१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०
कोसेली

Koseli

आई हेट ‘स्कुल’

जेलमा दिनभरि कैदीको निगरानीका लागि जेलर हुन्छ भने स्कुलमा प्रधानाध्यापक । जेलमा जस्तै स्कुलमा पनि घण्टी हुन्छ । जेलमा कैदीहरू सजाय काटिरहेका हुन्छन्, आजभोलि स्कुल अनि पढाइ विद्यार्थीका निम्ति बोझ बन्दै छ । त्यसैले त घण्टी बज्नेबित्तिकै विद्यार्थीहरू स्कुलबाट दौडिएर भाग्ने गर्छन् ।

आई हेट ‘स्कुल’

माछी मार न हो...

गाउँमा सेना पुलिसमा जागिर खाने लहर थियो । भर्ती जाने सोचले उनी राजधानी पुगे । सुरुमा ब्रिटिस आर्मीमा छिर्ने रहर पलायो । सबै कुरामा पास भए । अन्तमा क्षत्रीको छोरो भएको कारण फालिए । त्यसपछि इन्डियन आर्मीमा गई हेरे तर मनले मानेन । नेपाली सेनामा एक नम्बरमा भर्ती भए ।  

माछी मार न हो...

जल–कौशल

प्रचण्ड गर्मीले अत्तिएका बेला विश्व सिमसार क्षेत्रमा सूचीकृत कपिलवस्तुको जगदीशपुर तालको हेड रेगुलेटरबाट हाम फालेर रमाउँदै । पौडीबाजझैं लाग्ने यी नानीहरु बढीमा २० मिटर माथिबाट हाम फाल्ने गर्छन् ।

जल–कौशल

एकासीवर्षे तन्नेरी

जर्मन नागरिक होल्गर ओभरम्यान ८१ वर्षका भइसकेका छन् । उनलाई सहजै हिँडडुल गर्न पनि गाह्रो छ । पछिल्लोपल्ट वैशाखमा नेपाल आउँदा चिप्लिएर लडेपछि उनलाई झनै गाह्रो भएको छ । तैपनि उनी हरेक साल नेपाल आइरहने क्रमलाई निरन्तरता दिनेमा विश्वस्त छन् । र, लड्खडिँदै भए पनि फुटबल मैदानमा पुगेकै हुन्छन् ।

एकासीवर्षे तन्नेरी

शंखेकिरा : ज्यानमारा जीव

हिजोआज ‘जेइन्ट अफ्रिकन स्नेल’ नामक शंखेकिरा करेसाबारी, फूलबारी, जथाभावी देख्न सकिन्छ । हेर्दा सानो, ढिलो हिँड्ने यो जीव निकै खतरनाक छ । यसले कृषिमा मात्र नभएर वातावरणीय र स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेको छ ।

शंखेकिरा : ज्यानमारा जीव

गंगामायाको आवाज

नेपाली साहित्यमा मानवअधिकारसम्बन्धी पुस्तकको सर्वथा अभाव छ । आजको परिवर्तित विश्व सन्दर्भमा सबैभन्दा बढी चर्चा परिचर्चाको विषय भएपनि मानवअधिकारमाथि लिखित साहित्य संकटग्रस्त देखिन्छ । पत्रकार घनश्याम खड्काद्वारा लिखित पुस्तक ‘न्यायको अवसान’ उल्लेख्य कृतिका रूपमा हालै बजारमा आएको छ ।

गंगामायाको आवाज

नयाँघरेको औंलाऔंला

दुई दशकअघि संयुक्त निबन्धसंग्रह ‘संवेदनाका स्वरहरू’ प्रकाशित गरेर आफ्नो चिनारी देखाउन थालेका युवराज नयाघरे नेपाली साहित्यको पछिल्लो चरणमा सबैभन्दा बढी लेखन–गति भएका स्रष्टा हुन् । उनका एक दर्जनभन्दा बढी निबन्ध/नियात्रासंग्रह प्रकाशित छन् भने फुटकर रचनाको हिसाब छैन ।

नयाँघरेको औंलाऔंला

हिउँरानीको अस्पष्ट इतिहास

भूगोलको अर्कै कुनामा उभिएको डोल्पाजस्तो सीमान्तकृत भूभागको इतिहास कहाँ लुकेको छ ? मुलुकको इतिहास निर्माणमा डोल्पाजस्ता परिधिका क्षेत्रको भूमिकालाई के कसरी मूल्यांकन भएको होला ? यस्ता जिज्ञासाको जवाफ दिने यत्न ‘हिउँरानी : इतिहासदेखि वर्तमानसम्म’ मा गरिएको छ । लेखक योगेन्द्रबहादुर शाहीको यो कृतिले राजनीतिक गतिविधिको पैरवी गरेको छ । जिज्ञासा प्रशस्तै उब्जिएका छन् । तर, पाठकले चित्तबुझ्दो जवाफ भने पाएका छैनन् ।

हिउँरानीको अस्पष्ट इतिहास

वैकल्पिक तर्कको खुराक

सोमत घिमिरे आफूलाई वैकल्पिक ज्ञानको उत्पादन र प्रशोधनमा लागेका व्यक्ति भन्न रुचाउँछन् । हुन पनि उनका विचारहरू त्यस्तै छन्, मूलधारे विकासको बहसभन्दा उनी फरक सोच्छन् र त्यही बोल्छन् पनि । उनको अर्को एउटा बानी छ— तथ्यांकले होइन, उदाहरणहरूले आफ्ना तर्कहरूको पुष्टि गर्ने जमर्को ।

वैकल्पिक तर्कको खुराक

फुक्काफाल केटीहरु

 दशकौंदेखि जुधेको अँध्यारो, जँडयाहाका हुँकार र भोकले भन्दा नारीवादका नाममा बर्सिएका व्यंग्य, कटाक्ष र गालीले गलायो । त्योभन्दा बढी आफूमाथि अन्याय हुँदा मौन बसेर साथ दिनेहरूको मौनताले बिषजस्तो गरी पोल्यो । व्यक्तिगत आक्रमण भइरहेछ । मानिसहरू मानसिक हिंसामा उत्रेका छन् । भलाद्मीहरू निर्धक्क सल्लाह दिन्छन् ‘लेखको टिप्पणी सहनुपर्छ ।’

फुक्काफाल केटीहरु

नोस्टाल्जिक स्वाद : वाचिप्पा

घरैघरको सहर काठमाडौंमा ‘अग्र्यानिक’ खानपिन कहाँ खोज्ने ? अझ यो सहरका आगन्तुक र पाहुनाले आफ्नो ठाउँको खानपिनको स्वाद चाख्नै पनि कहाँ जाने होला ?

नोस्टाल्जिक स्वाद : वाचिप्पा

चरा घटे, आहारा खोसियो

चराको स्वर्ग मानिने कोसीटप्पुमा अहिलेसम्म ५ सय २७ प्रजातिका चरा रेकर्ड भएका छन् । तर, पछिल्लो समय चराको हाँच भने घटिरहेको देखिन्छ । पहिले एकै प्रजातिका ५० हजार चराको हाँच भेटिन्थ्यो । अहिले मुस्किलले एकै प्रजातिका चराको सयदेखि दुई सयसम्म मात्रै देखिन्छ ।

चरा घटे, आहारा खोसियो

भड्किलो तीज : उत्ताउलो गीत

सुनचाँदीका गहनाहरू, रंगीचंगी साडी, लेहेंगा तथा पार्टी प्यालेसका स्न्याक्स र ड्रिंक्स आदिका विविध रूपमा बजार हाम्रो संस्कृतिको अभिन्न अंग बनेको छ । वेदना र बिलौनाका भाका छोडेर आकर्षक पहिरन अनि उत्तेजक र उन्मुक्त भंगिमामा प्रस्तुत भइरहेका गीतका भिजुअलहरू प्रत्यक्ष–अप्रत्यक्ष पुँजीवादी उत्पादनका प्रचार सामग्री भइरहेका छन् ।

भड्किलो तीज : उत्ताउलो गीत

अविश्वसनीय अठोट

विश्वकै सबैभन्दा ठूलो सिँचाइ परियोजना । त्यो पनि भारतको कान्छो राज्य तेलगंनामा । सुन्दा झट्ट पत्यार लागेन । तर, तेलगंनाको राजधानी हैदरवादबाट करिब दुई सय किलोमिटरको दूरीमा रहेको करिमनगर जिल्लाको लक्ष्मीपुरमा निर्माणाधीन कालेश्वरम सिँचाइ परियोजना भौतिक संरचना प्रत्यक्ष देख्दा भने पहिलेको अविश्वास तत्काल गलत साबित भयो ।

अविश्वसनीय अठोट

मध्यरातमा नायग्रा

क्यानाडाको टोरोन्टो र अमेरिकाका उत्तरपूर्वी राज्यहरूको भ्रमणमा निक्लने जो कोहीलाई पनि भ्रमणका लागि सुझाइने स्थान रहेछ—नायग्रा फल्स । यसरी टोरोन्टोको एक साता लामो सम्मेलन टुंग्याएर न्युयोर्क हुँदै घर फिर्ने क्रममा मैले पनि नायग्रा फल्स छुन चाहें ।

मध्यरातमा नायग्रा

खोज्दै अरुणा लामा

हामी अरुणा लामाले काम गर्ने कार्यालयमा पुग्यौं । उनी जनजाति कल्याणसम्बन्धी कुनै कार्यालयमा काम गर्दिरहिछन् । पत्ता लगायौँ र ढोकामा बस्ने पाले दाइलाई अनुरोध ग‍र्‍यौं, उनलाई भेट्नका लागि । केही बेरमा हामी उनको टेबलअगाडिको दुइटा मेचमा थियौँ– उनको ठीक अगाडि । दुब्ली, श्याम वर्णकी, शालीन– अरुणा लामा ।

खोज्दै अरुणा लामा

प्रलेस : हिङ बाँधेको टालो

प्रगतीशिल लेखक संघले नियमित रूपमा परिसंवाद र छलफल नगर्ने होइन । प्रकाशन पनि नगरेको होइन । भेला र बैठक पनि भइरहन्छन् । तर, यसको चरित्र लगभग कर्मकाण्डी भइसकेको छ । पछिल्लो समय प्रलेस दिशा बिर्सिएर महासागरमा भौंतारिइहरेको जहाजजस्तो बनेको छ ।

प्रलेस : हिङ बाँधेको टालो