कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

नयाँघरेको औंलाऔंला

पुस्तक प्राप्ति

काठमाडौँ — दुई दशकअघि संयुक्त निबन्धसंग्रह ‘संवेदनाका स्वरहरू’ प्रकाशित गरेर आफ्नो चिनारी देखाउन थालेका युवराज नयाघरे नेपाली साहित्यको पछिल्लो चरणमा सबैभन्दा बढी लेखन–गति भएका स्रष्टा हुन् । उनका एक दर्जनभन्दा बढी निबन्ध/नियात्रासंग्रह प्रकाशित छन् भने फुटकर रचनाको हिसाब छैन ।

नयाँघरेको औंलाऔंला

अमेरिका, कतार, अस्ट्रेलिया जे–जहाँ जस्तो अवस्थामा यात्रु बनेर पुगे पनि त्यहाँबाट फर्कंदा उनको हातमा एउटा नियात्रा पाण्डुलिपि हुन्छ । यही फेरोमा अस्ट्रेलिया यात्राबाट फिरेपछि आएको नियात्रासंग्रह हो—औंलाऔंलामा अस्ट्रेलिया ।


नयाँघरेको विशेषता भनेको गद्य लेखनमा समेत पद्य शिल्पी र कवित्व भाव समेट्नु हो । उनको गद्य सलल बहेको हुन्छ, मीठो कविताजस्तै । तर, शैलीगत यो प्रयोगमा ह्वाइट हाउसको बारेमा पढे पनि अथवा हरियो राहदानी कथा सम्झिए पनि कुरो उस्तै लाग्छ, उही कुरा दोहोरिंदै लेखिएजस्तो लाग्छ । उही संकेत, उही प्रतीक र विम्बहरू भरमार दोहोरिएका हुन्छन् । अर्कातिर, कुनै सिकारु लेखकले कन्दै लेखेझैं निबन्ध तन्काउनैका लागि एकदमै साना र नियमित कुराहरूलाई पनि जोड्ने नयाँघरेको लेखकीय विशेषता यो संग्रहमा पनि आएको छ । संग्रहको पहिलो निबन्ध ‘हजार थुँगा बादल’ मा एउटा टिपोट यस्तो छ, ‘जहाज २,०७२ मिटर माथि उडिरहेछ । कलकत्ता, बनारसपछि ढाका देखा पर्छ सामुन्नेको स्क्रिनमा । फेरि ब्याङ्ककतिर मोडिन्छ जहाजको गति । हिन्द महासागर टुप्लुकिन्छ, अनि अन्डमान–निकोबार पनि नाघ्छ जहाजले । रङ्गुन नजिकिन्छ वरपर । बर्माको इरावती नदीका मुहानहरू देखिए ।’


यो विवरण पढिरहँदा एउटा नियात्राकारले यतिबिघ्न ‘गुगल’ सूचना नथोपर्दा पनि हुन्थ्यो कि जस्तो लाग्छ । अधिकांश निबन्धमा यस्तै उचाइ, लम्बाइ, चौडाइको डिटेल भटिन्छ । अक्षांश–देशान्तरको यो भूगोलपाठ दिक्कलाग्दो पनि छ । रत्न पुस्तक भण्डारले प्रकाशन गरेको २३० पृष्ठको नियात्रा संग्रहको मूल्य ३९५ राखिएको छ ।

प्रकाशित : भाद्र २, २०७५ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?