कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यो जिन्दगी ख्वै के जिन्दगी

फोकस आउट
विमल खतिवडा

काठमाडौँ — गाउंघर पुग्दा पाका–पुरानाहरु तमाखुको तलतल मेटिरहेका भेटिन्छन् । महिला–पुरुष दुबै यो तलतल मेटाउनमा तल्लिन हुन्छन ।

यो जिन्दगी ख्वै के जिन्दगी

कसैले काठको त, कसैले बांसको तमाखु तान्ने भाडो बनाएका हुन्छन । यतिसम्म कि विहान उठ्नेबित्तिकै तमाखु नतानी कतै जान तयारै हुदैनन । यस्तै तलतल मेटाईरहेको बेलामा भेटिइन्—चितवनको इच्छाकामना–१ स्थित तिलबुङ खोलाकी सानीमाया चेपाङ, ७४ । उनले १८ बर्षको उमेरदेखि तमाखुको तलतल मेटाउंदै आएकी छिन् रे । उनलाई नाती साईला चेपाङले बाँसको तमाखु खाने भांडो बनाईदिएका रहेछन् । खाना खाएपछि उनी माटाको भाडामा कोइला राख्छिन, त्यसलाई तमाखुमा भर्छिन । त्यसमा सुर्ति राखेर धुवां उडाउंदै तान्छिन् । औषधीजस्तै उनी विहान, दिउंसो र सांझ तमाखु तानेर आफ्ना हैरानीहरु भुल्छिन । सानीमायाका लागि तलतल मेटाउने यो उपाय नसाजस्तै भैसकेको रहेछ—तमाखु तलतल ।

प्रकाशित : असार ३०, २०७५ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?