कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

प्रतिक्रिया: ‘बाघदरबारको तथ्य गलत’

काठमाडौँ — असार १६, शनिबारको कान्तिपुरमा लेखिएका रचना र विवरणमा निम्न सुझाव दिन चाहन्छु :
—वागदरबारसम्बन्धी लेखिएको विवरणमा माथबरसिंह थापाले बाघ पालेर दरबारको नामकरण बाघ दरबार लेखियो भंनिएको कुरा सही होइन ।

प्रतिक्रिया: ‘बाघदरबारको तथ्य गलत’

असार १६, शनिबारको कान्तिपुरमा लेखिएका रचना र विवरणमा निम्न सुझाव दिन चाहन्छु :
—वागदरबारसम्बन्धी लेखिएको विवरणमा माथबरसिंह थापाले बाघ पालेर दरबारको नामकरण बाघ दरबार लेखियो भंनिएको कुरा सही होइन । त्यो दरबारमा राजा पृथ्वीनारायण शाहका भतिजाहरू बस्दै आएका थिए । पछि भीमसेन थापाले ती चौतारिया शाहहरूलाई बिभत्स तरिकाले अन्धो बनाएर जबरजस्ती लिएका थिए, त्यही बखतमै त्यो दरबारको नाम वागदरबार बनेको थियो । सुन्दर बगैंचाहरू अर्थात् वागले भरिएकाले नै वागदरबार नाम थियो । पछि के–के पालिए होलान् तर बाघ पलेर बाघ दरबार भएको कुरो सत्य होइन । अर्को कुरा राष्ट्रिय विभूति बडा काजी अमरसिंह थापा भनेका भीमसेन थापाका पिता होइनन् र त्यो बडाकाजीको दरबार पनि थिएन ।


नेपालको इतिहासमा २ जना अमरसिंह थापा थिए । ती हुन्— बडाकाजी अमरसिंह थापा जो नेपाल एकीकरणका नायक थिए । अर्काचाहिं जनरल अमरसिंह थापा जो भीमसेन थापाका पिता थिए ।


अर्काे, तिम्रो ग्याल्मो खोइ ? शीर्षक आलेखमा उसबखत नेपालका एक मात्र शक्तिशाली श्री ३ महाराज जंगबहादुर राणालाई रौतहटको पत्थरघट्टामा जारले काटेको कुरा सही होइन । त्यसका बारेका कथा, कविता, नाटकहरू काल्पनिक सोचाइमै आधारित हुन् ।


—ज्ञानमणि नेपालको ‘विभूति र सपूतिबारेको विमति’ सम्बन्धमा मेरो सहमति छ । नेपाल इतिहासको पुनर्लेखन गरेर राष्ट्रिय विभूति, सहिद, सेना नायक, राष्ट्र नायकहरूको मूल्यांकन होस् । २०६३/६४ का आन्दोलनपछि यो पक्षमा मनपरितन्त्र बढेको छ । जसलाई पनि सहिद र विभूति बनाउने चलन बढ्यो भने कतिपय पात्रपात्राहरू वीर वीरांगना बनिए ।
—डा. प्रेमसिंह बस्न्यात
सदस्य, नेपाल इतिहास संघ

प्रकाशित : असार ३०, २०७५ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?