अर्गानिक तिम्बुपोखरी

सम्पदा
कान्तिपुर संवाददाता

काठमाडौँ — उच्च पहाड, छिनमा ड्याम्म कुहिरोले ढाक्ने त छिनमै हावा चलेर कुहिरो उडाइ लाने । एकान्त स्थल स्वच्छ वातावरण अनि चौरी र भेडाको दूधसँगै दूधजन्य परिकार पाइने लेकाली गोठ ।

साँच्चिकै सुन्दर छ तिम्बु पोखरी ।पााचथरको याङवरक र ताप्लेजुङको सिदिङमा गाउँपालिकाको संगमस्थलमा पर्ने यो पोखरी आसपासमा शिव पोखरी, सूर्य कुण्ड, दूधकुण्ड, हाँसपोखरी, मयूरपोखरी, नीरपोखरी गरी १८ पोखरी छन्, कुम्भकर्ण हिमाल वरपर माला उनिएजस्तै आकारमा । यही भएर तिम्बुपोखरीलाई पूर्वको गोसाइँकुण्ड भन्नेहरू पनि कम छैनन् ।
यहाँको प्राकृतिक सुन्दरता र दृश्यहरू पशुपक्षी रंगीचंगी फूलहरू, अनेकौं जडीबुटी देख्दा यहाँ पुग्ने जो कोहीलाई स्वर्गमा पुगेको महसुस हुन्छ । तिम्बुपोखरीबाट निस्केको मूलपानीबाट इवा नदीको उत्पत्ति भएको छ । यो पोखरीको पानी सङ्लो र पारदर्शी छ । पोखरीमा तीर्थयात्रीहरूले चढाएको पैसा र अन्य वस्तुहरू पिँधमा मान्द्रोमा बिस्कुन फिँजाएझंै स्पष्ट देखिन्छ ।


सदरमुकाम फिदिमदेखि १८ कोस उत्तरपुर्वमा पर्ने तिम्बुपोखरीले ताप्लेजुङको कालीखोलासँगै भारतको सिक्किमसम्म सिमाना छोएको छ । यीमध्ये जुनसुकै बाटो भएर गए पनि तिम्बुपोखरी पुग्न मोटरबाटोको सुविधा पुगेका ठाउँबाट कम्तीमा दुई दिन पैदलयात्रा गर्नैपर्छ ।

Yamaha


पोखरी आसपासमा पर्यटकका लागि सुविधायुक्त होटल नभएपछि नजिकै उपलब्ध चौंरी गोठमा बस्नु वा स्लिपिङ ब्याग बोकेर चौरमै बास बस्नुबाहेकको विकल्प छैन ।
समुद्री सतहबाट ४ हजार ४ सय ८० मिटर उचाइमा रहेको तिम्बुपोखरीमा असोजदेखि वैशाख महिनासम्म हिउँ पर्ने गरेकाले पुग्न कठिनाइ हुन्छ । यहाँ जाने उपर्युक्त मौसम भनेको वैशाखदेखि असोजसम्म हो ।
–लक्ष्मी गौतम

Esewa Pasal

प्रकाशित : भाद्र १६, २०७५ ०९:०५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

स्मार्ट सिटी : काठमाडौं

कविता
स्नेह सायमि

काठमाडौँ — खाल्डो बनाउने नै हो योजना खाल्डो बनाउने नै हो लक्ष्य

खाल्डो बनाउने नै हो योजना
खाल्डो बनाउने नै हो लक्ष्य
खाल्डोमा पुर्नु छ नागरिकको घर र अधिकार
खाल्डोमा पुर्नु छ ऐतिहासिक पहिचान र सम्पदा
खाल्डोमा हाल्नु छ संबिधानका धारा
अलिकति माटो र गिट्टी
अलिकति कााचो अलकत्राले पुर्नका लागि
बनाएकै होइन सडकभरि खाल्डो

धेरै स्कुटर, धेरै बस, धेरै कार मात्र
होइन
एक–दुई जना केटाकेटी मात्र होइन
खाल्डोमा पुर्नु छ– तपाईंको विद्रोहचेत
पुर्नु छ– आलोचनात्मक सोच
जसरी ग्यास चेम्बरमा लाखौं जलेथे मानिसहरू
त्यसरी नै पुर्नु छ धेरै पुराना मानव बस्तीहरू
त्यसरी नै पुर्नु छ अदालतको निर्णय
बनाउनु छ बाटो हाम्रो जीवनको
र, निर्माण गर्नु छ स्मार्ट सहर

काष्ठमण्डप त नबनाउने नै हो
लायकु त्वा: को पहिचान मेटाउने नै हो
कुनै मन्दिर वा चिभा:,
कुनै बिहार वा गुम्बा
सबै डोजर लगाउने नै हो
तपाईं
जो आफूलाई आदिवासी भनिरहनुभएको छ
तपाईं
जो हजार वर्षदेखि बसिरहनु छ
तपाईंहरूको इतिहास मेटाउने नै हो
विकासविरोधीको आरोप लगाएर
तपाईंहरूलाई धपाउने नै हो
र बनाउने हो स्मार्ट सिटी ।

अहिले कहाा सडक बनाइरहेको हो र ?
सडक भत्काउने नै ठेक्का हो
अहिले कहाा मेलम्ची ल्याउाछौं र ?
अझै काकाकुल बनाउने योजना हो ।
राज्यसत्ताको केन्द्र सिंहदरबार भएको सहर
अब यहााबाट तपाईंहरूलाई विस्थापित गर्नु छ
र बनाउनु छ– स्मार्ट सिटी ।

प्रकाशित : भाद्र १६, २०७५ ०९:०५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT