कोसेली

Koseli

लन्डनतिर छुक्छुक् रेलैमा

लन्डन टेक्नासाथ निम्तागरी पठाउने मनकारी घरबेटीलाई सोधेँ— यहाँ हाम्रा राजदूत को छन् ब्रो ? उत्तर आयो— मिस्टर दुर्गाबहादुर सुवेदी । पछि आदिवासी–जनजाति सभामा प्रमुख अतिथिको औतारमा राजदूत प्रकट भए । अरे, ती ब्रो त दुबसु क्षत्री पो रहेछन् ! बडो फुर्तिला, वाचाल र कूटनीतिक कर्म र भाषाले सबैको मन र मान राख्न हुनुसम्म सिपालु ।

लन्डनतिर छुक्छुक् रेलैमा

अतिथि देवोभव:

विमस्टेक सम्मेलनमा सहभागी हुन बुधबार काठमाडौं उत्रिएका श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेनाको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतको तस्बिर लिन हामी तम्तयार बसेका थियौं ।

अतिथि देवोभव:

लोकार्नो डायरी

एउटा फिल्म फेस्टिभलका लागि पूरै सहर एकजुट भएको देख्दा मलाई भने फिल्म देखाइरहेको राष्ट्रिय सभागृह सरकारले नदिएपछि फिल्म देखाउने हल खोज्न भौंतारिइरहेका किम्फका वसन्त थापाको सम्झना आयो । ‘गुरुकुल’ भत्किएपछि सरकारले भृकुटीमण्डपमा जग्गा दिन्छु भनेर अलपत्र पारिएका नाटयकर्मी सुनील पोखरेलको याद आयो ।

लोकार्नो डायरी

‘सबै पुरस्कार दोषरहित हुँदैनन्’

पाल्पा, गोठादी मूलघर भएकी नीलम कार्की ‘निहारिका’ केही वर्षयता अमेरिकावासी बनेकी छन् । ‘मौन जीवन’ (२०५१) उपन्यासबाट साहित्यिक चिनारी बढाउन थालेकी नीलमका कथा, कविता, उपन्यास गरेर एक दर्जन प्रकाशित कृति छन् । उनको गत वर्ष प्रकाशित ‘चीरहरण’ र यो वर्षको ‘योगमाया’ उपन्यास विषयवस्तुको ऐतिहासिकता, नयाँपन र खोजका कारण पनि निकै चर्चामा छन् ।

‘सबै पुरस्कार दोषरहित हुँदैनन्’

एक युगको अन्त्य

रोनाल्डो जति खेलाडीका रूपमा सफल छन्, मैदानबाहिर पनि उनी त्यति नै सफल । मेसी पनि यो क्षेत्रमा कम छैनन् तर दुवैलाई तुलना गर्ने हो भने रोनाल्डो धेरै अगाडि छन् । रोनाल्डोले व्यापारिक क्षेत्रमा पनि हात हालेर आफ्नो ब्रान्ड स्थापित गराइसकेका छन् । उनले फुटबलर मात्र नभएर एक सुपरमोडलको रूपमा पनि आफूलाई स्थापित गराउन सफल भएका छन् ।

एक युगको अन्त्य

प्रकृतिको पाठशाला

नेपालमा पाइने जीव तथा वनस्पतिहरू एकै ठाउँमा अध्ययन गर्न चाहनेका लागि प्राकृतिक विज्ञान संग्राहलय एक महत्त्वपूर्ण पाठशाला बनिसकेको छ । संग्रहालयमा जीव, वनस्पति, फोसिल्सका असंख्य नमुना राखिएका छन् । हिमाली भेगमा पाइने डाँफे चरो, दुर्लभ वन्यजन्तु रेड पाण्डा (हाब्रे), चरी बाघलगायतका ‘दुर्लभ’ प्रजाति नमुनालाई संग्रहालयमा राखिएको छ ।

प्रकृतिको पाठशाला

माटो र मुटुकै गीत

पत्रकारका रूपमा चिनिएका पारसप्रकाश नेपाल नेपाली सांगीतिक क्षेत्रमा एउटा पृथक् र मौलिक शैली बोकी गायकका रूपमा उदाएका छन् । हुन त यसअघि नै उनले राष्ट्रभक्ति र देशप्रेमको भावनाले ओतप्रोत भएको ‘नालापानी कालापानी’ गीत सार्वजनिक गरेका थिए, उनको आवाजबाट म अत्यन्तै प्रभावित भएको थिएँ ।

माटो र मुटुकै गीत

प्रिय आकिता र पियानो

जीवनमा कति सन्दर्भ, कुरा र पात्रहरू निकै महत्त्वका हुन्छन् । सधैं सम्झनामा रहिरहे पनि समीक्षा गर्ने र केलाउने फुर्सद मिलिरहेको हुँदैन । जापानी नागरिक यसोहिरो आकिता यस्तै मूल्यका पात्र थिए जो पियानोको कर्ड र ट्युनिङमै रमाइरहे । अघिल्लो महिना झन्डै ८० वर्षे उमेरमा उनको निधन भएपछि मात्रै आकिताको सम्झना धेरैले गरे । र, मैले पनि सम्झिरहें— समवेदनामा ।

प्रिय आकिता र पियानो

देश सम्झेर नाति

पाँचथर, मिक्लाजुङमा जन्मे–हुर्केका नरेश माङपाहाङको कवि–लेखक चिनारी भिन्न छ— नरेश नातिका रूपमा । पेसाले बेलायती गोर्खा सैनिकका लाहुरे नरेशले आफ्नो जागिर र अनुभूतिका अनेकन क्षणलाई कथाका रूपमा ल्याएका छन्, ‘देश बिर्सेर’ नाममा ।

देश सम्झेर नाति

कछुवाको गति

संसारमा लोपोन्मुख जीवका रूपमा चिनिएको कछुवाको कथा नेपालमा भने केही आसलाग्दो छ— संरक्षण–संवद्र्धन हिसाबमा । कछुवा जोगाउन विश्वव्यापी रूपमा ‘टर्टल सर्भाइभल एलाइन्स’ सञ्चालनमा छ । तर, नेपालमा सरकारी तहमा कछुवा संरक्षणका लागि उल्लेख्य केही काम नभए पनि निजी क्षेत्र भने यो विषयमा चनाखो देखिन्छ ।

कछुवाको गति

व्यंग्यमा ठेचो मतया:

भूकम्प गएको तीन वर्ष बितिसक्यो । ध्वस्त भएका पाटन दरबार क्षेत्रका पुरातात्त्विक सम्पदाको पुनर्निर्माण पूरा भएको छैन । भीमसेन मन्दिरको हकमा भने अझै टेकोमा अडयाइएको छ । कृष्ण मन्दिर भर्खर सर्वसाधारणका लागि खुला गरिएको छ ।

व्यंग्यमा ठेचो मतया:

उनी थिए जीएस नेपाली

 लोकप्रिय लेखक प्रेमचन्द, जयशंकरप्रसाद, जानकीवल्लभ शास्त्री, रामधारी दिनकर आदिले समेत बारम्बार सराहना गरेका लेखक हुन्— जीएस अर्थात् गोपालसिंह नेपाली । उनले नेपाली, अंग्रेजी, हिन्दी, भोजपुरी भाषामा लेखे । काठमाडौंकी ‘मखना मैयाँ’ लाई बिहा गरे । तैपनि नेपाल–भारत दुवैतर्फ धेरै स्रष्टाका लागि अपरिचित र गुमनामझैं रहे— गोपालसिंह नेपाली ।

उनी थिए जीएस नेपाली

अर्गानिक तिम्बुपोखरी

उच्च पहाड, छिनमा ड्याम्म कुहिरोले ढाक्ने त छिनमै हावा चलेर कुहिरो उडाइ लाने । एकान्त स्थल स्वच्छ वातावरण अनि चौरी र भेडाको दूधसँगै दूधजन्य परिकार पाइने लेकाली गोठ ।

अर्गानिक तिम्बुपोखरी

‘स्याब्बास् केटा !’

ए केटा रिजेल्ट आयो अरे उठ् ।’ बुवा बिहान अचानक आएर ओढिराखेको बर्को याँकिदिनुभयो ।निद्राले मस्तराम थिएँ । जिन्दगीको सबभन्दा आनन्ददायी क्षणमा, एलएलसीपछिको समय । घरकाले पढ् कि पढ् भन्न पनि पाउँदैनथे । म फुक्काफाल । क्या आनन्द !र, आयो रिजल्ट !

‘स्याब्बास् केटा !’

बदलिँदो माक्र्सवादी चेहरा

एकताका एक जना मिथझैं पात्र थिए— बाबुराम भट्टराई । बाबुराम एसएलसीका बोर्ड फस्ट थिए, पढाइका इन्जिनियर थिए, राजनीतिका उम्दा पात्र थिए । तर, पढाइअनुसार बाबुराम न इन्जिनियर बने, न राजनीतिमा आदर्श बन्न सके । वर्षांैं बोकेको कम्युनिस्ट दर्शनको ‘बाबुराम रंग’ मा पुँजीवादी रंग घुलमिल हुन थालिसकेको छ । यदि कम्युनिस्ट दर्शनलाई एउटा रंग र पुँजीवादी दर्शनलाई अर्को रंग मान्ने हो भने बाबुरामको दर्शन ‘खैरो रंग’ मा परिणत हुँदै छ ।

बदलिँदो माक्र्सवादी चेहरा

पर्खिबसें आउला भनी...

उनलाई दुइटा शब्दले सधैं रुवाउँछ— बाबु र बेपत्ता । ममता शर्मा सानी हुँदा आमालाई सोध्ने गर्थिन्— बाबा खोइ त ? आमा भन्थिन्— उनी टाढा गएका छन्, धेरै टाढा ।

पर्खिबसें आउला भनी...