कोसेली
भाद्र ९, २०७५

विश्वविद्यालय मृगतृष्णा

तीन महिनाअघि पूर्वाधारविद् डा. सूर्यराज आचार्यले एउटा ट्विट गर्नुभयो । त्यसको सार थियो— नेपालले विश्व वरीयतामा ‘टप हन्ड्रेड’ मा पर्ने कम्तीमा एउटा विश्वविद्यालय स्थापनाको पहल गर्नुपर्छ ।

खोइ, खुला चउर ?

हामी बाँचेको समाजमा दुई चीज मात्र बलशाली र प्रभावशाली छन्— सत्ता र बजार । समाज, जीवन, भावना सबै यी दुई बलियाको आखेटमा परेका छन् । माथि बहुमतीय सरकारको सत्ता छ, तल बजार साम्राज्य हाँकेर बसेका नाफखोरहरू छन । बहुमतीय ओली सरकारलाई रेलको लिक बिछयाउन पैसाको खाँचो छ, नाफाखोरहरूलाई बजार विस्तार गरेर नाफा असुल्न । हाम्रा नानीबाबुहरूलाई भने खेल्ने खुला चउर चाहिएको छ ।

प्रतिक्रिया: ‘भुत्ते शिक्षा प्रणाली’

भदौ २ को कोसेलीमा प्रकाशित ‘आई हेट ‘स्कुल’ लेख पढें । हाम्रो समाजको आवाजलाई लेखमा समेटिएको पाएँ । यसमा हजारौं र लाखौं विद्यार्थीको आवाज लुकेको छ ।

देउता बनाउने मान्छे

सबै कलाकार पढेर मात्रै महान् हुन्नन् । पढाइले मात्रै कलाकार बन्छन् भन्ने पनि होइन । निरन्तरको कलाकारिताबाटै कलाकार बढी महान् बनेका छन् । कलाको लामो इतिहासको विरासतमा कर्मबाट निखारिएका एक पात्र हुन्— मूर्तिकार रामकृष्ण भण्डारी । भण्डारीको हालै आएको पुस्तक ‘अक्षरमा मूर्तिकला’ मा छोटालामा ६९ आलेख छन् जहाँ उनको अन्तर्हृदयको कुरा झल्कन्छ— कला अनुरागको ।

ज्वज्वलपा सिक्न ठिमी

नेपालका अनेकन भेगबाट बसाइ सरेर भारतका विभिन्न प्रदेश पुगेका नेवारहरूसँग बचेखुचेको केही परम्परा र संस्कृति त छ, तर त्यो पुरानै स्वरूपमा छैन । कतिसम्म भने काठमाडौंमा बस्ने नेवार जातिले मनाउने क्वाँटी पूर्णिमा भारतको अरुणाञ्चल पुग्दा अपभ्रंश भएर कोक्ती पूर्णिमा बनिसकेको छ ।

ADVERTISEMENT

वसन्तको नौ भाका

नेपालभित्रकै मातृभाषामा अनुवाद साहित्यको काम फाट्टफुट्ट भइरहेकै छ । कवि एवं गीतकार वसन्त चौधरीले भने एकसाथ नौवटा भाषामा आफ्नो कृति ल्याएर नौलो काम गरेका छन् । उनको कविता कृति ‘वसन्त’ को हालै नेपाली, हिन्दी, भोजपुरी, मैथिली, अंग्रेजी, नेपाल, तामाङ, बंगाली र मारवाडी भाषामा अनुवाद गरी सार्वजनिक गरिएको छ ।

संकेत शब्दकोश

सांकेतिक भाषाको महत्त्व र महत्ता झल्काउने गरी हालै ‘नेपाली सांकेतिक भाषा शब्दकोश’ प्रकाशनमा आएको छ । राष्ट्रिय बहिरा महासंघले प्रकाशित गरेको शब्दकोशमा ४ हजार ७ सय शब्द समेटिएका छन् । विकास घिमिरे र किरण आचार्यको सम्पादन, विकास घिमिरे र शीलु शर्माको भाषालेखन, प्रतिज्ञ शाक्यले हरेक शब्दको संकेत झल्किने चित्र कोरेका छन् भने हस्तआधार वर्गीकरण किरण आचार्य र सन्तोष पौडेलले गरेका छन् ।

‘दक्षिणायन’ मा इल्या

स्रष्टा इल्या भट्टराईको ‘दक्षिणायन’ नियात्रासङ्ग्रह आध्यात्मिक एवं सांस्कृतिक धरातलमा लेखिएको महत्त्वपूर्ण कृति हो । डिकुरा पब्लिकेसनले हालै प्रकाशनमा ल्याएको ‘दक्षिणायन’ लाई भावनात्मक सौन्दर्यको द्योतकका रूपमा मूल्यांकन गर्न सकिन्छ ।

भाँडभैलो राष्ट्रलिपि

भाषा एक परम्परा हो । यो संस्कृतिसँगै डोरिन्छ । भाषाकै धुकधुकी भयो भने संस्कृतिसमेत धुकधुकीमा पुग्छ । मुलुकको सास निमोठिन्छ । अनि नेपालीको गहिरो डोबमा ऐजेरु जेलिनेछ । लुगा लाउन झिल्टो भयो, म त सर्वांग नांगै बसेँ है भन्न पाइन्छ र ?

ADVERTISEMENT

हात्तीको पछिपछि

हात्ती विभिन्न समूहमा हिंड्छन् । भालेपोथी सँगै पनि हिंड्छन् । त्यस्तो बेलामा भाले गार्डको रूपमा पछिपछि हुन्छ भने पोथी अघिअघि । पोथी आकारमा ठूलो पनि हुन्छ । बच्चाहरू भाले–पोथीकै बीचमा लुकेर हिंडेका हुन्छन् । लोनर (सिङ्गल) हिंड्ने हात्ती पनि हुन्छन् । पर्सामा ‘लोनर’ हात्ती पनि छन् ।

जयपृथ्वी : मिथक र यथार्थ

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: सर्वे भद्राणि पश्यन्तु मा कश्चिद दु:ख भाग्जन: गोरखापत्र दैनिकमा प्रकाशित हुने यो संस्कृत श्लोक नपढ्ने नेपालीहरू सायदै होलान् । अहिलेको सरकारले लिएको ‘सुखी नेपाली समृद्ध नेपाल’ नाराको भावसँग मेल खाने यो श्लोकलाई आजभन्दा १ सय ७ वर्ष (१९५८) पहिला तत्कालीन गोरखापत्रका सञ्चालक तथा सम्पादक जयपृथ्वीबहादुर सिंहले प्रचलनमा ल्याएका थिए ।

ADVERTISEMENT
ADVERTISEMENT

छाउघर व्यथा: सल्लिपिर ओछ्याएर सुतें...

महिनावारी भयो भने फेरि त्यही छाउघरमा शरण लिन जानुपर्छ भन्ने डरले सताउँछ । त्यतिखेर मान्छेभन्दा एक स्थान तल झरेजस्तै लाग्छ र घर जान मन लाग्दैन । यो पीडाबाट मुक्त गर्न अरु धेरैलाई नसके पनि मेरै घरबाट सुरु गर्नेछु, मेरी छोरीलाई छाउ महसुस हुन दिने छैन ।

भाषा म्वा:सा जाति म्वाइ

महाकवि सिद्धिदासको प्रख्यात भनाइ छ, ‘भाषा म्वा:सा जाति म्वाइ’ अर्थात् भाषा बाँचे मात्र जाति पनि बाँच्छ । पद्मरत्नका बुझाइमा, नेवारका लागि अझ बढी लागू हुन्छ । नेवारबीच पनि धेरै विविधता छ । उनीहरूबीच धर्म र संस्कृतिमै फरक छ । खालि एउटै समानता भनेको भाषा हो । अब यो भाषा नै रहेन भने कसरी नेवार पनि रहन्छ ?

हाउसवाइफ हामीहरू

केही दिनअघि मात्रैको कुरा हो— मेरो एक परिचितले घरमा खाना खान बोलाउनुभयो । त्यसो त मलाई खासै यस्ता जमघटमा जान मन लाग्दैन तर फोनमा उहाँको आवाजमा नजानिदो किसिमको थकान थियो । स्पष्ट आग्रह खानाको भए पनि कताकता ‘गुहार खोजे’ जस्तो गरेर उहाँले भन्नुभयो, ‘आऊ है । धेरै कुरा भन्नु छ ।’