२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

प्रदीपका कथाहरू

पुस्तक प्राप्ति

काठमाडौँ — कम्युनिस्ट राजनीतिक पृष्ठभूमि र विगतमा राज्यसत्ताको निकटमा रहेर बसेका लेखक प्रदीप नेपाल यस पटक समसामयिक विषय र सामाजिक सन्दर्भलाई कथाका रूपमा लिएर पाठकसामु आएका छन् ।

प्रदीपका कथाहरू

साझा प्रकाशनबाट हालै प्रकाशनमा आएको कथासंग्रह ‘देशको खोजी’ मा कथाकार नेपालले आफ्नो भनाइ राख्ने क्रममा भनेका छन्, ‘कथाहरू समाज र चेतनाका प्रतिविम्ब हुन् । मलाई यस्तो लाग्छ । कथामा कल्पना हुन्छ तर कथाकारको कल्पना मात्र होइन कथा । कथाकार वरिपरिको परिवेशले कथाको चेतनालाई एक हदसम्म नियन्त्रण गरेको हुन्छ । त्यसैले कथा समाजको छविचित्र हुन्छ ।’


विगतमा सञ्जय थापाका नाममा लेख्ने नेपालका ‘खुइते कडेरिया’, ‘देउमाईको किनारमा’, ‘नओइलाउने फूल’ चर्चामा आएका उपन्यास हुन् । तर, स्वप्रचार र परिचय हुने गरी अहिले आएको कथासंग्रहमा नसुहाउँदो गरी आफ्नो अन्तर्वार्तासमेत संकलन गर्ने लोभ कथाकार नेपालले देखाएका छन् । पाठकका लागि कथाकारको एउटा ‘व्यक्ति परिचय’ काफी हुन्छ, यस्तो संग्रहमा समेट्न । १४ वटा कथा संगृहीत कृतिको मुल्य २३५ रुपैयाँ राखिएको छ । साझा प्रकाशनले कथाकृतिको अन्तिम पृष्ठमा लेखेको परिचय–टिपोट पनि ‘अनावश्यक स्तुति’ जस्तो देखिन्छ । टिपोटमा लेखिएको छ, ‘प्रदीप नेपाल नेपाली साहित्यमा परिवर्तनकामी अक्षरको नाम हो । जसको आरोहणमा प्रत्येक समयले आफ्नै धुन भेटेर आफैं मुस्कुराइरहेको आभास पाउँछ ।’

प्रकाशित : असार ३०, २०७५ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?