कोसेली
श्रावण १९, २०७५

बहकिएको बहस

बिहान ‘बलात्कारीको लिंगछेदन गरौं’ भनेर सामाजिक सञ्जालमा चर्किसकेपछि हामी दिउसो शिवलिंगलाई अँगालो हालेर फोटो खिच्छौं र, बेलुका फेरि उही नाराको साथमा हाजिरी जनाउँछौं । लिंग भनेको सर्वोच्च हो, पूजा गर्नलायक हो भनेर छोरीहरूलाई सिकाइसकेपछि हामी छोरा नभएर बाबुको किरिया गर्नबाट रोकिएकी छोरीको समर्थनमा स्टाटस लेख्छौं ।

खाडीका पाँच व्यथा

रेगिस्तानी भूमिमा दिनहुँ सयौं र हजारौं नेपालीले श्रम–पसिना बगाइरहेकै छन् । घरपरिवार पाल्ने र अलिक सुखचैनको जीवन बिताउने झिनो सपना पालेर श्रमजीवी बन्न गएकामध्ये केहीको हालत भने साँच्चै दुर्दान्त देखिन्छ, सुनिन्छ । सपनाबाट हठात ब्युँझेर कहालीलाग्दो विपना भोगिरहेका केही प्रतिनिधि पात्र यहाँ आफ्नो कहर सुनाइरहेका छन् ।

सर्पका साथी

गत शुक्रबार बिहान मात्रै मोरङ, उर्लाबारीको सेक्टर वन कार्यालय परिसरमा भेटिए प्रेम विष्ट । सामुमा थिए— दुई गोमन सर्प । कार्यालयका कर्मचारीलाई सर्पबारे ‘ब्रिफिङ’ दिनमा व्यस्त देखिन्थे प्रेम ।

ADVERTISEMENT

कि त जोत हलो...

तरुण उमेरमै भीमदत्त पन्तले परिवर्तन र फेरबदलका अनेक सूत्र पहिल्याए । २६ वर्षे उमेरमै ज्यान गुमाएका यी अल्लारेको नामै काफी थियो— साहुमहाजन र थिचोमिचोमा रमाएकालाई ठेगानमा ल्याउन । डडेल्धुरा, डोटी, बझाङ, बैतडीका गाउँगाउँमा पुगेर उनी भन्थे, ‘गरिबका नाममा बनेका तमसुकहरू सबैले जलाइदिनू, नजलाया राम्रो हुन्या छैन ।’

हिउँका फूलहरू

संसारले हेर्दा हिमालहरूले भरिएको देशको बासिन्दा हुँ । विदेश जाँदा पनि सोध्छन् कतिले त, ‘सगरमाथा कति पटक चढेका छौ ?’ तर आफूले भने हिउँलाई छुने र हिउँसँग खेल्ने अवसर भने विदेशमा आएको बेलामा मात्र पाइन्छ । पहिलो पटक हिउँलाई छोएर मैले त्यसलाई अनुभूत गरेको तिब्बतमा हो, २०५० सालमा । त्यसपछि यदाकदा यस्तो अवसर आएको छ । गएको फेब्रुअरीको तेस्रो साता यसरी नै आयो मेरो अगाडि ।

नाम मात्रैको कम्युनिस्ट !

युवतीहरू चिटिक्क परेका खेलौनाजस्ता थिए, हाम्रो धरान, दुहबी वा पोखराका जस्ता थिए । अचानक मेरै अगाडि दुई महिलाको स्कुटी एकआपसमा ठोक्किएर दुवै जना लडेको देखें । तर, उनीहरू उठेर केही नबोली आआफ्ना सामान उठाएर बाटो लागे । यो देखेर मलाई आश्चर्य लाग्यो । 

साधुटार सेरोफेरो

कुम्भकर्ण हिमालसंँग जोडिएजत्तिकै चिटिक्कको पोखरी छ । पोखरीमा कञ्चनजंघा पहाडी चुचुराको स्पष्ट छाया देखिन्छ । पाँचथरको फिदिम–८, साधुटार प्रकृतिको रोमान्स थलो पो हो कि झैं देखिन्छ ।

‘म्युजिक भनेको गानाबजाना मात्रै होइन’

क्लासिकल गिटारवादनमा नाम कमाएका किशोर गुरूङ नेपाली लोकसंगीत विधाका समेत स्थापित अध्येता हुन् । उनले गुरूङ जातिको घाटु संस्कृतिमाथि अमेरिकाको हवाई विश्वविद्यालयबाट शोध गरेका छन् । उनको शोध पुस्तक ‘घाटु : अ न्यारेटिभ रिच्युवल म्युजिक ट्रेडिसन एज अब्जर्ड बाई द गुरूङ्ज अफ नेपाल’ विश्वसंगीतको शब्दकोश मानिने ‘गारालान्ड इन्साइक्लोपेडिया’ मा समेटिएको छ ।

ADVERTISEMENT
ADVERTISEMENT

ह्यात्रुङ खसिरहेछ...

मान्यज्ञानमा एउटा प्रश्न छ, ‘नेपालको अग्लो झरना कुन हो ?’ यसको जवाफ धेरैलाई थाहा छ । तर, जवाफमा आउने हयात्रुङ झरनाको थातथलोबारे भने थाहा छैन । तेह्रथुम जिल्लाको साविक सम्दु र इसिबु गाविस (हाल फेदाप गाउँपालिका ४ र ५ ) सीमामा यो झरना पर्छ ।

तामाङ संस्कृति र इतिहास विमर्श

गर्भवती तामाङ महिलाले गाईबस्तुको दाम्लो नाग्दैनन् । कुनै जन्तु काटमार गर्दैनन्, काटेको–मारेको हेर्दैनन् । जीव जनावर काटमार गर्दा जुन गतिले मर्छ, त्यस्तै सकलमा जन्मिन्छ भनिन्छ । गाईबस्तुको दाम्लो नाग्दा र शव बाँधेको हेरेमा पेटभित्रको शिशुलाई आन्द्राले बेर्छ भन्ने धारणा छ । जुनसुकै फलफूल राम्रो नफुली नपाकी टिप्दैनन् । सुनचाँदी गालेको हेर्दैनन् । बाँसको टुसा पनि भाँच्दैनन् ।

भूकम्प स्मृति–कथा

च्यासल फुटबल ग्राउन्डको सबैभन्दा तल्लो सिँढीमा बसेर कमिलाहरूको रमिता हेरिरहेथें । झन्डै एक बित्ता अग्लो दरबार थियो उनीहरूको । कति हतारमा दौडिएका हुन् कुन्नि, घरीघरी त बिसाउनु नि † हामी यो एउटा संसार भन्छौं तर यहाँभित्र अनेकौं संसार अटाएको हुँदो रहेछ ।

रंगीन दुनियाँका नायक

राजनीतिमा इमरानले धेरै उतारचढावपूर्ण यात्रा तय गरे, अनेक असफलतासहितको । त्यति बेला धेरै पाकिस्तानीलाई के लागेको थियो भने इमरान राजनीति गर्ने खालका मान्छे होइनन् । उनलाई सर्वत्र हाँसोको पात्र बनाइयो । तर, इमरानले हरेस भने खाएनन् । सुरुआती दिनका चुनावमा उनले हुनसम्म हन्डर खाए । निकै नमीठा हारहरू बहोरे तर कुनै पनि समय लडेर ढलेनन् ।

न बुझिन्छ, न बुझाइन्छ

हामीकहाँ बुझेर पढिंदैन, केवल रटिन्छ मात्रै । समाज बुझाइ र सामाजिक शिक्षाका किताबहरू गफका शास्त्रझैं लाग्छन् । हामीकहाँ विद्यार्थीको बौद्धिकता र क्षमता मापन गरिने विज्ञान र गणितजस्ता विषय मात्रै पढाइन्छ । समाजशास्त्र कहींकतै हराइरहेको छ । यो समाज बुझ्ने र बुझाउने यहाँ न शिक्षक छन्, न प्राध्यापक ।

ADVERTISEMENT
ADVERTISEMENT

चपु चमक

चलनचल्तीको बोलीमै मात्र भए पनि ‘स्मार्ट’ जमानामा चन्द्रनिगाहपुरको नाम छोटयाइएको छ— चपु । पूर्व–पश्चिम लोकमार्गको नयाँ नगर चपु पहिला रात्रि बसमा लुटपाट भइरहने स्थानको रूपमा कुख्यात थियो । दुई दशकअघिसम्म रौतहटको तत्कालीन यस गाउँलाई रात्रि बसबाट छिचोल्नेहरू अहिले पनि चपु भनेपछि सतर्क हुन्छन् । त्यस बेलाको यो बदनाम स्थानको महिला टिम अहिले नेपाली फुटबलकै उर्वर भूमिको रूपमा प्रतिष्ठित बनेको छ ।

उवा अर्थशास्त्र

नेपालको मुस्ताङ, मनाङ, कर्णाली भेगतिर उवा पर्याप्त पाइन्छ । नजिकको तीर्थ हेला भनेझैं उवा अहिले कर्णालीमै अपहेलित छ । काठमाडांैका मानिसलाई त उवाको बारेमा कुराकानी गर्‍यो भने कतिले त उवा र खुवा छुट्ट्याउन पनि सकिरहेका हुदैनन् । वास्तवमा उवा भनेको जौ नै हो । उवा आफैंमा ऊर्जा, सूक्ष्म पोषक तत्त्व, रेसादार पदार्थले भरिपूर्ण भोजन हो ।