गणतन्त्र नेपाल 

कविता

काठमाडौँ — हस्तरेखाजस्तो आफौमा टाासिएको गरिबी
कुवाझौ खोपिल्टा परेका आाखामा हुर्किएका सपना
प्रत्येक पल मरिरहेका तिनै सपनाहरुसाग
शोकगीत गाइरहेको छापामार शैलीको आवेश
वा तिमीले बोकेर हिाडेका शक्तिपीठहरुको आक्रो

गणतन्त्र नेपाल 

मानिसहरु अझै उस्तै छन् जस्तो पहिला थिए ।

हस्तरेखाजस्तो आफौमा टाासिएको गरिबी
कुवाझौ खोपिल्टा परेका आाखामा हुर्किएका सपना
प्रत्येक पल मरिरहेका तिनै सपनाहरुसाग
शोकगीत गाइरहेको छापामार शैलीको आवेश
वा तिमीले बोकेर हिाडेका शक्तिपीठहरुको आक्रोश

स्कुल त्यही हो, जहाा अहिले पनि मारिन्छन् शिक्षकहरु
बालकहरुले गाउने राष्ट्रगान खोसेर
तिम्रो भक्तिगीत राखिादैमा
तिम्रै स्तुति घोकेर हरियो रुखजस्ता सैनिकहरु उभिादैमा
भााचेर कलम पत्रकारहरु मुग्लान भासिादैमा
प्रोफेसरको ओखरे गिदी भुटेर स्कच पिलाउादै सिद्धान्त
भट्याउादैमा
कहाा फेरियो खै समय ?
तर तिमी डिङ्ग हााकिरहेछौ नयाा नेपालको ।

औालाको नङमा आलै छ मतदानको चोट
सहिदको रगतजस्तै सांसदहरुको निधारको रातो अबीर
र छातीमा टल्किएको सुनौलो ब्याज
च्यातिएका घोषणा–पत्रहरु
बल्दाबल्दै निभाइएका टायर
र त्यसबाट उडिरहेको धूवाा
यत्रतत्र भेटिन्छन् सडकपेटीहरुमा
भर्खरै फालेको निरङ्कुशताका अवशेष
र अधिनायकवादका जुत्ताहरु
उस्तै छन् फेरि पनि
भिन्न भएकै कहाा छ र आम दु:खको पहाड ?

केही भिन्न छैनन्
गणतन्त्र नेपालमा
सबै उस्तै छन्
उस्तैउस्तै नै छन्
फरक यत्ति हो
हामीले फालेको २५ सय वर्ष पुरानो मूर्तिको ठाउामा
तिम्रो मूर्ति बनाइरहेछन् कालीगढहरु ।

-मणि लोहनी
[email protected]

प्रकाशित : असार ३०, २०७५ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?