिक सहर लेनिनग्राद जाँदै थियौं । लेनिनग्राद महान् लेनिनले सशस्त्र जनविद्रोहको उद्घोष गरेको ऐतिहासिक स्थान थियो ।
कुनै बेला एक किंवदन्तीझैं थिए राजेश खन्ना जसले लगातार १५ वटा हिट फिल्म दिए । राजेशको असली नाम थियो— जतिन खन्ना । उनलाई लिएर भनिन्थ्यो— बम्बैमा एउटा रेस कोर्स छ, महालक्ष्मी रेस कोर्स । त्यहाँ धेरै घोडा दगुर्छन्, एउटाले जित्छ । त्यसैलाई तुलना गर्दै लेखक जावेद अख्तरले भनेका छन्, ‘फिल्मी रेसमा तिनताक केवल एउटै घोडा दगुथ्र्यो, त्यसको नाउँ हो राजेश खन्ना ।’
स्तब्ध छु ! मैले सोचेको पनि थिइनँ यस्तो हुन्छ भनेर...’जर्मनीका व्यवस्थापक ओलिभिएर बिएरहफले दक्षिण कोरियाविरुद्ध खेलपछि दिएको अभिव्यक्ति हो यो । रुसको कजानस्थित कजान एरिनामा दक्षिण कोरियाले जर्मनीलाई २–० ले पराजित गरेपछि डिफेन्डिङ च्याम्पियनको तक्मा बोकेको जर्मनीको यात्रा समूह चरणमै समाप्त भयो । खेल दौरान जर्मनीले पाएको मौकाको सदुपयोग गर्न सकेन ।
पूर्वराजदूत हरिकुमार श्रेष्ठ स्वभाव र लेखाइ दुवैमा अन्तर्मुखी पात्र हुन् । श्रेष्ठको नियात्रा र संस्मरणको पुस्तक ‘मैत्री एक्सप्रेस’ मा लेखाइ र विचारको अन्तर्मुखी शिल्पी भेट्न सकिन्छ । व्यक्ति, घटना, स्थान र व्यक्तिगत स्मृतिका २१ वटा शीर्षकलाई लेखक श्रेष्ठले आत्मपरक शैलीमा निबन्ध बनाएका छन् ।
प्राध्यापक आलन माकफार्लान क्याम्ब्रिज विश्वविद्यालयका निवृत्त प्राध्यापक हुन् । योभन्दा बढी केही नैतिक र मनोवैज्ञानिक विचार तथा सकारात्मक सोचका कुराहरूलाई जोडेर आलनले लेखेका पत्रहरू आज बाहिरी विश्वका लागि पनि पठनीय सामग्री बनेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरण धेरैका निम्ति नयाँ नाम होइन । दशक लामो माओवादी द्वन्द्वका योजनाकारसमेत रहेका वैद्य पछिल्लो समय सत्ताशक्तिबाट टाढा छन् । उनकै भाषामा भन्दा उनी क्रान्तिकारी राजनीतिकै बाटोमा छन् र बँचे–खुचेको समय निकालेर लेखन कार्यलाई पनि निरन्तरता दिइरहेका छन् ।
दोलखा सदरमुकाम चरिकोटबाट च्छो–रोल्पा हिमताल पुग्न तीन दिन लाग्छ । चरिकोटबाट छ्योतछ्योतसम्म यातायात सुविधा छ । शेर्पाबस्ती रहेको छ्योतछ्योत गौरीशंकर गाउँपालिकामा पर्छ । दोलखावासीका लागि मात्र होइन, यस क्षेत्रमा पुगेका अधिकांशलाई छ्योतछ्योतको झर्ना हुँदै सिमीगाउँ जाने बाटो थाहा छ ।
असार १६, शनिबारको कान्तिपुरमा लेखिएका रचना र विवरणमा निम्न सुझाव दिन चाहन्छु :—वागदरबारसम्बन्धी लेखिएको विवरणमा माथबरसिंह थापाले बाघ पालेर दरबारको नामकरण बाघ दरबार लेखियो भंनिएको कुरा सही होइन ।
कम्युनिस्ट राजनीतिक पृष्ठभूमि र विगतमा राज्यसत्ताको निकटमा रहेर बसेका लेखक प्रदीप नेपाल यस पटक समसामयिक विषय र सामाजिक सन्दर्भलाई कथाका रूपमा लिएर पाठकसामु आएका छन् ।
ग्रान्ड एकेडेमी, कुमारीपाटीमा कक्षा १२ मा अध्ययनरत लोरिन बान्तवा राईको सानैदेखिको चाहना हो— स्केट खेलाडी बन्ने । बिहान १२ बजे कलेज सकेर घर फर्किएपछि उनी स्केट अभ्यासका लागि दिनैभरि डल्लुस्थित स्केट पार्कमा व्यस्त हुन्छिन् ।
संगीन विषय भएको छ महिला सहभागिताका कुरा । बारम्बार उठ्दै छ प्रश्न सार्वजनिक मञ्चमा महिलाहरूको एकदमै न्यून उपस्थितिका विषय । महिला वक्ता नराखिएका साहित्यिक कार्यक्रमहरूमा सहभागिता नजनाउने प्रतिबद्धता गर्नेहरूको पनि सूची लम्बिँदै छ । हरेक क्षेत्रका महिलाहरू आफ्नो स्पेस खोजिरहेका छन् र आवाज मुखरित गरिरहेका छन् । तर यति हुँदाहुँदै पनि फेरि उनीहरू मञ्चहरूबाट टाढाटाढा नै छन् ।
बेंसीसहरबाट २ घण्टाभित्रको पैदलबाटोमा पर्ने एउटा सुन्दर गाउँ हो— खासुर । खासुरको कोडहरडाँडामा छाएको अहिलेको रौनक निकै भिन्न छ, तुजुकलाग्दो पनि । डाँडो खारेर फुटबल मैदान बन्न थालेपछि गाउँले निकै खुसी छन् । खासुरवासी ८६ वर्षीय तीर्थबहादुर घले पनि उत्तिकै प्रसन्न भेटिए गाउँमा जो भारतीय सेनामा १५ वर्ष काम गरी घर फर्किएका हुन् ।
हरिया वनस्पतिले हावामा रहेको कार्बन डाइअक्साइड र जमिनको पानी संश्लेषण गरेर ग्लुकोज बनाउँछ । ग्लुकोज वनस्पतिको भोजन हो । यो प्रक्रियालाई प्रकाश संश्लेषण भनिन्छ । तर, प्रकृतिमा यस्ता वनस्पति पनि हुन्छन् जसले ग्लुकोजको अतिरिक्त भोजनका निम्ति सोझै कीरा–फटयांग्रा आहार बनाउँछ ।