‘आज म वर सरें’

कविता

काठमाडौँ — गुरूजी आज म वर सरो
तपाईं र तपाईंका अनुयायीहरुको भाषामा
‘म पर सरो’, तर होइन– ‘म वर सरो’

‘आज म वर सरें’

गुरूजी आज म वर सरो
तपाईं र तपाईंका अनुयायीहरुको भाषामा
‘म पर सरो’, तर होइन– ‘म वर सरो’
आज मलाई सन्चो छैन
ढाड, पिाडुला, तल्लो पेट जर्बजस्त दुख्दै छ
त्योभन्दा बढी मेरो टाउको दुख्दै छ
तपाईंको प्रबचनको वाणीले मेरो मुटु छेड्दै छ
तपाईं जान्ने सुन्ने, तपाईं देउताको ठेकेदार
तपाईं सही, तपाईं सफेद
अब मैले तपाईंको दर्शन पाउादिना
तपाईंको देउताको गुनगान सुन्न पाउादिना
पुराणको वकालत जो गर्दै हुनुहुन्छ– आफ्नै शैलीमा
म पशु हुन्छु भन्ने निर्णय जो गर्दै हुनुहुन्छ
सााच्चै गुरूजी, तपाईं भूत, वर्तमान, भविष्य सबै देख्नुहुन्छ
तपाईं त देउता पनि देख्नुहुन्छ होला है
गुरूजी नढााटी भन्नुस् न,
तपाईंको देउतालाई मेरो शरीरबाट बगेको रगतले के असर गर्छ ?
मेरो रगतले असर गर्छ भने
तपाईंको शरीरबाट बगेको वीर्यले नि असर गर्छ होला
तर, तपाईं त कहिले पर सर्नुहुन्न
कि तपाईंको देउतालाई रातो मात्र मन पर्दैन ?
त्यो पनि कसरी होला र ?
तपाईं नै हो, दैनिक उनको आकृतिमा रातो रंग छरिदिने
सााच्चै, तपाईंको देउतालाई किन छुन नहुने ?
म त मेरो देउताको पूजा गर्छु गुरूजी
मेरा देउताले रजस्वलालाई मेरो ‘वीरता’ भनेका छन्
म ‘सृष्टिकर्ता’ भनेका छन्
म ‘पवित्र’ भनेका छन्
तिमी रजस्वला भएको पवित्र समयमा भेट्न आऊ भनेका छन्
त्यसैले गुरूजी म त पशुपति जान्छु
म गिर्जाघर जान्छु
म मस्जिद जान्छु
म बुद्धलाई भेट्न जान्छु
मेरा अरु देउतालाइ भेट्न जान्छु
मरो रजस्वलामा पर होइन, वर सर्छु
र, समानता अट्ने धर्मको जग खन्न खोज्दै छु
जहाा मेरो देउताहरुको कसैले दुष्प्रचार गर्ने आाट गर्ने छैन
किनकि गुरूजी तपाईंको देउता फेल भैसके !

-सुनिता मैनाली

प्रकाशित : असार ३०, २०७५ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?