कोसेली

Koseli

गृहिणी : तेहरो भूमिका

न कसैले देख्छ, न बुझ्छ । न सम्झन्छ, न विवेकी भएर सोच्छ । एउटी छोरी मान्छे भएर नेपाली समाजमा जन्मनुको अर्थ के हो ? सधैंभर आफ्ना लागि होइन, अरूका लागि बाँच्ने ? ‘निर्णायक’ कहिल्यै हुन सकिएकै छैन, पुरुषकै निर्णय कहिलेसम्म पर्खिरहने ? कहिलेसम्म बेहोरिरहने यो तेहरो भूमिका ?

गृहिणी : तेहरो भूमिका

काठप्रेमी संसार

काठ, काठका संरचना र काष्ठकलाको इतिहास हामीसँग छ । बाह्रौं शताब्दीमा बनेको काष्ठमण्डपको इतिहास हामीसँगै छ जसको आज दुर्दान्त हालत छ । साँच्चै— काठलाई माया गर्ने, जोगाउने र संरक्षणको प्राथमिकतामा राख्ने सोचाइ भने हामीमा पलाएकै छैन । काष्ठकला संरक्षणका नाममा हामीकहाँ धेरैजसो विकासे काम मात्रै भएका छन् ।

काठप्रेमी संसार

ह्दयनजिकै ‘टिम्बक्टु’

ह्दयलाई हल्लाउने गरी एउटा फिल्म छ— टिम्बक्टुु । ओस्कार, पाल्मेडियोर, बाफ्टालगायतका विश्वचर्चित प्रतियोगितामा उत्कृष्ट नोमिनेसनमा परेको मौरिटानियन–फ्रान्सेली फिल्म ‘टिम्बक्टु’ को निर्देशन अब्डेरामाने सिसाकोले गरेका हुन् । ‘टिम्बक्टु’ फिल्म हाम्रो जिन्दगी, विडम्बना, दमन र असह्य तिक्ततासँगको संघर्ष कथा हो ।

ह्दयनजिकै ‘टिम्बक्टु’

‘पेसमेकर’ महँगो, तबला सस्तो

कला, संस्कृति, संगीत र कथित पृष्ठभूमि गाँसेर संस्कृति मन्त्रालयसमक्ष पुगेका विभिन्न संघसंस्था/व्यक्तिलाई राज्यले भर्खरै मात्रै करोडौं रुपैयाँ बाँडेको छ । तर, एक जना ‘गोल्ड मेडलिस्ट’ तबलावादक भने मुटुको चाल स्थिर गराउन ‘पेसमेकर’ किन्न नसकिरहेकै निरीह अवस्थामा डेराकोठामा सुस्ताइरहेका छन् ।

‘पेसमेकर’ महँगो, तबला सस्तो

संसार हेर्ने कि टापु ?

सञ्जयका अघिल्ला दुई पत्नी ऋचा शर्मा र रिया पिल्लै तथा जेठी छोरी त्रिशालाबारे पनि फिल्म मौन छ । बरु सञ्जयका कति महिलासँग सम्बन्ध भए भन्ने कुरालाई उनले महत्त्व दिएका छन् । हिरानीले सञ्जयको जीवनलाई फिल्मजसरी नै सम्पादन गरिदिएका छन् । तर, यो सम्पादनमा राम्रा मात्रै फुटेज राखिएको छ ।

संसार हेर्ने कि टापु ?

मायाले मात्र पुग्दैन

सन् १९६७ मा जोन लेननले लेखे— तिमीलाई माया मात्र चाहिन्छ । उनले आफ्ना दुवै श्रीमती कुटे, आफ्ना एक सन्तानलाई त्यागे, यहुदी मूलका आफ्ना गे प्रबन्धकलाई उनको पहिचान र जातको विषयमा गाली गरे, एक पटक आफू दिनभरि नग्न अवस्थामा सुतेको भिडियो अरूलाई खिच्न लगाए । त्यसको ३५ वर्षपछि अमेरिकी ब्यान्ड नाइन इन्च नेल्सका ट्रेन्ट रेज्नरले लेखे–मायाले मात्र पुग्दैन ।

मायाले मात्र पुग्दैन

सिकारीको सिकार सोख

ढोरपाटन सिकार आरक्षमा गत आर्थिक आर्थिक वर्षमा १९ नाउर र १० झारलको सिकार भएको रहेछ । नेपाल आएर र वन्यजन्तु सिकार गरेर विदेशी इलिटहरूले वर्षौं वर्षदेखि आफ्नो सोख पूरा गर्दै आएका छन् ।

सिकारीको सिकार सोख

यौन कथाको सँगालो

मानवीय जीवनमा सर्वाधिक खोजिएको चीजमध्ये यौन पनि एक हो । कति र कुन हदसम्म गोप्य राख्न सकिन्छ र ? कहीं न कहीं कुनै न कुनै रूपमा प्रकट हुन्छ । यौनमैं जोडिएको हुन्छ—माया, प्रेम र विश्वास । समाजका यिनै तथ्यलाई बस्नेतले ‘अनुहारहरू’ कथासंग्रहमा समेटेका छन् ।

यौन कथाको सँगालो

बुद्ध र रावण

मुनिन्द्ररत्न वज्राचार्यले जस्तो अनुभव गरेका छन्, मेरो अनुभव पनि ठ्याक्कै त्यस्तै छ । केही समयअगाडि श्रीलंका पुगेका थिए, उनी । त्यहाँ पुगेयता उनले एक श्रीलंकाली साथीलाई सुनाए छन्, ‘ओहो, रावणजस्तो राक्षसको देश पो हो है ।’ उनको यो भनाइमा ती साथीले विमति राखेछन् र भनेछन्, ‘रावण त निकै बुद्धिमान पो हुन् त ।’ मैले पनि श्रीलंका पुगेयता यस्तै प्रश्न त्यहाँका केही पत्रकारलाई राख्दा उत्तर उस्तैउस्तै थियो ।

बुद्ध र रावण

अमेरिकी भोगाइ कथामा

अमेरिकामा नेपालीले भोगेका नकारात्मक पक्ष मात्रै उठाइएको हेर्दा ‘कथाकार राजव चर्कै देशभक्त हुन् कि झैं’ भन्न सकिने ठाउँ छ । राजव एक दशकयता अमेरिका बस्दै आएका छन् । लेखक आफैं पनि अमेरिका बसाइमा सन्तुष्ट नभएको संकेत यी कथाहरूबाट पाउन सकिन्छ । यदि यो कुरा सत्यमा बदलिने हो भने कथाकार राजवलाई काठमाडौंका गल्लीमा अब छिट्टै देख्न पाइने हो कि ?

अमेरिकी भोगाइ कथामा

सुनैना छलाङ

सिमसिमे पानी पर्दै थियो । जिन्सको पाइन्ट र फूलबुट्टे सर्टमा एक इन्च अग्लो हिल लगाएकी सुनैना ठाकुरलाई त्यो पानी, पानीजस्तो लागिरहेको थिएन । रुझिन्छ कि भन्ने चिन्ता उनमा फिटिक्कै थिएन । फुर्रर उडिरहेको कपाल सम्याउँदै उनी ग्यालरीतिर लम्किइन् । यदि यही परिस्थिति (झमझम पानी) र उस्तै हुलिया (जिन्स पाइन्ट) माझ सुनैना यदि उनकै कर्मथलो जनकपुरमा भएको भए, के हुन्थ्यो होला ?

सुनैना छलाङ

नेप्से : खै बुझिएन !

सामान्यजनलाई नेप्से एउटा रहस्यमयी शब्द लाग्छ । तान्त्रिकको गुह्य मन्त्रजस्तो, कुनै अलौकिक चीजजस्तो  सेयर बजारसम्बन्धी जनचेतना जगाउने कार्यक्रम सञ्चालन गर्ने सिलसिलामा पाँच महिनाअघि म पूर्वको एक सहरमा गएको थिएँ । कार्यक्रमका प्रमुख अतिथि सत्ताधारी दलका एक सांसद थिए ।

नेप्से : खै बुझिएन !

उपत्यका एक दिन

तस्बिरमा काठमाडौं उपत्यकाभित्रका केही ‘सिग्नेचर आइकन’ देखिन्छन् । फोटोग्राफर जगदीश तिवारीले बाहिरी विश्वमा नेपाललाई चिनाउन यी तस्बिरहरु खिचेका थिए, झन्डै १० वर्षअघि ।

उपत्यका एक दिन

दोख

सिमाली डाँडामा दिउँसो बाह्र बजे भूतहरू खाजा खान आउँछन् । त्यतिबेला पुग्नेलाई भूतले सर्लक्कै निल्छ ।’ कृष्ण दाइले नै हो गाउँका केटाकेटीहरूमाझ पहिलोपल्ट यो कुरा प्रचार गरेको । भर्खर किशोरावस्था सुरु भएको बेला म पनि कृष्ण दाइका कुरा खुब चाख मानेर सुन्ने गर्थेँ ।

दोख

ओलीको रेपा दर्शन, सुब्बाको भयवाद

यस पत्रमा वैशाख, जेठ र असारमा हङकङ विचरणका मेरा तीन थान संस्मरण छापिए । एक थानमा मैले देश सुब्बाको सरलरेखीय भयवादमाथि मलुवा टिप्पणी गरेको थिएँ । एकाध जिज्ञासा, एकाध व्यङ्ग्य र एकाध कटाक्षको सम्मिश्रण थियो त्यो । निकै दिनपछि सायद निकै गमेर र निकै कनेर श्री सुब्बाद्वारा प्रतिक्रिया गरियो । र, प्रकट भयो त्यो प्रतिक्रिया २३ असारको कान्तिपुरे कोसेलीमा । प्रतिक्रिया गर्ने कष्टपूर्ण चेष्टाबापत सुब्बासाहेपलाई मेरो भारी साधुवाद । 

ओलीको रेपा दर्शन, सुब्बाको भयवाद