१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

हिंड, डीभी भरौं

कविता
मीनकुमार नवोदित

काठमाडौँ — एक दिन मिल्ने साथीले भन्यो–
हिंड डीभी भरौं
अर्को दिन व्यस्त सडकमा रोकेर
अर्को साथीले थप्यो–
यो देशमा बसेर के गर्नु ?

हिंड, डीभी भरौं

एक दिन मिल्ने साथीले भन्यो–
हिंड डीभी भरौं
अर्को दिन व्यस्त सडकमा रोकेर
अर्को साथीले थप्यो–
यो देशमा बसेर के गर्नु ?
हिंड, स्टुडेन्ट भिसामा युरोप छिरौं
अनायास एक दिन फेरि भेटें
कलेज पढ्दाको अर्को साथी
उसले पनि दोहोर्‍यायो उही संवाद ।

मेरा प्रिय मित्रहरु
जसलाई जति पटक भेटें
ओकलिरहे बेरोजगारी
पोखिरहे पीडा
अनवरत खोला भएर बगे साथीहरु
बिदाइको हात हल्लाउादै
थकित किनारा भएर उभिरहें म ।

लाग्यो सबैले देश छाड्दा
यहाा को रहन्छ ?

सम्झिएा–
डुब्न लागेको घाम भएर
गाउामा जीवनको अन्तिम खुड्किलो
चढ्दै गरेका बा–आमा

मलाई मुटुभरि माया गर्ने
पहिलो पटक प्रेम गरेकी प्रेमिका
र, निश्चल उनको गुलाबी मुस्कान

अनि भर्खर फक्रादै गरेका बगैंचाका फूल
एकोहोरो सम्झिरहें–
वृद्धाश्रमजस्तो देश
पीडाको झरीले रूझेका नागरिकहरु
सोच्न नसक्दा अनायास चिप्लिएको स्वर्णिम समय ।

परदेश सोच्नेहरु अहिले
सुखमा छन्/ आनन्दमा छन्
देश सोच्ने म
गाउादै अभावको गीत
हिंडिरहेछु सिमानाबाटै अपहरित
जंगेपिलर खोज्न ।

प्रकाशित : भाद्र ९, २०७५ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?