सबैथोक बाँडें

कविता
मणि शर्मा

काठमाडौँ — मैले तिमीसँग
माया बााडें,
प्रेम बााडें,

सबैथोक बाँडें

मैले तिमीसँग
माया बाँडें,
प्रेम बाँडें,
दु:ख बाँडें,
सुख बाँडें,
सबै बाँडें,
मसाग भएको पनि बाँडें,
नभएको पनि बाँडें
मनको भार घटाउन

मैले तिमीसाग–
सपना बाँडें,
योजना बाँडें,
महफ्वाकाक्षां बाँडें,
लक्ष्य बाँडें,
सबै थोक बाँडें
मेरो सफलता बाँडें,
असफलता बाँडें
मनको भार घटाउन

तर अफसोस !
तिमीसाग मैले कहिलै पनि
आफूलाई बााड्न सकिना
किनभने,
ममाथि मेरो कुनै अधिकारै छैन ।

प्रकाशित : भाद्र ९, २०७५ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?