कोसेली

Koseli

वीरेन्द्र बियर खोज्दै...

राजा वीरेन्द्रका नाममा विज्ञापित एउटा बियर ब्रान्डले युरोपेली मुलुकदेखि नेपालका कुनाकानीसम्म समाचार फैलाउने काम गर्‍यो । चर्चा–परिचर्चाको उत्कर्षमा कति सोखिनहरू वीरेन्द्र बियर खोज्दै ठमेल र दरबारमार्गतिर पनि टहलिएका भेटिए । एक जना नियात्राकार भने वीेरेन्द्र बियर खोज्दै स्विजरल्यान्डको जुरिच पुगेका रहेछन्, यो बियर उत्पादक मालिक आद्रियान वेबरलाई भेट्ने गरी ।

वीरेन्द्र बियर खोज्दै...

उही सरिता मिस

राजधानी फोहोरले आक्रान्त छ अहिले । यहाँको फोहोर व्यवस्थापनको समस्या धेरै पुरानो हो । यस्तै व्यवस्थापन समस्या झेलिरहेको काठमाडौं–१८ मा फोहोरलाई तह लगाउने सत्पात्र बनेकी छन्— सरिता मिस अर्थात् सरिता बज्राचार्य ।

उही सरिता मिस

घाउँके हावासिल

रुपन्देहीको गैडहवा ताल र आसपास विश्वमै संकटमा पर्न लागेको मनमोहक ‘घाउँके हावासिल चरा’ देखिएका छन् । अनुसन्धानकर्ता प्रशान्त घिमिरेले यो चरा पहिलो पटक देखेका हुुन् । फिरन्ते जातको यो दुर्लभ चरा भाले–पोथी र एउटा बच्चा सँगै चारो टिपिरहेका थिए ।

घाउँके हावासिल

मामुरगन्जमा बीपी र म

त्यो समयलाई सबैले ‘कडा–काल’ भन्थे । सिकारु लेखक ध्रुवचन्द्र गौतमले राजनीतिज्ञ एवं साहित्यकार बीपी कोइरालालाई बनारसमा पहिलो पटक भेटेका थिए । भेटवार्तापछि बीपीले भनेका रहेछन्, ‘चिठी लेख्नुहोला । कि डराउनुहुन्छ ?’ दुर्भाग्य † त्यो कडा–कालमा ‘डराएर’ होइन, बरु बीपीको पत्राचार ठेगानै नपाएर ध्रुवचन्द्रले कहिल्यै चिठी लेख्न पाएनन् ।

मामुरगन्जमा बीपी र म

रुसमा नेपाल झल्को

रुसको राजधानीबाट करिब ९० किलोमिटरको यात्रामा कलुगा पुगेपछि ‘इथ्नो वल्र्ड’ को प्रवेश गरेलगत्तै एउटा गेटमा देखिन्छ— वेल्कम टु नेपाल हाउस । यो ठ्याक्कै काठमाडौंको न्युरोड गेटजस्तै छ । गेटभित्र दुवैतिर पाटी छन्, जसले भक्तपुर वा पाटन दरबार क्षेत्रको झल्को दिन्छ ।

रुसमा नेपाल झल्को

श्रम–शिविर आडैमा विश्वकप

 खाडी मुलुक कतारमा सन् २०२२ मा हुन लागेको विश्वकपलाई लिएर वाहिरी विश्वले हरतरहले आलोचना गरिरहेकै भए पनि आफूले श्रम–पसिना पोखेको कतारी भूमिमा आँखैसामु फुटबलको रौनक हेर्न हजारौं नेपाली कामदार प्रतीक्षारत छन् । एक दिन, दुई दिन गर्दै अब प्रतीक्षाको घडी टुंगिनै लागेको छ ।

श्रम–शिविर आडैमा विश्वकप

पौड्यालका मूच्र्छनाहरू

सिक्किमेली कवि रुद्र पौड्याल अलिक बढी अन्तर्मुखी स्वभावका लाग्छन् । उनका लेख, रचना, कथा र कविताहरू पनि सतहमा केही नदेखिने तर भित्री हुँकार भएका सृजनाझैं लाग्छन्— स्रष्टा स्वभावअनुसार ।

पौड्यालका मूच्र्छनाहरू

ग्वंगको रङ्ग संसार

कला, संस्कृति, सभ्यतामाथि कलम चलाइरहने ८२ वर्षीय लेखक तेजेश्वरबाबु ग्वंगको लेखन सक्रियता टीठलाग्दो छ । उनी अझै पनि दैनिक पत्रपत्रिका, साहित्यिक पत्रपत्रिका आदिमा नियमितजसो लेखिरहन्छन् ।

ग्वंगको रङ्ग संसार

सरस–सरल कथाहरू

मध्यम र निम्न मध्यमवर्गीय परिवारले बेहोरेको दु:ख–कष्टको कथानक लिएर आएका छन्— योगेन्द्र तिमिल्सिना । २१ वटा लघु आकारका कथाको संग्रह ‘अनन्त आकाश’ लिएर आएका योगेन्द्र आजको पुस्ताका पाठकका लागि नयाँ नाम भए पनि यी स्रष्टा नयाँ भने होइनन् ।

सरस–सरल कथाहरू

कुन्ताको मान्छे

संवत् ४० को दशकमा एउटा कविताले तरंग ल्याएको थियो, ‘पोथी बास्नु हुँदैन’ । नारी विद्रोह र चेतनाको बिगुल फुक्ने यही कविताका कारण कुन्ता शर्मा उनको थातथलो धरानबाट टाढा–टाढासम्म चिनिएकी थिइन् । खासमा राजनीतिक चेतना र प्रगतिशील गतिविधिमा जोडिएकै कारण उनी कवितामा विद्रोह लेख्थिन् ।

कुन्ताको मान्छे

अर्थपरक यात्रा

आफूले देखेको नयाँ कुरा र भोगाइलाई आफूसँगै राख्ने धेरै हुन्छन् । तर, जसले ती अनुभव पुस्तकाकार रूपमा बाहिर ल्याउँछन्, उनीहरू मूल्यांकन र तुलनाको तुलोमा चढिहाल्छन् । अहिले नियात्राकार गीता रेग्मी पनि यस्तै अनुभूतिको तुलना लिएर बजारमा आएकी छन्, ‘पत्थरै पत्थर’ संग्रहमार्फत ।

अर्थपरक यात्रा

समालोचनाको गुटबन्दी

नेपाली समीक्षा गुटबन्दी र दलबन्दीमा फँसेको छ । आफ्नो गुटको लेखक छ भने उसको आँखा चिम्लेर प्रशंसा गरिन्छ । आफ्नो दलको दौंतरी लेखक छ भने उसको दोषलाई देखाउने गरिंदैन । समालोचना र समीक्षा होइन, यहाँ ‘परिचय’ हावी भएको छ ।

समालोचनाको गुटबन्दी

सर्वोच्च शिखर ‘ट्रान्जिट’

ओखलढुंगामा जन्मिए पनि बाल्यकालमै काठमाडौं फर्किएका युगकवि सिद्धिचरण श्रेष्ठको ‘ओखलढुंगा’ कविताको अंश हो यो । त्यतिखेर पैदल हिँडेर राजधानी आवतजावत गर्नुपर्ने भएकाले रामेछापमा पर्ने तामाकोसी र काभ्रेमा पर्ने रोसीलाई समेत युगकविले कवितामा जोडे ।

सर्वोच्च शिखर ‘ट्रान्जिट’

यताका ढोई, उताका मत्ता

सबैभन्दा बढी हात्तीपीडित र प्रभावित भनेर चिनिएको बाहुनडाँगीले जानीनजानी हात्तीमाथि अन्याय गरेझैं लाग्छ । बंगालबाट बाहुनडाँगी हुँदै कोसीटप्पु आउने मत्ता (भाले) हात्तीहरू खासमा यताका ढोई (पोथी) सँग प्रेम र संसर्ग गर्न हत्ते हालेर लामो यात्रामा निस्केका रहेछन् । तर, अहिले बाहुनडाँगीको सीमावर्ती जंगलमा विद्युतीय तारबार लगाएपछि मत्ता–ढोईबीच न प्रेम छ, न संसर्ग नै ।

यताका ढोई, उताका मत्ता

लिपि : बहस कम, विवाद धेरै

नेपालीमा लिपि शब्दले भाषालाई स्थायी रूप दिन प्रयोग हुने ध्वनिहरूको रेखात्मक चिह्नहरू हुन् । यसलाई अंग्रेजीमा स्क्रिप्ट भनिन्छ । लिपिको विकास भाषाको विकासभन्दा कान्छो हो । संसारमा प्रचलनमा रहेका अधिकांश लिपि चित्र लिपिबाट आरम्भ भएका हुन् ।

लिपि : बहस कम, विवाद धेरै

एउटा ब्रान्ड–नेम

एउटा फरक धारको आन्दोलन जसले आफ्नो उत्कर्ष कालमा नेपाली साहित्य–संगीत क्षेत्रमा केही हलचल सृजना गरेको थियो । यो अझै पनि सम्झनाको फेरोमा बाँचिरहेकै छ । यो समूह राल्फाको विसर्जन भएको झन्डै दुई दशक व्यतीत भइसकेको छ । तथापि नयाँ पुस्तामा अद्यावधि राल्फाप्रतिको जिज्ञासा र कौतूहल मेटिएको छैन ।

एउटा ब्रान्ड–नेम

जहिले तिमी आऊ...

सुश्री शान्ति ठटाल नेपाली सुगम गीत–संगीत विधाकी अग्रज साधक हुन् । भारतको दार्जिलिङमा जन्मे–हुर्केकी ठटाल नेपाल–भारत मात्रै होइन, संसारभरकै नेपालीभाषीका लागि प्रियवर संगीतकार/गायिकाका रूपमा चिनिएकी छन् ।

जहिले तिमी आऊ...