प्रेरक पत्रहरू

पुस्तक प्राप्ति

काठमाडौँ — प्राध्यापक आलन माकफार्लान क्याम्ब्रिज विश्वविद्यालयका निवृत्त प्राध्यापक हुन् । योभन्दा बढी केही नैतिक र मनोवैज्ञानिक विचार तथा सकारात्मक सोचका कुराहरूलाई जोडेर आलनले लेखेका पत्रहरू आज बाहिरी विश्वका लागि पनि पठनीय सामग्री बनेका छन् ।

प्रेरक पत्रहरू

विशेषत: स्कुले उमेरका केटाकेटीले ‘किन’ भनेर उठाउने सवाल–जवाफलाई प्राध्यापक आलनले आफ्नी नातिनी लिलीलाई पत्र लेखेजस्तो गरी विषयगत रूपमा समेटेका छन् । यो सामग्री आज चिनियाँ, जापानी, कोरियन तथा पूर्वी–पश्चिमी युरोपेली भाषाहरूमा अनुवाद भइसकेको छ । यही सामग्रीलाई टेकबहादुर गुरुङ र अनिता गुरुङले नेपाली भाषामा अनुवाद गरेका छन् । हालै रत्नपुस्तक भण्डारले बजारमा ल्याएको ‘लिलीलाई पत्रहरू’ भित्र ३० वटा विषयगत सामग्री छन् । यसमा हिंसा,
युद्ध, लडाइँ, जादु, बोक्सी प्रथा, भोक आदि बारेमा नैतिक मन्थन र धारणा समेटिएको छ । तर, भाषाको अनुवाद र शैलीमा एकरुपता नहुँदा ‘लिलीलाई पत्रहरू’ पठन दृष्टिमा भने त्यति सरस छैन । १२५ पृष्ठको किताबको मूल्य २५० रुपैयाँ तोकिएको छ ।

प्रकाशित : असार ३०, २०७५ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?