कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पति र पत्नी

कविता
पत्रिका घिमिरे

काठमाडौँ — मलाई याद छ त्यो दिन
जब पहिलोपल्ट देखेको थिएँ

पति र पत्नी

पति :
मलाई याद छ त्यो दिन
जब पहिलोपल्ट देखेको थिएँ
मैले तिमीलाई
कसैले ल्याइदिएको तस्बिरमा
अमूक, अचल अनि भावशून्य आाखाले
हेरिरहेकी थियौ तिमी मलाई
त्यस दिन न त सोध्न सको
न त आजसम्म सकेको छु
‘के तिमीलाई म मन पर्छु ?’

मण्डपको कुरा विरलै याद छ मलाई
सायद बेहोसीमा पो थिएा कि
तर सुहागरात,
सुहागरात दुरूस्तै छ आजसम्म
‘के तिमीलाई याद छ पत्नी ?’
खुम्चिएकी थियौ तिमी
संकोचले भरिएको थिएा म
रातो माटोको बाटो थियौ कि तिमी
मुसलधारे झरीमा
चिप्लिएा हुत्त म र
लपक्कै भिजो मोहमा
पहिलो यौनको अनुभूति
‘तिमीले कस्तो अनुभव गर्‍यौ नि पत्नी ?’
न मैले आाखामा आाखा जुधाएर सोध्न सको
न तिमीले आाखा झुकाएर भन्न सक्यौ

के समयलाई रोकेर रोक्न सकिन्छ
एउटा म, अर्को तिमी
अनि सलबलाउदै सिंगो नयाा जिन्दगी
म अनि तिमी, म र तिमी
तिमी ‘तिमी’ म ‘म’ हुनै नपाई
‘हामी’ भएछौं
हामी ‘हामी’ हुनै नपाई ’हाम्रो’ हुादै छ ।

यो गतिहीन समय, छुकछुक रेलजस्तै
थाहा छैन
९ महिनाको यात्राले कहाा पु‍र्‍याउाछ
गााजेको छ एउटा नमीठो अत्यासले
र जकडेको छ अज्ञात भयले ।


पत्नी :
एक दिन देखाइयो तस्बिरमा
एक जोर कोरा आाखा र
उर्दी जारी गरियो ‘तिम्रो हुनेवाला पति’
सोध्दै सोधिएन प्रश्न
दिादै दिइना मैले उत्तर
सोध्दै नसोधिएको प्रश्नको दिादै नदिइएको उत्तरलाई
मौन स्वीकृति ठानियो सायद
‘के तिमीलाई सोधियो म कस्ती लागें भनी, पति ?’
झिलिक्क कपडा, टिलिक्क गरगहना,
सिन्दूर र मंगलसूत्र
के चाहन्थें म यी सबै ?
न त कसैले सोधे
न त मैले नै भनो

खुवाइयो ७ जुनीको कसम
तर सोधिएन
के चाहन्छौ तिमीहरु
७० वर्ष या ७ वर्ष या ७ सेकेन्ड
सागै बिताउन भनी
रटाइयो आदर्श पत्नीका गुणहरु
तर सिकाइएन
सुहागरातका आधारभूत कुराहरु
असह्य पीडा भयो पहिलो रात
‘के तिमीले पनि त्यस्तै पीडा महसुुस गर्‍यौ पति ?’
न तिमीले सुनायौ न मैले सुनो
‘के म तयार थिएा ?’
न मैले भनो न तिमीले बुझ्यौ
चुपचाप चुपचाप आासु
सुाक्कसुाक्क बगिरह्यौ, बगिरह्यौ
चुपचाप चुपचाप सुस्केरा
सुइय्य सुइय्य सुस्काइरह्यौ, सुस्काइरह्यौ

नयाानयाा, भिन्नभिन्न
तिम्रो परिवार, मेरो अभ्यस्तता
घडीको टिकटिक, समयको बहाव
चाहिएको रहेछ वंश बढाउने साधन
तिम्रो परिवारलाई
‘तिमीलाई के चाहिन्छ नि पति ?’
न सोध्न सक्छु म
न तिमी मेरा आाखा पढ्न नै
सबैलाई हुर्कंदो नयाा जिन्दगीको अर्थ
म एउटा सिंगो जिन्दगी
अर्थहीन त्योबिना
के हरेक नारी आमा बन्नकै लागि जन्मिएका हुन्छन् ?

गह्रुंगो बोझ बोकेर घस्रने
शंखेकीराझैं
घस्रादो यो घडीको टिकटिक
गह्रुंगो मन, गह्रुंगो शरीर
के यो बोझ चाहेकी थिएा मैले ?
प्रश्न सागसागै पर्खाइमा
भारी बिसाउने क्षणको ।

प्रकाशित : श्रावण १९, २०७५ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?