घाउँके हावासिल

फोकस आउट
मनोज पौडेल

काठमाडौँ — रुपन्देहीको गैडहवा ताल र आसपास विश्वमै संकटमा पर्न लागेको मनमोहक ‘घाउँके हावासिल चरा’ देखिएका छन् । अनुसन्धानकर्ता प्रशान्त घिमिरेले यो चरा पहिलो पटक देखेका हुुन् । फिरन्ते जातको यो दुर्लभ चरा भाले–पोथी र एउटा बच्चा सँगै चारो टिपिरहेका थिए ।

घाउँके हावासिल

‘डेढ सय वर्षअघि काठमाडौंमा पहिलो पटक यो चरा देखिएको थियो,’ चराविद् डा. हेमसागर बरालले भने, ‘सन् १९९६ मार्चमा कोसीमा १ सय २० वटा देखिएको थियो ।’ त्यसपछि यो चरा चितवनमा २००५ मा देखिएको थियो । कोसी र चितवनबाहेक तराईमा पहिलो पटक रुपन्देहीमा देखिएको हो । यो चराको आहारा माछा र भ्यागुता हो । बाणजस्तो ठुँडले यसले आहारलाई सिकार बनाउँछ । पानीमा बस्ने यो चरा भारतको केरला र गुजराततिर बढी पाइन्छ । पेलिकन जातको यो चरा विश्वमा ८ प्रजातिका पाइन्छन् । गत वर्ष वैशाख पहिलो सातामा चितवनको बरन्डारभार जंगलमा ३ वटा ‘ठूलो घाउँके हावासिल’ चरा फेला परेको थियो । चितवनमा फेला परेको र रुपन्देहीमा फेला परेको चरा एउटै परिवारको भए पनि फरक प्रजातिका हुन् ।

प्रकाशित : श्रावण १२, २०७५ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?